Posts

Showing posts from March, 2013

होलीमा लोला

Image
चितवनको भरतपुरमा बुधबार होली खेल्न हातमा लोला लिएर हिँडेका बालक । देशका सबैजसो भागबाट बसाइँ सरेर आएकाहरु चितवनमा रहेकोले यहाँ दुई दिन होली खेलिन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

चरी भुरुरु

Image
  चितवनको शारदानगर गाविस ३, हरैयामा रहेको माछा पोखरीमाथि आकाशमा उडिरेहका चरा । तस्बिर ः सूर्यप्रकाश कँडेल  

सिराइचुली, सूर्योदय र लालीगुराँस

Image
चितवनको विकट पहाडी गाविस काउलेमा पर्ने सिराइचुली डाँडा यतिबेला लालीगुराँसले ढाकिएर राताम्मे छ । चितवनको सबैभन्दा अग्लो ठाउँ सिराइचुलीबाट सूर्योदयको मनमोहक दृश्य हेर्न त्यहाँ आन्तरिक पर्यटक पुग्ने गर्छन् । उचित प्रचारप्रसार अभावमा बाहृय पर्यटकलाई भने सिराइचुलीले तान्न सकेको छैन । आकाश खुलेको बेला एक हजार नौ सय ४५ मिटर उचाईमा रहेको सिराइचुलीबाट एक दर्जन हिमाल हेर्न सकिन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

बुढेसकालमा काँधमाथि हलो

Image
मकै छर्ने तयारीका लागि हलो बोकेर बारीतर्फजाँदै गरेका काउले ३, हात्तीबाङका किसान ८० वर्षीय नरबहादुर पुरी । पाँच छोरा र तीन छोरीका गरी २९ नातिनातिनाका हजुरबुबा भइसकेका पुरी घरमा कोही नभएपछि बुढेसकालमा हलो जोत्न बाध्य छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल

सिराइचुलीको सूर्योदय

Image
चितवनको सबैभन्दा अग्लो ठाउँ सिर्राईचुलीबाट देखिएको सूर्योदयको मनोरम दृश्य । पर्यटकीय गन्तव्य भनिएपनि सिराइचुलीमा पर्यटकीय गतिविधि बढ्न सकेको छैन । तस्बिर ः सूर्यप्रकाश कँडेल

म्युजिक मोहनी

Image
नारायणगढको क्याम्पाचौरमा शनिबार आयोजित कर्न्र्सटमा गीत सुन्न उपस्थित दर्शकको भीड । पप र रक गीत प्रस्तुत भएको उक्त कर्न्र्सटमा युवा पुस्ताको राम्रो जमघट थियो ।  तस्बिर ः सूर्यप्रकाश कँडेल

सबिनको सान

Image
नारायणगढको क्याम्पाचौरमा शनिबार आयोजित कर्न्र्सटमा गीत प्रस्तुत गर्दै गायक सबिन राइ ।  तस्बिर ः सूर्यप्रकाश कँडेल

उज्यालोमा स्याडोज्

Image
नारायणगढको क्याम्पाचौरमा शनिबार आयोजित कर्न्र्सटमा गीत गाउँदै स्याडोज् नेपालका कलाकार । स्याडोज्का गायक स्वप्निलले गीत गाउने क्रममा अपशब्द बोलेका थिए ।            समाजका रोलमोडेल कलाकारले र्सार्वजनिक ठाउँमा बोल्दा विचार गर्नुपर्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

सुस्त गति

Image
पातमाथि सुस्त गतिमा हिँडिरहेको चिप्लेकिरा । नेपालको राजनीतिक गति पनि हिजोआज सुस्त भएको छ । देशको विकास पनि यस्तै सुस्त छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

चितवनको बजेट तीन अर्ब

Image
जिल्ला विकास समिति चितवनको बिहीबार सम्पन्न जिल्ला परिषद् उद्घाटन समारोहमा सहभागी अतिथि । परिषद्मा आगामी आर्थिक वर्षको लागि तीन अर्ब ३२ करोड नौ लाख रुपैयाँको बजेट प्रस्तावित गरिएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

महिला किसानको सम्मेलन

Image
चितवनको ठिमुरामा मंगलबार सम्पन्न दोस्रो महिला किसान राष्ट्रिय सम्मेलनका सहभागी ।  तीन दिनसम्म चलेको उक्त सम्मेलनमा ४८ जिल्लाका एक सय ६२ महिला किसान सहभागी थिए ।  तस्बिर ः सूर्यप्रकाश कँडेल

संगीत उत्सव

Image
नेपाली पप तथा रक संगीतको क्षेत्रमा आआफ्नै पहिचान बनाइसकेका तीन वटा चर्चित ब्याण्डले शनिबार नारायणगढको क्याम्पाचौरमा एउटै मञ्चबाट संगीतको सौगात पस्कने भएका छन् । चितवन बहिरा संघको सहयोगार्थ आयोजना हुन लागेको चितवन सांगीतिक उत्सवमा चर्चित पप तथा रक ब्याण्डहरु मन्त्र, इड्ज र स्याडोज्ले सांगीतिक सौगात पस्कने भएका हुन् । नारायणगढस्थित एटुजेड मोबाइलले आयोजना गर्न लागेको सांगीतिक उत्सवबारे जानकारी दिन सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरु । तस्बिर ः सूर्यप्रकाश कँडेल

कोभन्दा को कम

Image
 चितवनको मंगलपुरमा शुक्रबार डण्डीबियो खेल्दै स्थानीय गुरुङ महिला । मंगलपुरको शरणपुरस्थित सेतीदेवी सामुदायिक वनले आयोजना गरेको लाटोकोसेरो उत्सवको पहिलो दिन स्थानीय महिला र पुरुष समूहबीच डण्डीबियो प्रतियोगिता गराइएको थियो । प्रतियोगितामा तीन महिला समूह र पाँच पुरुष समूह सहभागी थिए । तस्बिर ः सूर्यप्रकाश कँडेल