Posts

कविता : मौनताको चिरफार

Image
 मौनताको चिरफार -एरा नुर्जा सन्ध्या र तनावका कणबाट तिमी एउटा शरीर निर्माण गर्दछौ, एउटा सुनसान संरचना जसले घरको छत थाम्दछ, जहॅा भत्किएको झेलुगें पुल जस्ता कॅाधहरुले  सपनालाई किनार सम्म पुर्याउदछन्। घडीका सुईहरू निधारमा अड्किएका छन् तर, तिमी हामीलाई ब्यस्तताको मरूभूमीमा मापन गर्न नसकिने बसन्त दिन्छौ, तिम्रो कथा भब्यताका साथ ठडिएको धरोहर होईन त्यो त कोही छिर्न नसक्ने तहखानाको तिक्तताको कम्पन मापन गर्ने यन्त्र हो। हामीले तिमी बाट सॅाकेतिक भाषा सिक्यौं कसरी एक कप तातो चिया मिठो गीत  अनि एउटा कमजोर बार दृढताको कविता बन्छ भनेर। अहिले, हामी तिमीले गुनगुनाउने कविता भएका छौ हावामा उडिरहेका, तिम्रो मौन आनुवंशिक पदार्थ बोकेर— प्रेम कसरी गर्ने भन्ने एक आनुवंशिक संकेत, जहाँ ज्वाला निभ्न नदिन फलामलाई खिया लाग्न दिइन्छ। ~~~ ईन्डेनेशियाको पश्चिम सुमात्रामा रहेर वर्ल्ड पोयट्री मुभमेन्टमा क्रियाशिल कवि एवमं शिक्षिका  एरा नुर्जा को यो कविता कवि कुमाराज सुबेदीद्वारा अनुवादित हो।

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

Image
हानोई, भियतनाम यहि असोज १८ देखि २३ गतेसम्म हानोई, भियतनाममा प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, नेपाल, कतार, मलेसिया, जर्मनी, इन्डोनेसिया र भियतनामका सुप्रसिद्ध कवि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा सहभागी कविहरूले हानोईस्थित आर्टिस्ट हिल कम्युनिटीमा बस्दै साहित्यिक सृजनामा सहभागी भए र साथसाथै स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण समेत गरे। नेपाल र अस्ट्रेलियाको तर्फबाट कवि कुमाराज सुवेदीले प्रतिनिधित्व गर्दै आफ्नो कवितामार्फत दुवै देशको सांस्कृतिक पहिचान र भावनात्मक सेतु प्रस्तुत गर्नुभयो। कुमाराज सुबेदीका ५ रचनाहरू भियतनामी भाषामा पनि अनुबाद भएका छन् । सुवेदीलाई “काव्यिक साधना पुरस्कार” प्रदान गरिएको थियो । आर्टिस्ट हिल कम्युनिटीकी कार्यक्रम समन्वयकर्ता क्यू विक हाउका अनुसार, यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले कविहरूबीचको आपसी सहकार्य र विश्वव्यापी स्तरमा साहित्यिक पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।  संस्थाकी अध्यक्ष थो बाड्ग आईले भियतनाममा पहिलोपटक आयोजित यस अन्तर्राष्ट्रि...

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

Image
- सूर्यप्रकाश कँडेल -  खासमा उनी शिक्षक हुन्, पढाउँछन् । नेपालमा १९ वर्षसम्म शिक्षण पेशामा रहेका उनले हाल दक्षिण अष्ट्रेलियाको राजधानी शहर एडिलेडमा पढाउँछन् । नौ वर्षअघि पढ्नका लागि अष्ट्रेलिया हानिएका उनले टिइएसओएल मा स्नातकोत्तर तहको पढाई पूरा गरे । टिइएसओएलको पूरा रुप टिचिङ इंग्लिस टु द स्पिकर्स अफ अदर ल्याङ्ग्वेज हो । यसको अर्थ अन्य भाषी वक्ताका लागि अंग्रेजी शिक्षण भन्ने हुन्छ । सारमा बुझ्नु पर्दा उनले दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित टेक्निकल एण्ड फरदर एजुकेसन नामक सरकारी क्याम्पसमा अंग्रेजी विषय पढाउँछन् । यस क्याम्पसमा उनले पढाउन थालेको ४ वर्ष भयो । त्यसअघि उनले २ वर्ष मिरिडियन भोकेसनल कलेजमा पढाए । उनी हुन्, रत्ननगर ६ बछौली घर भएका कवि कुमाराज सुवेदी । हो, उनी कवि हुन् । नेपाली भाषामा मात्र नभई अंग्रेजी भाषामा समेत उनले कविता लेखेका छन् । उनले लेखेका अंग्रेजी कविताहरुको संग्रह ‘द कलर्स अफ स्प्रिङ’ वैशाख महिनाभित्रै विमोचन हुँदैछ काठमाडौँमा । यस कवितासंग्रहको प्रकाशन साहित्यपोस्ट डट कमले गरेको हो । यसमा ७७ वटा छोटा कविता समावेश छन् । उनले लेखेका नेपाली कविताहरुको संग्रह २०८...

