प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

हानोई, भियतनाम

यहि असोज १८ देखि २३ गतेसम्म हानोई, भियतनाममा प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, नेपाल, कतार, मलेसिया, जर्मनी, इन्डोनेसिया र भियतनामका सुप्रसिद्ध कवि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा सहभागी कविहरूले हानोईस्थित आर्टिस्ट हिल कम्युनिटीमा बस्दै साहित्यिक सृजनामा सहभागी भए र साथसाथै स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण समेत गरे।

नेपाल र अस्ट्रेलियाको तर्फबाट कवि कुमाराज सुवेदीले प्रतिनिधित्व गर्दै आफ्नो कवितामार्फत दुवै देशको सांस्कृतिक पहिचान र भावनात्मक सेतु प्रस्तुत गर्नुभयो। कुमाराज सुबेदीका ५ रचनाहरू भियतनामी भाषामा पनि अनुबाद भएका छन् । सुवेदीलाई “काव्यिक साधना पुरस्कार” प्रदान गरिएको थियो ।

आर्टिस्ट हिल कम्युनिटीकी कार्यक्रम समन्वयकर्ता क्यू विक हाउका अनुसार, यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले कविहरूबीचको आपसी सहकार्य र विश्वव्यापी स्तरमा साहित्यिक पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।

 संस्थाकी अध्यक्ष थो बाड्ग आईले भियतनाममा पहिलोपटक आयोजित यस अन्तर्राष्ट्रिय कवि सम्मेलनलाई भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो।



Comments

Popular posts from this blog

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह