Posts

Showing posts from October, 2018

पुराना वामपन्थी नेता मास्के भन्नुहुन्छ, जनवादपछि समाजवाद र साम्यवाद

Image
चितवनका पुराना वमपन्थी नेता सूर्यबहादुर मास्के कम्युनिष्ट बन्नु भएको ६५ वर्ष भयो । ८३ वर्षीय मास्केले १८ वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौंमा कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको हो । त्यतिबेलाको सिंगो कम्युनिष्ट पार्टी समयक्रममा चिराचिरा भएको देख्दा उहाँको मन पनि टुक्रिएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुराले निकै हर्षित मास्के भन्नुहुन्छ, ‘अब नेपालका सबै कम्युनिष्ट पार्टी एक हुनुपर्छ ।’ २०१२ सालमा पद्मोदय हाइस्कुल काठमाडौंमा विद्यार्थी युनियनको अध्यक्ष रहनु भएका मास्केले २०१३ सालमा शिक्षक तालिम लिएपछि गोरखामा पढाउन थाल्नुभयो । काठमाडौंबाट सुरु गरेको वामपन्थी राजनीति उहाँले पुख्र्यौली थलो गोरखामा छाड्ने कुरै भएन । जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउने काममा लाग्नु भएका मास्केलाई एमाले र माओवादी केन्द्रमात्र नभई नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता भएको हेर्ने इच्छा छ । ‘नेपाल कम्युनिष्ट पार्टीले बम राख्यो रे, बिस्फोट गरायो रे भन्ने सुन्नु नपरोस्’ रोगले थलिएर ओछ्यान पर्नु भएका उहाँले कुराकानीका क्रममा भ

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह

Image
उमेरको सन्दर्भमा ‘नब्बे, हब्बे न कब्बे’ भन्ने गरिन्छ, तर पुराना वामपन्थी नेता ९२ वर्षीय खम्बासिंह कुँवरलाई भेटेपछि यो भनाइ मिथ्या साबित हुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर दसमा रहेको खम्बासिंह बस्दै आउनु भएको कोठामा पुग्दा बुधबार दिउँसो उहाँ नेपाल टेलिभिजनबाट प्रसारित संघीय संसदको प्रत्यक्ष प्रसारण हेरिरहनु भएको थियो । नेपाली राजनीतिबारे अहिले पनि टाठो बहस गर्नुहुने कुँवरलाई भेट्दा उहाँलाई मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या छन् भन्ने पत्याउनै कठिन हुन्छ । तत्कालीन नेकपा माओवादी, बीचमा एकीकृत नेकपा माओवादी र पछिल्लो समयमा नेकपा माओवादी केन्द्रहुँदै एक सातायता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली राजनीतिको नायक मान्ने हो भने प्रचण्डका निर्देशक हुनुहुन्छ खम्बासिंह कुँवर अडिग । ‘एमालेसँग जसरी पनि एकता गर्नुपर्छ भनेर मैले प्रचण्डजीलाई सल्लाह दिएको थिएँ’ पार्टी एकताप्रति खुसी प्रकट गर्दै कुँवरले भन्नुभयो, ‘वाम एकता हुनु अति आवश्यक थियो । यो एकता नेपालको लागिमात्र नभएर विश्वकै लागि राम्रो काम भयो ।’ नेपाल कम्युनिष्ट पार्टीको वर