प्रवासको छटपटीले जन्माएको ‘अमेरिका अनुभूति’

Image
– सूर्यप्रकाश कँडेल – अमेरिका अर्थात् स्वप्नभूमि । अमेरिका अर्थात् अवसरको भूमि । अमेरिका अर्थात् कर्मलाई फलदायी बनाउने भूमि । जति नै प्रशंसा गरे पनि कम हुन्छ अमेरिकाको बारेमा । आकर्षणको चुलीमा रहेको यही भूमिमा दुई दशकभन्दा बढी समय बिताए सुभाष घिमिरेले । अमेरिकामा सुखमात्र नभई दुःखको समेत साक्षात्कार गरेका घिमिरेले प्रवासको छटपटीलाई समेटेर बेलाबखतमा लेखिएका अनुभूतिलाई पुस्तकको रुप दिए । घिमिरेले प्रवासको छटपटी समेटेर तयार पारिएको पुस्तक हो, अमेरिका अनुभूति ।  चितवनको पश्चिम रामपुरमा २०२९ साल पुस २४ गते जन्मिएका घिमिरे आमा रमा र बुबा रामकृष्णका जेठो सन्तान हुन् । उनी एक भाइ र एक बहिनीका दाजु हुन् । दुर्गा निमावि (हाल मावि) विजयनगरबाट ६ कक्षासम्मको पढाई पूरा गरेपछि उनले रामपुर माविमा पढे । २०४४ सालमा रामपुर माविबाट एसएलसी पास गरेका घिमिरेले रामपुर कृषि क्याम्पसबाट २०५१ सालमा बिएस्सीएजी उत्तीर्ण गरे । त्यसपछि एक वर्ष लहान प्राविधिक शिक्षालयमा कृषि विषय पढाए । २०५४ सालमा लोकसेवा परीक्षा उत्तीर्ण गरेर कृषि प्रसार अधिकृतमा नाम निकालेपछि बबरमहलमा एकहप्ते तालिम लिए । तालिमपछि नियुक्तिपत्र प...

गैँडाकोटका गतिशील गोपी

Image
– सूर्यप्रकाश कँडेल – बग्नु नदीको धर्म हो । गति समयको कर्म हो । स्थिर रहनु हिमालको विशेषता हो । खासमा अस्थिर ब्रह्माण्डमा स्थिर केही पनि छैन । हामीलाई लाग्छ, पृथ्वी स्थिर छ तर होइन । यो आफ्नो अक्षमा घुमिरहेको छ सूर्यलाई केन्द्र बनाएर । गतिशील पृथ्वीमाथि रहेका सबै कुरा अस्थिर छन् वा भनौँ गतिशील छन् । गति नै जीवन हो भन्ने बुझेका कवि, लेखक, निर्देशक, कलाकार गोपी सापकोटाले आफ्नो जीवनलाई गतिशील बनाए । उनी ताल झैँ स्थिर बसेनन्, नदी झैँ बगिरहे साहित्यिक यात्रामा, जीवनको गोरेटोमा ।  कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा नाटकहुँदै अहिले आख्यानमा आइपुगेको छ । डेढ वर्षअघि पहिलो आख्यान काँचो कागज पाठकमाझ ल्याएका गोपीले सम्भवतः अर्को वर्ष दोस्रो आख्यान पाठकसामु प्रस्तुत गर्ने छन् । त्यसपछि निबन्ध र संस्मरणको सँगालो आउने खुलासा गरेका छन् गैँडाकोटे गोपीले कुराकानीका क्रममा । जीवन निर्वाहका लागि गरिने कर्मसँगै साहित्यको यात्रामा अगाडि बढिरहेका गोपी गैँडाकोटबाट काठमाडौँ पुगे । अहिले केही वर्षयता उनी बेलायतमा छन् । सन् २०२२ मा दोस्रो पटक उनी गैँडाकोट आइपुगेका छन् । अघिल्लोपटक उनीसँग भलाकुसारी गर्...

