Posts

Showing posts from October, 2012

पिङ खेलेर रमाइलो

Image
दसैंको अन्तिम दिन सोमबार भरतपुरमा पिङ खेलेर रमाइलो गर्दै बालक । पन्ध्र दिनको दसैं बिदापछि मंगलबारदेखि चितवनका विद्यालय खुल्दैछन् । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

तस्बिरमा चितवनको दसैं

Image
मान्यजनको घरमा दसैंको टिका थाप्न जाँदै एक परिवार  ।  टिका र जमरा लगाएपछि पिङ खेलेर रमाइलो गर्दै भरतपुरका एक बालक । दसैंको टिका लगाएपछि रमाइलो गर्दै दुई बालक । दसैंको टिका र जमरा लगाएका एक बालक । तस्बिरहरु  ः सूर्यप्रकाश कँडेल

दसैंमा खिर

Image
नारायणगढस्थित सडक बालबालिका पुनस्र्थापना केन्द्र (हाम्रो घर) मा शनिबार दसैंको अवसरमा आयोजित कार्यक्रममा खिर खाँदै गरेका बालक ।  केन्द्रमा रहेका १४ जना बालकलाई रोट¥याक्ट क्लब अफ भरतपुरले खिर खुवाएको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

हाँसोमा हाँसो

Image
स्वतन्त्र पत्रकार संघ चितवनले शुक्रबार बिहान नारायणगढमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रम एवं दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा चितवनका प्रजिअ हिमनाथ दवाडी (बायाँ)  का साथ हाँसोमा हाँसो मिसाउँदै । तस्बिर सौजन्य ः स्वतन्त्र पत्रकार संघ, चितवन  

लिङ्गेपिङ

Image
नवलपरासीको गैंडाकोट गाविस–५, पिपलचोकस्थित गणेश मन्दिरमा राखिएको लिङ्गेपिङ खेल्दै स्थानीय दुई किशोर ।  दसैंमा एक दिन पिङ खेलेर भुइँ छाड्नुपर्ने परम्परागत मान्यता रही आएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

नजर आ–आफ्नै

Image
कविडाँडा साहित्य समाज, चितवनले बिहीबार भरतपुरमा अयोजना गरेको ताप उपन्यासमाथिको अन्तरसम्वाद कार्यक्रममा सहभागी उपन्यासकार शारदा शर्मा र नेपाली कांग्रेसका नेता नरहरि आचार्य । शर्माको कृतिबारे आयोजित कार्यक्रमको प्रमुख अतिथि आचार्य रहेका थिए । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

तापको तिर्खा

Image
कविडाँडा साहित्य समाज, चितवनले बिहीबार भरतपुरमा अयोजना गरेको ताप उपन्यासमाथिको अन्तरसम्वाद कार्यक्रममा सहभागी उपन्यासकार शारदा शर्मा । नारीप्रधान उपन्यास ताप अहिले चर्चाको शिखरमा छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

दर्सैंको शुभकामना

Image
जय दुर्गे ः भरतपुरका मूर्तिकार शम्भुनाथ आर्यले बनाएको दुर्गाको मूर्ति ।  दसैंमा दुर्गालाई पुज्ने हिन्दु परम्परा रहिआएको छ ।  तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)