Posts

Showing posts from August, 2017

गोडा गुम्यो, गैँडा नगुमोस्

Image
नवलपरासीको एउटा सुन्दर गाउँ अमलटारी । चार वर्षयता यो गाउँ होमस्टेका लागि प्रख्यात छ । यहाँ सामुहिकरुपमा सञ्चालित अमलटारी मध्यवर्ती होमस्टे अन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो ।  २९ वर्षअघि खेतमा धान खान आएको गैँडा धपाउने क्रममा गैँडाको आक्रमणबाट आफ्नो दाहिने गोडा गुमाएका महतो भन्छन्, मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैँडा नगुमोस् । दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारीवासी होमस्टे सञ्चालनसँगै वन र वन्यजन्तु संरक्षणमा लागेका छन् । गाउँनजिकै रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षणसँगै अहिले यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान सुरक्षित बनेको छ । होमस्टेमा बास बस्न आउने पर्यटकले जीप सफारीमा एकैदिन दर्जन गैँडा देखेका छन् । संरक्षणलाई आयआर्जनमा जोड्न सफल अमलटारीवासीमा पर्यावरण र पर्यटकका लागि गैँडा जोगाउनु पर्छ भन्ने चेतना जागृत भएको छ । त्यसैले त तीस वर्षको युवा उमेरमा धानखेतमा गैँडाको आक्रमणमा परेपछि बैशाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, ‘हाम्रो पाहुनालाई दे