Posts

Showing posts from May, 2022

विकूको यात्रा : मासिक ५० पैसादेखि क्युआर कोडसम्म

Image
 सूर्यप्रकाश कँडेल/ गैँडाकोटका २६ जना युवा मिलेर ३१ वर्षअघि बचत अभियान सुरु गरे । अहिले सुन्दा अचम्म लाग्छ, उनीहरुले जनही महिनाको ५० पैसाका दरले १३ रुपैयाँ जम्मा गर्थे । २६ जनाको समूहको नाम थियो विजय युथ क्रेडिट कोअपरेटिभ युनियन । यही युनियनको छोटकरी नाम हो विकू । विकूको ५० पैसाबाट सुरु भएको आर्थिक समृद्धिको यात्रा अहिले क्युआर कोडसम्म पुगेको छ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गैँडाकोट नगरपालिका–८, विजयनगरमा केन्द्रीय कार्यालय छ । नवलपरासी (ब.सु.पू.) मा विकूका १९ वटा र छिमेकी जिल्ला चितवनमा ३ वटा सेवा केन्द्रहरु छन् । केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुबाट विकूले एटीएम, एसएमएस, स्मार्ट बैंकिङलगायत पछिल्लोपटक क्युआर कोड प्रविधिबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।  विकू बचतका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल बुधबार दिउँसो गैँडाकोट–७, गैरीमा भेटिनुभयो । लस्करै ठाउँठाउँमा मकै पोल्न बसेका महिलाहरुमध्ये एक ४९ वर्षीया सुमित्रा दराईको मकै पसल अगाडि भेटिनु भएका पौडेलले दराईलाई क्युआर कोड हस्तान्तरण गर्नुभयो । उहाँसँगै आएका विकूका दुई जना कर्मचारीले दराईलाई क्युआर कोडबाट पैसा तिरेको कसर

गैँडाकोट नगरपालिका प्रमुख, उपप्रमुखसहित अधिकांश वडाध्यक्ष जित्यो काँग्रेसले

Image
 /सूर्यप्रकाश कँडेल/ स्थानीय तह निर्वाचनमा गैँडाकोट नगरपालिकाको प्रमुख, उपप्रमुख र १८ वडामध्ये ११ वडाध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । नेकपा एमालेले ६ वडाध्यक्ष र नेकपा माओवादी केन्द्रले एक वडाध्यक्ष जितेका छन् । मतगणनाको अन्तिम परिणामले नेपाली काँग्रेसलाई गैँडाकोटमा स्थानीय सरकार संचालनका लागि सुविधाजनक बहुमत दिएको छ । गैंडाकोट नगरपालिकाको अन्तिम नतिजा अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी १६ हजार ४५५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रराज पौडेलले १३ हजार ६०६ मत पाएका छन् । नगर उपप्रमुखमा नेपाली काँग्रेसकै शान्ति कोइराला १६ हजार ११४ मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी तुलाराम पौडेलले ८ हजार ६४० मत ल्याएका छन् । गैँडाकोट वडा नम्बर १ मा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद रेग्मी १ हजार ४७२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवप्रसाद अधिकारीले १ हजार ४३१ मत ल्याएका छन् । वडा नम्बर २ मा कांग्रेसका प्रकाश सापकोटा १ हजार ५४२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एम

मतदातालाई ढाँट्ने काम नगरौँ

Image
 /सूर्यप्रकाश कँडेल/ अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर पदमा विजयी भई पाँचवर्षे कार्यकाल सम्पन्न गरिसकेकी रेनु दाहाल आसन्न निर्वाचनमा पनि मेयरकै उम्मेदवार छिन् । बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको रुपमा रहेकी दाहालले अहिले पनि मेयरमा जित्ने दाबी गरेकी छिन् । गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका पुराना नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिएको कारण दाहालको दाबी कमजोर बनिसकेको छ । त्यसमाथि उनले ‘प्रचण्डको छोरी भएर मैले केही अवसर पाएको छैन’ भनेर सिधै झुटो बोलेकी छिन् । भरतपुर महानगरको मेयरमा उम्मेदवार हुन र मतपत्र च्यातेर भए पनि जित्न उनलाई उनका पिता पुष्पकमल दाहाल प्रचण्डको ठूलो सहयोग रहेको छ । अहिले पनि नेपाली काँग्रेस चितवनका नेता तथा कार्यकर्ताको ठूलो विरोध रहँदारहँदै पनि रेनुले मेयर पदको टिकट पाइन् । उनले यी सबै अवसर प्रचण्डको छोरी भएकै कारण पाएकी हुन् । Photo : Nisha Shrestha    दोस्रो कार्यकालका लागि मेयरकी आकांक्षी रेनु दाहालसँग नयाँ योजना केही पनि छैन । उनका अन्तर्वार्ता पढ्दा, सुन्दा र हेर्दा यही कुरा प्रष्ट हुन्छ । उनले भरतपुरको सम

नेपाली काँग्रेसका बागी जगन्नाथ पौडेलको अडान नै जित हो

Image
 – सूर्यप्रकाश कँडेल/ देश स्थानीय निर्वाचनमय बनेको छ । उम्मेदवारको मनोनयन दर्ता, दाबीविरोध, उम्मेदवारी फिर्तासँगै उम्मेदवारलाई निर्वाचन चिह्न दिने काम सकिएको छ । यतिबेला स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बनेकाहरु मत माग्न व्यस्त छन् । स्थानीय तहको निर्वाचनमा यसपटक पनि चितवनको भरतपुर सबैको चासोको केन्द्र बन्न पुगेको छ । भरतपुर महानगरको मेयर पदमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चर्चाको शिखरमा छन् । नेपाली कांग्रेसका पुराना नेता पौडेलले पार्टीको निर्देशनमा उम्मेदवारी फिर्ता लिन्छन् कि भन्ने आशंका हटेको छ । कांग्रेस जोगाउन भन्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बागी जगन्नाथले उम्मेदवारी फिर्ता नलिएपछि उनले एउटा लडाइँ जितेका छन् । वैशाख ३० गते हुने गोप्य मतदानको नतिजा पौडेलको पोल्टामा पर्ने वा नपर्ने विषय प्राविधिक हो । मतदाताले चाहेमा उनलाई मत परिणामबाट पनि विजयी बनाउन सक्ने छन् । Photo : Rajesh Ghimire   सत्ता गठबन्धन जोगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयर नेकपा (माओवादी केन्द्र) को भागमा दिए