Posts

Showing posts from November, 2017

पोल्ट्री एक्स्पो उद्घाटनमा उपराष्ट्रपति पुन

Image
उपराष्ट्रपति नन्दबहादुर पुनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन दल र जनतालाई आह्वान गरेका छन् । नेपाल पोल्ट्री महासंघ लगायतका संघसंस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको शुक्रबार भरतपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् । निर्वाच नलाई सफल बनाउने कार्यमा जुट्न सबै दल र जनतालाई आह्वान गर्दछु, उपराष्ट्रपति पुनले भने, सौहाद्रपूर्ण र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु । दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता उत्साहपूर्ण वातावरणमा भइसकेको छ । राजनीतिक दलका नेता र कार्यकर्ता आआफ्ना दलका एजेण्डा लिएर जनताबीच पुगिरहेका छन् । उपराष्ट्रपति पुनले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । निर्वाचनमा निर्णायक शक्ति भनेको मतदाता नै भएको बताउँदै उनले मतदान कार्यमा सहभागी भई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे । विगतमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका गतिशील नेतृत्व यो जिल्लाले पाउने