Posts

Showing posts from January, 2019

नेपालमा जमिन खण्डीकरणको समस्या छ : खतिवडा

Image
चितवन । तीन दशकसम्म सरकारी सेवामा कार्यरत रहेका भगवान खतिवडा दुई वर्षयता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा कृषि परामर्शदाताको रुपमा सक्रिय छन् । २०४२ सालमा पाँचथर जिल्लाको कृषि विकास अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका खतिवडा २०७३ सालमा सेवानिवृत्त हुँदा कृषि मन्त्रालयमा कृषि सामग्री व्यवस्थापन शाखा प्रमुखका रुपमा वरिष्ठ कृषि प्रसार अधिकृत थिए । दुई वर्षयता उनले कृषि परामर्शदाताको हैसियतमा साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरिरहेका छन् । २०१७ सालमा उदयपुर जिल्लामा जन्मिएका खतिवडाले भगवती माध्यमिक विद्यालय सुनसरीबाट २०३४ सालमा एसएलसी पास गरे । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरबाट २०४१ सालमा बीएस्सीएजी सिध्याएका खतिवडाले २०४७ सालमा लण्डन विश्वविद्यालयबाट एमएस्सीएजी पूरा गरे । उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट २०५६ सालमा ग्रामीण समाजशास्त्र विषयमा स्नातकोत्तर तहको पढाई समेत पूरा गरेका छन् । जागिरे जीवनका क्रममा नेपालका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा काम गरिसकेका खतिवडाले भारत, चीन, भियतनाम, मलेसिया, जर्मन, टर्की, बेलायत, बैंकक, साइप्रस, भुटान लगायतका देश घुम

कादर खानको जीवनयात्रा : काबुलमा जन्म, भारतमा कर्म, क्यानडामा निधन

Image
चर्चित भारतीय अभिनेता एवं संवादसम्राट कादर खानको सोमबार राति क्यानडास्थित एक अस्पतालमा ८१ वर्षको उमेरमा मृत्यु भएको छ । उनका छोरा सरफराज खानले कादर खानको मृत्यु भएको पुष्टि गर्दै भनेका छन्, ‘हाम्रो बुबा अब हामीबीच रहनु भएन ।’ भौतिक शरीर छोडेर गएपनि अभिनेता कादर खान उनका कामले विश्वभरका दर्शकबीच अमर छन् । कहिले खलनायकको भूमिकामा दर्शकलाई तर्साउने कादर खानले कहिले कमेडी भूमिकामा दर्शकलाई हाँस्न बाध्य बनाएका थिए । बलिवुडमा दर्जनौँ चलचित्रको पटकथा र संवाद लेखिसकेका खान पछिल्लो समय अस्वस्थ थिए । सास फेर्न गाह्रो भएपछि उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । मस्तिष्क सम्बन्धी रोग लागेका कादर खानले अस्पतालमै अन्तिम सास फेरे । अफगानिस्तानको काबुलमा सन् १९३७ अक्टोबर २२ तारिखमा जन्मिएका कादर खानले सन् १९७३ मा दाग फिल्मबाट बलिवुडको यात्रा सुरु गरे । उनको अन्तिम फिल्म सन् २०१५ मा रिलिज भएको हो गया दिमागका दही थियो । कादर खानले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरे । दर्जनौँ फिल्मको पटकथा र संवाद लेखे । बलिवुडमा उनलाई संवादसम्राटको रुपमा समेत चिनिन्छ । उनले खुनपसिना, लावारिश, परवरिश, अमर अकब