Posts

Showing posts from March, 2017

बुङ्‍बुङ्‍ती धुलोभित्र यात्रा

Image
राजधानी काठमाडौँको लाइफलाइन नारायणगढ मुग्लिन सडकखण्डको यात्रा कष्टकर बन्दै गएको दुर्इ वर्ष भयो । दैनिक दुर्इ हजारभन्दा बढी सवारी साधन गुड्‍ने यो सडकमा अहिले बुङ्‍बुङ्‍ती धुलोभित्र निसास्सिएर यात्रा गर्नु पर्छ । सडक किनारमा राखिएका बालुवा, गिटी, सिमेण्टलगायतका निर्माण सामग्री धुलो उत्पादन गर्ने कारखाना बनेका छन् । निर्माण सामग्री बोकेर सडकमा ओहोरदोहोर गर्ने एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, रोडरोलर र टि्रपरले धुलोको धुनीमा तेल थप्छन् । सवारी चालकदेखि यात्रुसम्म सबैले धुलो र कष्ट सहँदै धुलेबाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो अवस्था आगामी वर्षसम्म कायमै रहने देखिन्छ ।  नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडकमध्ये आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलार्इ चौडा बनाउने काम सुरु गरेपछि मुग्लिनको बाटोमा यात्रा कष्टकर बन्दै गएको हो ।नारायण्ागढहुँदै काठमाडौँ र पोखरा जाने वा त्यताबाट नारायणगढ आउने सबैजसो यात्रुले दिनहुँ सास्ती खेप्नु परिरहेको छ । दिउँसो साढे चार घण्टासम्म यातायात अवरुद्ध हुने हुँदा अहिले धेरैजसोले रात्रिबसमा यात्रा गर्न थालेका छन्‍ । अत्यावश्यक काम पर्नेहरुले हवा