व्यक्तिगत पीडाको साहित्यिक महत्व हुँदैन : पौड्याल

Image
-  सूर्यप्रकाश कँडेल -  शिक्षण पेशाबाट सेवानिवृत्त उदय अधिकारी नेपाली र अंग्रेजी साहित्यको गहन अध्ययन गर्ने उम्दा पाठक हुन् । गतवर्ष प्रश्न नामक अन्तर्वार्ताको सँगालो पुस्तक प्रकाशित भएपछि उनी लेखकको कित्तामा समेत उभिएका छन् । नेपालका साहित्यकारहरुलाई पछ्याइरहने बानी परेका अधिकारीले प्राध्यापन पेशामा रहेका समालोचक, कवि एवं लेखक महेश पौड्याललाई डेढ दशकदेखि पछ्याइरहेका रहेछन् । उनै अधिकारीले पौड्याललाई गरेका २२ प्रश्न र तिनको जवाफ समेटिएको पुस्तक हो ‘फेसिङ अ लिटिल भल्क्यानो’ । नेपालीमा अथ्र्याउँदा ‘सानोतिनो ज्वालामुखीको सामना’ भन्न सकिएला । यो पुस्तक शनिबार एक समारोहबीच चितवन साहित्य परिषद चितवनको सभाहलमा विमोचन गरिएको छ । त्यसो त व्यक्तिगत पीडाको ज्वालामुखी सबैसँग हुन्छ । जीवनको कुनै कालखण्डमा पाइएका दुःख र खाइएका हण्डरको वर्णन जसले पनि गर्न सक्छ तर पौड्यालले त्यस्तो ज्वाला ओकलेका छैनन् पुस्तकमा । ‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्र के छ त ? बिस्तारै खोतल्दै जाऊँला । अहिले भने पौड्यालकै केही भनाइ यहाँनिर राखौँ । पौड्यालका अनुसार उनले यस पुस्तकमा व्यक्तिगत पीडाका कुरा करिब पाँच प्रत...

किताब पढ्नु भनेको तपस्या नै हो : प्रहरी उपरीक्षक प्रकाश मल्ल

Image
 //सूर्यप्रकाश कँडेल// सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको उनी निमित्त प्रमुख हुन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत खटिएका मल्लको पुस्तक पढ्ने सोख छ । उनी अंग्रेजी र नेपाली भाषमा लेखिएका आख्यान र गैरआख्यान पुस्तक पढ्छन् । पुस्तक पढ्नुको तीन कारण बताउँदै मल्ल भन्छन्, ‘हामी बसिरहेको समाजलाई बुझ्न, हामी कोबाट शासित छौँ ? यो कति उचित वा अनुचित छ ? भन्ने बुझ्न अनि देशको इतिहास र सभ्यता बुझ्न ।’ मल्लले कलेज पढ्दासम्म थुप्रै आख्यान पढे । तीमध्ये उनलाई मन परेका केही आख्यानमा बसाइँ, मुनामदन, शिरीषको फूल, दोषी चश्मा लगायत छन् । अहिले उनी आख्यानभन्दा गैरआख्यान पुस्तक बढी पढ्छन् । गैरआख्यानतर्फ उनको रुचिका क्षेत्र राजनीति शास्त्र, दर्शन शास्त्र, राजनीतिक इतिहास, वातावरणीय अर्थशास्त्र प्रमुख छन् । सन्दर्भ सामग्रीका रुपमा उनी अंग्रेजी पुस्तक बढी ...

