Posts

Showing posts from April, 2013

अन्तराल अपेक्षा

Image
आगामी जेठ ३ गते रिलिज हुन गइरहेको नेपाली कथानक चलचित्र अन्तरालका निर्देशक एवं कलाकारले चलचित्र सफल हुने अपेक्षा गरेका छन् । सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरुले यस्तो अपेक्षा गरेका हुन् ।      तस्बिर ः सूर्यप्रकाश कँडेल 

आधीरात बितेपछि

Image
गायकद्वय उदय र मनिला सोताङ शुक्रबार राति नारायणगढमा नारायणगढ लेडी जेसिजद्वारा आयोजित सांगीतिक साँझमा गीत प्रस्तुत गर्दै । उनीहरुले चितवनमा पहिलोपटक सांगीतिक प्रस्तुति दिएका हुन् । तस्बिर ः सूर्यप्रकाश कँडेल

ज्याम्बोरी मार्च

Image
चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबार नेपाल स्काउटको दोस्रो स्काउट ज्याम्बोरी उदघाटनका अवसरमा मार्चपास गर्दै स्काउट टोली । तस्बिर ः सूर्यप्रकाश कँडेल

पछ्यायो परेवाले

Image
 चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबार नेपाल स्काउटको दोस्रो स्काउट ज्याम्बोरी उदघाटन गर्न उडाइएका परेवामध्ये एउटा सेतो परेवा फर्केर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको काँधमा बस्यो । त्यसलाई पुनः काँधबाट निकालेर हावामा उडाउने प्रयास गरिँदाको यो क्षण । तस्बिर ः सूर्यप्रकाश कँडेल  

ज्याम्बोरी सलाम

Image
चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबारदेखि सुरु भएको नेपाल स्काउटको दोस्रो ज्याम्बोरी उद्घाटनपछि ज्याम्बोरी स्थल अवलोकनका क्रममा सहभागीको अभिवादन फर्काउँदै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी । ज्याम्बोरीमा नेपालका ५९ जिल्ला र विदेशबाट आठ राष्ट्रका स्काउट विद्यार्थी सहभागी छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल

पर्खाइ पालोको

Image
  चितवनको रत्ननगरस्थित टिकौलीचौरमा बिहीबारदेखि सुरु भएको नेपाल स्काउटको दोस्रो ज्याम्बोरीमा नृत्य प्रस्तुत गर्ने तयारीमा स्काउट विद्यार्थी । ज्याम्बोरीमा नेपालका ५९ जिल्ला र विदेशबाट आठ राष्ट्रका स्काउट विद्यार्थी सहभागी छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल  

नागबेली त्रिशुली

Image
धादिङको जोगीमाराबाट हेर्दा देखिएको त्रिशुली नदी । तस्विर ः सूर्यप्रकाश कँडेल