Posts

Showing posts from July, 2022

किताब पढ्नु भनेको तपस्या नै हो : प्रहरी उपरीक्षक प्रकाश मल्ल

Image
 //सूर्यप्रकाश कँडेल// सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको उनी निमित्त प्रमुख हुन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत खटिएका मल्लको पुस्तक पढ्ने सोख छ । उनी अंग्रेजी र नेपाली भाषमा लेखिएका आख्यान र गैरआख्यान पुस्तक पढ्छन् । पुस्तक पढ्नुको तीन कारण बताउँदै मल्ल भन्छन्, ‘हामी बसिरहेको समाजलाई बुझ्न, हामी कोबाट शासित छौँ ? यो कति उचित वा अनुचित छ ? भन्ने बुझ्न अनि देशको इतिहास र सभ्यता बुझ्न ।’ मल्लले कलेज पढ्दासम्म थुप्रै आख्यान पढे । तीमध्ये उनलाई मन परेका केही आख्यानमा बसाइँ, मुनामदन, शिरीषको फूल, दोषी चश्मा लगायत छन् । अहिले उनी आख्यानभन्दा गैरआख्यान पुस्तक बढी पढ्छन् । गैरआख्यानतर्फ उनको रुचिका क्षेत्र राजनीति शास्त्र, दर्शन शास्त्र, राजनीतिक इतिहास, वातावरणीय अर्थशास्त्र प्रमुख छन् । सन्दर्भ सामग्रीका रुपमा उनी अंग्रेजी पुस्तक बढी पढ्छ