विकूको यात्रा : मासिक ५० पैसादेखि क्युआर कोडसम्म

Image
 सूर्यप्रकाश कँडेल/ गैँडाकोटका २६ जना युवा मिलेर ३१ वर्षअघि बचत अभियान सुरु गरे । अहिले सुन्दा अचम्म लाग्छ, उनीहरुले जनही महिनाको ५० पैसाका दरले १३ रुपैयाँ जम्मा गर्थे । २६ जनाको समूहको नाम थियो विजय युथ क्रेडिट कोअपरेटिभ युनियन । यही युनियनको छोटकरी नाम हो विकू । विकूको ५० पैसाबाट सुरु भएको आर्थिक समृद्धिको यात्रा अहिले क्युआर कोडसम्म पुगेको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गैँडाकोट नगरपालिका–८, विजयनगरमा केन्द्रीय कार्यालय छ । नवलपरासी (ब.सु.पू.) मा विकूका १९ वटा र छिमेकी जिल्ला चितवनमा ३ वटा सेवा केन्द्रहरु छन् । केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुबाट विकूले एटीएम, एसएमएस, स्मार्ट बैंकिङलगायत पछिल्लोपटक क्युआर कोड प्रविधिबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।  विकू बचतका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल बुधबार दिउँसो गैँडाकोट–७, गैरीमा भेटिनुभयो । लस्करै ठाउँठाउँमा मकै पोल्न बसेका महिलाहरुमध्ये एक ४९ वर्षीया सुमित्रा दराईको मकै पसल अगाडि भेटिनु भएका पौडेलले दराईलाई क्युआर कोड हस्तान्तरण गर्नुभयो । उहाँसँगै आएका विकूका दुई जना कर्मचारीले दराईलाई क्युआर कोडबाट पैसा त...

गैँडाकोट नगरपालिका प्रमुख, उपप्रमुखसहित अधिकांश वडाध्यक्ष जित्यो काँग्रेसले

Image
 /सूर्यप्रकाश कँडेल/ स्थानीय तह निर्वाचनमा गैँडाकोट नगरपालिकाको प्रमुख, उपप्रमुख र १८ वडामध्ये ११ वडाध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । नेकपा एमालेले ६ वडाध्यक्ष र नेकपा माओवादी केन्द्रले एक वडाध्यक्ष जितेका छन् । मतगणनाको अन्तिम परिणामले नेपाली काँग्रेसलाई गैँडाकोटमा स्थानीय सरकार संचालनका लागि सुविधाजनक बहुमत दिएको छ । गैंडाकोट नगरपालिकाको अन्तिम नतिजा अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी १६ हजार ४५५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रराज पौडेलले १३ हजार ६०६ मत पाएका छन् । नगर उपप्रमुखमा नेपाली काँग्रेसकै शान्ति कोइराला १६ हजार ११४ मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी तुलाराम पौडेलले ८ हजार ६४० मत ल्याएका छन् । गैँडाकोट वडा नम्बर १ मा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद रेग्मी १ हजार ४७२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवप्रसाद अधिकारीले १ हजार ४३१ मत ल्याएका छन् । वडा नम्बर २ मा कांग्रेसका प्रकाश सापकोटा १ हजार ५४२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकप...

मतदातालाई ढाँट्ने काम नगरौँ

Image
 /सूर्यप्रकाश कँडेल/ अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर पदमा विजयी भई पाँचवर्षे कार्यकाल सम्पन्न गरिसकेकी रेनु दाहाल आसन्न निर्वाचनमा पनि मेयरकै उम्मेदवार छिन् । बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको रुपमा रहेकी दाहालले अहिले पनि मेयरमा जित्ने दाबी गरेकी छिन् । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका पुराना नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिएको कारण दाहालको दाबी कमजोर बनिसकेको छ । त्यसमाथि उनले ‘प्रचण्डको छोरी भएर मैले केही अवसर पाएको छैन’ भनेर सिधै झुटो बोलेकी छिन् । भरतपुर महानगरको मेयरमा उम्मेदवार हुन र मतपत्र च्यातेर भए पनि जित्न उनलाई उनका पिता पुष्पकमल दाहाल प्रचण्डको ठूलो सहयोग रहेको छ । अहिले पनि नेपाली काँग्रेस चितवनका नेता तथा कार्यकर्ताको ठूलो विरोध रहँदारहँदै पनि रेनुले मेयर पदको टिकट पाइन् । उनले यी सबै अवसर प्रचण्डको छोरी भएकै कारण पाएकी हुन् । Photo : Nisha Shrestha    दोस्रो कार्यकालका लागि मेयरकी आकांक्षी रेनु दाहालसँग नयाँ योजना केही पनि छैन । उनका अन्तर्वार्ता पढ्दा, सुन्दा र हेर्दा यही कुरा प्रष्ट हुन्छ । उन...

