कादर खानको जीवनयात्रा : काबुलमा जन्म, भारतमा कर्म, क्यानडामा निधन


चर्चित भारतीय अभिनेता एवं संवादसम्राट कादर खानको सोमबार राति क्यानडास्थित एक अस्पतालमा ८१ वर्षको उमेरमा मृत्यु भएको छ । उनका छोरा सरफराज खानले कादर खानको मृत्यु भएको पुष्टि गर्दै भनेका छन्, ‘हाम्रो बुबा अब हामीबीच रहनु भएन ।’
भौतिक शरीर छोडेर गएपनि अभिनेता कादर खान उनका कामले विश्वभरका दर्शकबीच अमर छन् । कहिले खलनायकको भूमिकामा दर्शकलाई तर्साउने कादर खानले कहिले कमेडी भूमिकामा दर्शकलाई हाँस्न बाध्य बनाएका थिए । बलिवुडमा दर्जनौँ चलचित्रको पटकथा र संवाद लेखिसकेका खान पछिल्लो समय अस्वस्थ थिए । सास फेर्न गाह्रो भएपछि उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । मस्तिष्क सम्बन्धी रोग लागेका कादर खानले अस्पतालमै अन्तिम सास फेरे ।
अफगानिस्तानको काबुलमा सन् १९३७ अक्टोबर २२ तारिखमा जन्मिएका कादर खानले सन् १९७३ मा दाग फिल्मबाट बलिवुडको यात्रा सुरु गरे । उनको अन्तिम फिल्म सन् २०१५ मा रिलिज भएको हो गया दिमागका दही थियो । कादर खानले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरे । दर्जनौँ फिल्मको पटकथा र संवाद लेखे । बलिवुडमा उनलाई संवादसम्राटको रुपमा समेत चिनिन्छ । उनले खुनपसिना, लावारिश, परवरिश, अमर अकबर एन्थोनी, नसीब, कुली लगायतका फिल्ममा पटकथा र संवाद लेखेका थिए ।
कादर खानका तीन दाजुको सानैमा मृत्यु भएपछि उनका बाबुआमाले अफगानिस्तान छाडेर उनीसहित भारत आएका थिए । भारत आएको केही समयमा नै बाबुआमाको सम्बन्ध विच्छेद भएपछि झड्केलो बाबुसँग गरिबीमा कष्टकर बाल्यकाल बिताए खानले । जति दुःख परेपनि पढ्न भने छाडेनन् । सिभिल इञ्जिनियरिङमा डिप्लोमा गरेपछि मुम्बईका कलेजमा पढाउन सुरु गरे । कलेजमा आयोजित नाटक प्रतियोगितामा भाग लिएर कादर खानले सर्वोत्कृष्ट लेखक र अभिनेताको पुरस्कार हात पारे । त्यसपछि उनले फिल्ममा संवाद लेख्न सुरु गरे । त्यतिबेला उनको पारिश्रमिक थियो एक हजार पाँच सय रुपैयाँ भारु ।
सन् १९७४ मा निर्देशक मनमोहन देसाई र नायक राजेश खन्नासँग रोटी नामक फिल्ममा काम गर्ने मौका पाएपछि कादर खानका सुखका दिन फिरे । चलचित्र रोटीको लागि संवाद लेखवापत कादर खानले पहिलोपटक एक लाख रुपैयाँ भारु पारिश्रमिक पाए । त्यसपछि कादर खानले लेखेका फिल्म र संवाद हिट हुन थाले । अग्निपथ, सराबी, सत्ते पे सत्ता लगायतका चलचित्रमा उनीद्वारा लेखिएका संवाद बोलेर त्यतिबेला एङ्ग्री योङ्म्यानको छवि बनाएका अमिताभ बच्चन समेत हिट भए । अमिताभको फिल्मी करियरमा कादर खानको भूमिका अहम् रह्यो ।
पटकथा र संवाद लेखकको छवि बनाएका कादर खानले सानोतिनो भूमिकामा चलचित्र खेल्न सुरु गरे । केही समयपछि खलनायकको भूमिका पनि निभाए । सन् १९८३ मा कादर खानले फिल्म हिम्मतवालाको स्क्रिप्ट लेखे । त्यस फिल्ममा आफ्नो लागि कमेडी रोल पनि घुसाए । त्यहीँबाट सुरु भयो कादर खानको कमेडी यात्रा । सन् १०९०  सम्म आइपुग्दा कादर खानले चलचित्रमा संवाद लेख्न कम गरे । तर, आफ्नो भूमिकाको संवाद भने उनी आफैले लेख्थे ।

दस फिल्मका दस प्रसिद्ध संवाद
१. मुकद्दर का सिकन्दर (१९७८)

सुख तो बेवफ़ा है आता है जाता है, दुख ही अपना साथी है, अपने साथ रहता है । दुख को अपना ले तब तक़दीर तेरे क़दमोंं में होगी और तू मुक़द्दर का बादशाह होगा ।

२. मिस्टर नटवरलाल (१९७९)
आप हैं किस मर्ज़ की दवा, घर में बैठे रहते हैं, ये शेर मारना मेरा काम हैरु कोई मवाली स्मग्लर हो तो मारूं मैं शेर क्यों मारूं, मैं तो खिसक रहा हूं और आपमें चमत्कार नहीं है तो आप भी खिसक लो ।

३. सत्ते पे सत्ता (१९८२)
दारू पीता नहीं है अपुन, क्योंकि मालूम है दारू पीने से लीवर ख़राब हो जाता है, लीवर ।

४. कुली (१९८३)
बचपन से सर पर अल्लाह का हाथ और अल्लाहरख्खा है अपने साथ, बाजू पर 786 का है बिल्ला, 20 नंबर की बीड़ी पीता हूं और नाम है इक़बाल ।

५. हिम्मतवाला (१९८३)
मालिक मुझे नहीं पता था कि बंदूक लगाए आप मेरे पीछे खड़े हैं। मुझे लगा, मुझे लगा कि कोई जानवर अपने सींग से मेरे पीछे खटबल्लू बना रहा है।

६. अग्निपथ (१९९०)
विजय दीनानाथ चौहान, पूरा नाम l बाप का नाम दीनानाथ चौहान, मां का नाम सुहासिनी चौहान l गांव मांडवा, उम्र 36 साल 9 महीना 8 दिन और ये सोलहवां घंटा चालू है l

७. बाप नम्बरी बेटा दस नम्बरी (१९९०)
तुम्हें बख़्शीश कहां से दूं, मेरी ग़रीबी का तो ये हाल है कि किसी फ़कीर की अर्थी को कंधा दूं तो वो उसे अपनी इंसल्ट मान कर अर्थी से कूद जाता है l

८. हम (१९९१)
कहते हैं किसी आदमी की सीरत अगर जाननी हो तो उसकी सूरत नहीं उसके पैरों की तरफ़ देखना चाहिए, उसके कपड़ों को नहीं उसके जूतों की तरफ़ देख लेना चाहिए l

९. अंगार (१९९२)
ऐसे तोहफ़े (बंदूकें) देने वाला दोस्त नहीं होता है, तेरे बाप ने 40 साल मुंबई पर हुकूमत की है इन खिलौनों के बल पर नहीं, अपने दम पर l

१०. जुदाई (१९९७)
इतनी सी हल्दी, सारे घर में मल दी, बताओ किसकी सरकार बनेगी ?

(एजेन्सीको सहयोगमा)

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला