Posts

Showing posts from February, 2022

सहर नबुझ्नेहरु मेयर छन् हामीकहाँ : गनेस पौडेल

Image
 –सूर्यप्रकाश कँडेल पहेँलो ट्राउजर, पहेँलै स्वीटर । स्वीटरमाथि खरानी रङको ओभरकोट । ओभरकोटभित्र गलामा रातो गलबन्दी । तालुबाट आधाआधी कपाल गायब छ । झुस्स दारी, ओँठमा मुस्कान । यही हुलियामा शनिबार बिहान भेटिए ‘अटेरी’ गनेस पौडेल । पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेर चर्चामा रहेका यी ‘अटेरी’ सँग भलाकुसारी गर्ने अवसर मिल्यो सम्पूर्ण किताब नारायणगढमा । ‘पीत वस्त्र प्रिय वस्त्र । घुम्न रुचाउँछु । राजनीतिक दलमा आवद्धता छैन । सामाजिक अभियन्ता हूँ । लेखक पनि हूँ । खासमा किसान हूँ । फार्म हाउस छ’ कुराकानीको सुरुवात यसरी नै गरे उनले । फेसबुकबाट पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेस (उनको नाम गनेस हो, गणेश होइन) ले फेसबुकमै ‘आउनुहोस् केही त गरौँ । अति भो, अटेर गरौँ । अटेरी युवा अभियान’ उल्लेखित फोटोलाई कभर फोटो बनाएका छन् । सोधेँ, ‘अटेरी युवा अभियान किन ?’ गम्दै गनेसले भने, ‘नेपालमा राजनीतिक अकर्मण्यता बढेर गयो । नेपालका ठूला राजनीतिक दलहरुले देशका समस्यालाई आफ्नो शक्ति सञ्चयनको माध्यम बनाउँदा रहेछन् । समस्या पनि आफैँले उत्पादन गर्ने अनि त्यही समस्यालाई देखाएर सत्ताको समीकरण तलम

२५ वर्षअघिको त्यो ‘मौन प्रेम’

Image
 – सूर्यप्रकाश कँडेल अहिले जस्तो समय भए शायद यो जोडी पनि डेटिङ जान्थ्यो होला । पप कर्न हातमा लिएर सिनेमा हलको अँध्यारोमा एकअर्कामा टाँसिन्थ्यो होला । म्यासेन्जरमा रातभर च्याट गथ्र्यो होला । च्याटमात्र किन ? भिडियो च्याट नै गथ्र्यो होला । मोबाइलमा घण्टौँसम्म गफिन्थ्यो होला । तर २५ वर्षअघि यी सबै कुरा अकल्पनीय थिए । ल्याण्डलाइन टेलिफोन सेटसम्म उपलब्ध थियो प्रेमीहरुलाई कुराकानीको भोक मेटाउन त्यतिबेला । त्यही टेलिफोन सेट पनि सबैलाई कहाँ उपलब्ध हुन्थ्यो र ? कसैकसैका घरमा मात्र हुन्थे टेलिफोन सेट अनि हुन्थे केही पसलमा । यही टेलिफोनले साथ दियो यो जोडीलाई । यो जोडी अर्थात् नेत्र र बिनिताको जोडी । प्रत्यक्ष भेट हुँदा यी दुवै प्रेमका कुरा गर्दैनथे । कुराकानी त गर्थे तर ती प्रेमिल भावका हुँदैनथे । दिनहुँजसो भेट हुन्थ्यो दुवैको, तर दुवैले एकअर्कालाई प्रेमीप्रमिकाको नजरले हेर्दैनथे । कहिलेकाहीँ त जथाभावी फोहर गरेको विषयमा यिनीहरुबीच चर्काचर्की पनि पथ्र्यो । एउटै छानोमुनि थिए दुवै । बिनिता घरबेटीकी कान्छी छोरी थिइन् । नेत्र थिए डेरामा बस्ने विद्यार्थी । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आइएस्सी पढ