Posts

Showing posts from January, 2022

"मान्छेको लापरबाहीका कारण वन्यजन्तुले ज्यान गुमाउनु पर्ने घटना भविष्यमा कतै नहोस्"

Image
चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा म¥यो । नाली निर्माण गर्न प्रयोग गरिएको रड गैँडाको पेटमा छिरेपछि खाडलबाट बाहिर निस्कन नसकेर १२ वर्षको भाले गैँडा मरेको थियो । मृत गैँडालाई एक्साभेटरको सहायताले खाडलबाट निकालिएको छ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको निकुञ्जले जनाएको छ ।  वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गर्दा दुर्लभ वन्यजन्तु गैँडाको ज्यान गएको छ । सडकले निर्माणपूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरिकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ । तर त्यस्तो अनुमति नलिई, सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी काम गराउँदा गैंडा मरेको छ ।  गैँडा मृत्यु प्रकरणले संरक्षण क्षेत्रमा गहिरो चिन्ता र चासो सिर्जना गरेको छ । वन क्षेत्रमा नाली किन आवश्यक प¥यो ? शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन ल