Posts

Showing posts from March, 2022

माइलाको पाइला कविता, गजल, हाइकूहुँदै कथातिर

Image
 – सूर्यप्रकाश कँडेल किरण, प्रकाश र ज्योति । तीनै नाम उज्यालोका प्रतीक । तीन जना पौडेल दाजुभाइ क्रमशः जेठा, माइला र कान्छा । चुडामणि र गोमादेवीका तीन उज्यालामध्ये ज्योति असमयमै निभ्यो । किरण र प्रकाश चम्किरहेका छन् । चम्किरहेका दुई उज्यालामध्ये एक हुन् प्रकाश पौडेल ‘माइला’ । माइलाको जन्म महिना हो चैत । जन्मदिन हो चैतको पहिलो दिन । यसपालि मंगलबार परेको थियो चैत १ गते । चैतको दोस्रो मंगलबार अर्थात् चैत ८ गते उनी भेटिए नारायणगढस्थित सम्पूर्ण किताबमा । १६ वर्षदेखि जापानको योकोहामा शहरमा छन् ।  वैदेशिक रोजगारीको सिलसिलामा जापन पुगेका माइलाले हाल योकोहामा शहरमा रेस्टुरेण्ट चलाएका छन् । उनलाई साथ दिएकी छिन् उनकी जीवनसाथी भूमिका अधिकारीले । वर्षमा एकपटक पश्चिमी चितवनको भीमनगरस्थित घरमा आइरहने माइला यसपटक घर आएका बेला उनीसँग सम्पूर्ण किताबमा जम्काभेट भएको हो । वर्ष २०२०–२२ का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष बनेका माइलासँग भेट हुँदा कुराकानीको नदी नबग्ने त कुरै भएन । खोतल्न थालेँ उनको विगत । पढाईदेखि साहित्ययात्रासम्मका कुरा भए । अनि भए उनी साधनारत साहित्यका विधा कवि

पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने ‘मोसो’

Image
 – रमेशकुमार पौडेल सूर्यप्रकाश कँडेल पेशाले पत्रकार हुन् । चितवनको पछिल्लो पुस्ताका अनुभवी पत्रकार कँडेल साहित्य सिर्जनामा पनि चासो राख्छन् । गजल रचना गर्दै आएका कँडेलले उपन्यास पनि लेखे । उनले लेखेको पहिलो कृति ‘मोसो’ उपन्यास २०७७ सालको मंसिरमा बजारमा आएको थियो । पत्रकारिताको मर्म र सिद्धान्तलाई जोगाएर कर्म गर्ने मात्र नभई भाषा व्याकरणमा पनि पोख्त मानिने पत्रकार कँडेलले ‘मोसो’ उपन्यासमा पत्रकार र पत्रकारिताकै कथा उनेका छन् । पत्रकारको गलत प्रवृत्तिको भण्डाफोर गर्ने उद्देश्यले उनले उपन्यासै लेखेका हुन् ।  पत्रकारले समाजमा सकारात्मक योगदान पु¥याउन मिहिनेत गर्नु पर्दछ । पत्रकारले दिने सूचनाबाट समाजले ज्ञान लिन्छ, र त्यो ज्ञान समाज सुधारमा भूमिका खेल्ने हुनु पर्दछ भन्ने पत्रकारिताको मान्यता हो । तर पत्रकार आफ्नो ‘धर्म’बाट बिचलित हुँदा समाज दिग्भ्रमित हुन्छ । यो गलत हो भनेर कल्ले भन्ने ? यो काममा पत्रकार नै अगाडि सर्नु पर्छ भनेर कँडेलले यो उपन्यास लेखेका हुन् ।  चितवनको इतिहास र चिनारी बोकेको चित्रसारी मन्दिर पुल छेउमा बिक्रीमा राखेको ‘ताजाताजा मोटामोटा उखु’बाट सुरु भएको उपन्यासको कथाक्रम