Posts

Showing posts from May, 2020

कोरोना कहर : मंगलबारको अमंगल खबर

Image
- सूर्यप्रकाश कँडेल बन्दाबन्दीको अर्धशतक (५०औँ) दिन मंगलबार थियो । बार मंगल भएपनि मध्याह्नपछि अमंगल खबर सुन्नु प¥यो । विश्वलाई दुःख दिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा एकैदिनमा ५७ जनामा देखा प¥यो । दिउँसो सवा एक बजे सुनेको यही अमंगल खबरले दिनभर दिमाग रन्थनिइरह्यो । खबर सुनेर चुपचाप बस्न सकिन । फेसबुकमा जानकारीमूलक स्टाटस अपडेट गरेपछि दिनभर कोरोना कहरको नेपाल समीक्षामा लागेँ । मंगलबार थपिएका ५७ जनासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या एक सय ९१ पुगेको छ । चैत ११ गतेदेखि देशभर लागु गरिएको बन्दाबन्दी वैशाख २६ गतेबाट खुकुलो पार्नु र नेपालमा कोरोना संक्रमितको संख्या बढ्नुले स्याल कराउनु बाख्रो हराउनु भनेजस्तै भएको छ । बन्दाबन्दी खुकुलो भएको पाँच दिनमै ९० जना कोरोना संक्रमित थपिएका छन् । बन्दाबन्दीको एक महिनासम्म नेपालभरि ४८ जना कोरोना संक्रमित थिए । आज एकैदिनमा ५७ जना थपिएका छन् । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरमा गत वर्ष पुसतिर कोरोना कहर सुरु हुँदा नेपालमा एक जना पनि संक्रमित थिएनन् । चीनबाट इटाली, फ्रान्स, बेलायत र अमेरिकालाई कोरोनाले आच्छुआच्छ