Posts

Showing posts from September, 2019

सार्वजनिक यातायातमा यात्रुको मृत्यु हुँदा के हेरेर बसेका छन् यातायातमन्त्री महासेठले ?

Image
राजधानी छिर्ने र बाहिरिने सडकको नौबीसे–नागढुंगा सडकखण्डमा लामो समयसम्म ट्राफिक जामको समस्या देखा परेको छ । समस्या यति गम्भीर बनेको छ कि बसमा यात्रा गरिरहेका यात्रु मर्न थालेका छन् । शुक्रबारमात्रै यात्रुवाहक बसमा रहेका एक जना बिरामीको जामकै कारण अस्पताल पुग्न ढिलाई हुँदा ज्यान गएको छ । चाडबाडको मुखमा राजधानी छिर्ने सडक मर्मत र बिस्तारको काम सुरु गरिँदा यात्रुले सास्ती पाउँछन् भन्ने सरकारमा बस्नेहरुलाई हेक्का हुनु पर्ने हो, तर कमिसनको खेलमा लिप्त रहने यातायातमन्त्री रघुवीर महासेठलाई यी कुरासँग कुनै वास्ता छैन । नागरिकको जीवनसँग वास्ता हुँदो हो त मन्त्री महासेठले सार्वजनिक यातायातमा अवरोध आएको कारण नागरिकको मृत्यु भइसक्दा नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो । मन्त्री महासेठमा नैतिकता भए पो राजीनामा दिनु ? उनमा त अकूत कमाउने, कमिसन पड्कउने अनौठो विशेषता छ । राजीनामा किन दिन्थे उनी ? सरकारको आशीर्वाद जो उनलाई प्राप्त छ । विश्व पर्यटन दिवसमै पर्यटक जाममा शुक्रबार नेपालमा मात्र नभई विश्वका विभिन्न दिवसमा विश्व पर्यटन दिवस मनाइयो । अरु देशमा जे जसरी विश्व पर्यटन दिव