Posts

Showing posts from October, 2019

कमरेड प्रचण्डलाई प्रेम रिमालकाे खुलापत्र

Image
कमरेड प्रचण्ड अभिवादन ! यहाँले बाेलेका कुराहरू यहाँकै फेसबुकबाट लाइभ गरेकाे पनि सुनेकाे छु । तपाईले हामी सत्तामा गएपछि बिग्रेका छाैं, सुटेटबुटेट बनेका छाैं, सांस्कृतिक विचलन देखिएकाे छ, कम्युनिष्ट अाचरणबाट स्खलित हुँदै छाैँ अादि अादि ! गम्भीर खालका कुराहरू व्यक्त गर्नुहुन्छ । यसकाे अर्थ के हाेइन हाेला कि सुन्ने जनता सुध्रेपछि कार्यकर्ता र नेता राम्रा हुन्छन् । धनगढी विमानस्थलमा हाे क्यारे यहाँलाई स्वागत गर्नका लागि फूलमाला अनि एउटा गाउँका अामाहरूलाई चाेलाे नै पुग्लाजति ढाका च्यातेर धजा बाेकेर बसेका शुद्ध कम्युनिष्टहरूकाे लस्कर देख्दा पञ्चर्यालीमा राजाहरूलाई रिजाउनका लागि राज्यकाे ढुकुटी खर्चेर जबर्जस्ती मान्छेहरूलाई दुईलाइनमा उभ्याउने लाउके पञ्चेहरूलाई सम्झेँ । मैले त्याे लस्करकाे फूलमाला र ढाकाकाे टालाेले तपाईमाथि लाेभीपापीका स्वार्थकाे ऋण कति थपिदिएकाे छ अड्कल गर्न सकेकाे छैन । के तपाईंले मेरालागि कुनै फूलमाला र खादा बाेकेर नअाउनु हाेला भन्दिन मिल्दैन ? एयर पाेर्टमा मलाई स्वागत गर्न जुन सङ्ख्यामा मान्छेकाे उपस्थिति देखिन्छ यसले एयरपाेर्टकाे सुरक्षा व्यवस्था अस्तव्यस्त बन