नेपाली काँग्रेसका बागी जगन्नाथ पौडेलको अडान नै जित हो

Image
 – सूर्यप्रकाश कँडेल/ देश स्थानीय निर्वाचनमय बनेको छ । उम्मेदवारको मनोनयन दर्ता, दाबीविरोध, उम्मेदवारी फिर्तासँगै उम्मेदवारलाई निर्वाचन चिह्न दिने काम सकिएको छ । यतिबेला स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बनेकाहरु मत माग्न व्यस्त छन् । स्थानीय तहको निर्वाचनमा यसपटक पनि चितवनको भरतपुर सबैको चासोको केन्द्र बन्न पुगेको छ । भरतपुर महानगरको मेयर पदमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चर्चाको शिखरमा छन् । नेपाली कांग्रेसका पुराना नेता पौडेलले पार्टीको निर्देशनमा उम्मेदवारी फिर्ता लिन्छन् कि भन्ने आशंका हटेको छ । कांग्रेस जोगाउन भन्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बागी जगन्नाथले उम्मेदवारी फिर्ता नलिएपछि उनले एउटा लडाइँ जितेका छन् । वैशाख ३० गते हुने गोप्य मतदानको नतिजा पौडेलको पोल्टामा पर्ने वा नपर्ने विषय प्राविधिक हो । मतदाताले चाहेमा उनलाई मत परिणामबाट पनि विजयी बनाउन सक्ने छन् । Photo : Rajesh Ghimire   सत्ता गठबन्धन जोगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयर नेकपा (माओवादी केन्द्र...

माइलाको पाइला कविता, गजल, हाइकूहुँदै कथातिर

Image
 – सूर्यप्रकाश कँडेल किरण, प्रकाश र ज्योति । तीनै नाम उज्यालोका प्रतीक । तीन जना पौडेल दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा । चुडामणि र गोमादेवीका तीन उज्यालामध्ये ज्योति असमयमै निभ्यो । किरण र प्रकाश चम्किरहेका छन् । चम्किरहेका दुई उज्यालामध्ये एक हुन् प्रकाश पौडेल ‘माइला’ । माइलाको जन्म महिना हो चैत । जन्मदिन हो चैतको पहिलो दिन । यसपालि मंगलबार परेको थियो चैत १ गते । चैतको दोस्रो मंगलबार अर्थात् चैत ८ गते उनी भेटिए नारायणगढस्थित सम्पूर्ण किताबमा । १६ वर्षदेखि जापानको योकोहामा शहरमा छन् ।  वैदेशिक रोजगारीको सिलसिलामा जापन पुगेका माइलाले हाल योकोहामा शहरमा रेस्टुरेण्ट चलाएका छन् । उनलाई साथ दिएकी छिन् उनकी जीवनसाथी भूमिका अधिकारीले । वर्षमा एकपटक पश्चिमी चितवनको भीमनगरस्थित घरमा आइरहने माइला यसपटक घर आएका बेला उनीसँग सम्पूर्ण किताबमा जम्काभेट भएको हो । वर्ष २०२०–२२ का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष बनेका माइलासँग भेट हुँदा कुराकानीको नदी नबग्ने त कुरै भएन । खोतल्न थालेँ उनको विगत । पढाईदेखि साहित्ययात्रासम्मका कुरा भए । अनि भए उनी साधनारत साहित्यका...

पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने ‘मोसो’

Image
 – रमेशकुमार पौडेल सूर्यप्रकाश कँडेल पेशाले पत्रकार हुन् । चितवनको पछिल्लो पुस्ताका अनुभवी पत्रकार कँडेल साहित्य सिर्जनामा पनि चासो राख्छन् । गजल रचना गर्दै आएका कँडेलले उपन्यास पनि लेखे । उनले लेखेको पहिलो कृति ‘मोसो’ उपन्यास २०७७ सालको मंसिरमा बजारमा आएको थियो । पत्रकारिताको मर्म र सिद्धान्तलाई जोगाएर कर्म गर्ने मात्र नभई भाषा व्याकरणमा पनि पोख्त मानिने पत्रकार कँडेलले ‘मोसो’ उपन्यासमा पत्रकार र पत्रकारिताकै कथा उनेका छन् । पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने उद्देश्यले उनले उपन्यासै लेखेका हुन् ।  पत्रकारले समाजमा सकारात्मक योगदान पु¥याउन मिहिनेत गर्नु पर्दछ । पत्रकारले दिने सूचनाबाट समाजले ज्ञान लिन्छ, र त्यो ज्ञान समाज सुधारमा भूमिका खेल्ने हुनु पर्दछ भन्ने पत्रकारिताको मान्यता हो । तर पत्रकार आफ्नो ‘धर्म’बाट बिचलित हुँदा समाज दिग्भ्रमित हुन्छ । यो गलत हो भनेर कल्ले भन्ने ? यो काममा पत्रकार नै अगाडि सर्नु पर्छ भनेर कँडेलले यो उपन्यास लेखेका हुन् ।  चितवनको इतिहास र चिनारी बोकेको चित्रसारी मन्दिर पुल छेउमा बिक्रीमा राखेको ‘ताजाताजा मोटामोटा उखु’बाट सुरु भएको उपन्...

सहर नबुझ्नेहरु मेयर छन् हामीकहाँ : गनेस पौडेल

Image
 –सूर्यप्रकाश कँडेल पहेँलो ट्राउजर, पहेँलै स्वीटर । स्वीटरमाथि खरानी रङको ओभरकोट । ओभरकोटभित्र गलामा रातो गलबन्दी । तालुबाट आधाआधी कपाल गायब छ । झुस्स दारी, ओँठमा मुस्कान । यही हुलियामा शनिबार बिहान भेटिए ‘अटेरी’ गनेस पौडेल । पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेर चर्चामा रहेका यी ‘अटेरी’ सँग भलाकुसारी गर्ने अवसर मिल्यो सम्पूर्ण किताब नारायणगढमा । ‘पीत वस्त्र प्रिय वस्त्र । घुम्न रुचाउँछु । राजनीतिक दलमा आवद्धता छैन । सामाजिक अभियन्ता हूँ । लेखक पनि हूँ । खासमा किसान हूँ । फार्म हाउस छ’ कुराकानीको सुरुवात यसरी नै गरे उनले । फेसबुकबाट पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेस (उनको नाम गनेस हो, गणेश होइन) ले फेसबुकमै ‘आउनुहोस् केही त गरौँ । अति भो, अटेर गरौँ । अटेरी युवा अभियान’ उल्लेखित फोटोलाई कभर फोटो बनाएका छन् । सोधेँ, ‘अटेरी युवा अभियान किन ?’ गम्दै गनेसले भने, ‘नेपालमा राजनीतिक अकर्मण्यता बढेर गयो । नेपालका ठूला राजनीतिक दलहरुले देशका समस्यालाई आफ्नो शक्ति सञ्चयनको माध्यम बनाउँदा रहेछन् । समस्या पनि आफैँले उत्पादन गर्ने अनि त्यही समस्यालाई देखाएर सत्ताको समीकरण...

