Posts

Showing posts from January, 2013

महिला हिंसाविरुद्ध ऐक्यवद्धता

Image
नेपाल नर्सिङ संघ, चितवन शाखाले ५१औँ राष्ट्रिय नर्सिङ दिवसको अवसरमा सोमबार भरतपुरमा निकालेको महिला हिंसाविरुद्ध ऐक्यवद्धता ¥यालीमा सहभागी नर्सिङ पढ्दै गरेका विद्यार्थी । जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडिबाट सुरु भएको ¥याली मालपोतचोक, बाइपासरोड, चौबीसकोठीहुँदै  गेष्टहाउसचौरमा पुगेर कोणसभामा परिणत भएको थियो ।  तस्बिर ः सूर्यप्रकाश कँडेल    

माडीमा महोत्सव

Image
चितवनको माडीमा पहिलोपटक आयोजना गर्न लागिएको माडी महोत्सवबारे जानकारी दिन  बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी आयोजक । फागुन १७ देखि २३ गतेसम्म माडीको वसन्तपुरमा आयोजना हुन गइरहेको उक्त महोत्सवमा एक सय ७५ वटा स्टल रहने र तीन करोड रुपैयाँ कारोवार हुने आयोजकको अपेक्षा छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

विद्यालयलाई डेस्कबेन्च

Image
रोटरी क्लब अफ नारायणी मिडटाउनले शनिबार भरतपुरमा एक कार्यक्रम आयोजना गरी दुर्गम गाउँका विद्यालयलाई हस्तान्तरण गरेका डेस्कबेन्चहरु । कार्यक्रममा चितवन, नवलपरासी र तनहुँका दुर्गम गाउँमा रहेका विद्यालयलाई  विद्यार्थी बस्ने एक सय ५० वटा डेस्कबेन्च वितरण गरिएको थियो । तस्बिर ः सूर्यप्रकाश कँडेल 

चीनमा चम्कियो हाइब्रिड

Image
चितवन महोत्सव २०६९ अन्तर्गत शुक्रबार नारायणगढमा आयोजित कृषिमा लगानीको अवसर विषयक गोष्ठीमा बोल्दै चीनको हुनान प्रान्तका कृषिविद् प्रोफेसर हुआङ दाहुई । उनले चीनको धानखेतीमध्ये ६० प्रतिशत हाइब्रिड खेती हुने गरेको बताए । तस्बिर ः सूर्यप्रकाश कँडेल 

मह जोडी

Image
नारायणगढस्थित नारायणी कला मन्दिरको ३७ औं वार्षिक साधारणसभा तथा स्वर्ण जयन्ती  समारोह सोमबार उद्घाटन गर्दै चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिर ः सूर्यप्रकाश कँडेल 

सकियो तयारी

Image
चितवन महोत्सव २०६९ को तयारी पूरा भएको जानकारी दिन सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनका सहभागी । महोत्सवको उद्घाटन पुस २५ गते राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

आयो अध्याय

Image
नारायणगढमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आगामी शुक्रबार रिलिज हुन गइरहेको नेपाली कथानक चलचित्र अध्यायबारे जानकारी दिँदै नायकद्वय सुशीलराज पाण्डे (बायाँ) र कर्मा (तल) । तस्बिरः सूर्यप्रकाश कँडेल