२५ वर्षअघिको त्यो ‘मौन प्रेम’

Image
 – सूर्यप्रकाश कँडेल अहिले जस्तो समय भए शायद यो जोडी पनि डेटिङ जान्थ्यो होला । पप कर्न हातमा लिएर सिनेमा हलको अँध्यारोमा एकअर्कामा टाँसिन्थ्यो होला । म्यासेन्जरमा रातभर च्याट गथ्र्यो होला । च्याटमात्र किन ? भिडियो च्याट नै गथ्र्यो होला । मोबाइलमा घण्टौँसम्म गफिन्थ्यो होला । तर २५ वर्षअघि यी सबै कुरा अकल्पनीय थिए । ल्याण्डलाइन टेलिफोन सेटसम्म उपलब्ध थियो प्रेमीहरुलाई कुराकानीको भोक मेटाउन त्यतिबेला । त्यही टेलिफोन सेट पनि सबैलाई कहाँ उपलब्ध हुन्थ्यो र ? कसैकसैका घरमा मात्र हुन्थे टेलिफोन सेट अनि हुन्थे केही पसलमा । यही टेलिफोनले साथ दियो यो जोडीलाई । यो जोडी अर्थात् नेत्र र बिनिताको जोडी । प्रत्यक्ष भेट हुँदा यी दुवै प्रेमका कुरा गर्दैनथे । कुराकानी त गर्थे तर ती प्रेमिल भावका हुँदैनथे । दिनहुँजसो भेट हुन्थ्यो दुवैको, तर दुवैले एकअर्कालाई प्रेमीप्रमिकाको नजरले हेर्दैनथे । कहिलेकाहीँ त जथाभावी फोहर गरेको विषयमा यिनीहरुबीच चर्काचर्की पनि पथ्र्यो । एउटै छानोमुनि थिए दुवै । बिनिता घरबेटीकी कान्छी छोरी थिइन् । नेत्र थिए डेरामा बस्ने विद्यार्थी । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आइएस्स...

"मान्छेको लापरबाहीका कारण वन्यजन्तुले ज्यान गुमाउनु पर्ने घटना भविष्यमा कतै नहोस्"

Image
चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा म¥यो । नाली निर्माण गर्न प्रयोग गरिएको रड गैँडाको पेटमा छिरेपछि खाडलबाट बाहिर निस्कन नसकेर १२ वर्षको भाले गैँडा मरेको थियो । मृत गैँडालाई एक्साभेटरको सहायताले खाडलबाट निकालिएको छ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको निकुञ्जले जनाएको छ ।  वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गर्दा दुर्लभ वन्यजन्तु गैँडाको ज्यान गएको छ । सडकले निर्माणपूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरिकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ । तर त्यस्तो अनुमति नलिई, सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी काम गराउँदा गैंडा मरेको छ ।  गैँडा मृत्यु प्रकरणले संरक्षण क्षेत्रमा गहिरो चिन्ता र चासो सिर्जना गरेको छ । वन क्षेत्रमा नाली किन आवश्यक प¥यो ? शहरी क्षेत्रको पानी वन क्षेत्रम...

अंग्रेजी वर्षान्तमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’

Image
  - सूर्यप्रकाश कँडेल वरिष्ठ गायक दीप श्रेष्ठको नाम लिनेबित्तिकै संगीतप्रेमीहरुको मस्तिष्कमा दुई वटा कुरा एकैचोटि आउँछन् । पहिलो, चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा बसेका निर्णायक दीप श्रेष्ठ । दोस्रो, गायक श्रेष्ठले आफै संगीतवद्ध गरी गाएको बहुचर्चित गीत, हर रात सपनीमा ऐँठन हुन्छ... ।  अंग्रेजी वर्ष २०२१ को अन्तिम रात ३१ डिसेम्बरमा उनै गायक दीप श्रेष्ठको एकल साँझ ‘दीप श्रेष्ठ म्युजिकल नाइट २०२१’ आयोजना हुँदैछ । यो कार्यक्रममा गायक श्रेष्ठले हर रात सपनीमा... सँगै डेढ दर्जन गीत गाउने छन् । करिब दुई घण्टा निरन्तर गीत गाउने तयारीमा उनी जुटेका छन् । यसको चाँजोपाँजो मिलाएको छ भरतपुर–६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेण्ड (एलटिके) फार्म एण्ड रिट्रिटले । संगीताञ्जली नाम दिइएको सांगीतिक कार्यक्रममा बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमबारे जानकारी दिन एलटिके फार्ममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक दीप श्रेष्ठ पनि उपस्थित थिए । पत्रकारमाझ उनले भने, ‘मैले गाउने अधिकांश गीत नाच्ने खालका हुँदैनन् । यसपटक दर्शक नचाउने ए...