Posts

Showing posts from March, 2020

अस्तव्यस्त अर्थतन्त्र, लकडाउनमै लुटतन्त्र

Image
- सूर्यप्रकाश कँडेल संसारभर कोरोनाको कहर कम भएको छैन । कोरोना भाइरस (कोभिड १९) का संक्रमित नभेटिएको मुलुक शिला खोजे झैँ मानचित्रमा खोज्नु पर्ने अवस्था आएको छ । दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरसबाट सात लाख जनाभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमितमध्ये तीस हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।  विश्वको शक्तिशाली भनिएको अमेरिकामा एक लाख जनाभन्दा बढी कोरोना संक्रमणको चपेटामा परेका छन् । एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ अमेरिकामा । कोरोनाले इटालीलाई इन्त न चिन्तु बनाएको छ, स्पेनलाई बेचैन पारेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको विश्वयात्रा अझै रोकिएको छैन । नेपालमा पाँच जना संक्रमित पुष्टि भएको छ । आगामी दिनमा यो संख्या बढ्ने अनुमान गरिएको छ । मानिसबाट मानिसमा द्रुत गतिमा सर्ने कोरोना भाइरसको संक्रमण रोक्न चीनले अपनाएको लकडाउनको रणनीति अहिले विश्वभर अभ्यासमा ल्याइएको छ । सुरुमा लकडाउन गर्न नमानेको अमेरिका पनि कोरोनाले कायल पारेपछि अहिले लकडाउन रणनीति अवलम्बन गर्न पुगेको छ । छिमेकी देश भारतले तीन साताको लागि लकडाउन घोषणा गरेको छ । नेपालले एक साताको लक

कोरोना भाइरसविरुद्धको युद्धमा दूधको भूमिका

Image
- सूर्यप्रकाश कँडेल कोरोना भाइरस (कोभिड–१९) बाट यतिबेला विश्व आक्रान्त छ । नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै खतराको घण्टी बजिसकेको छ । पहिला भेटिएका संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले भेटिएका दुइ जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २५ मार्च (चैत १२ गते) सम्मको तथ्यांकमा विश्वभर एक सय ९६ देशमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । ती देशका तीन लाख ७५ हजार चार सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको र १६ हजार तीन सय ६२ जनाको मृत्यु भएको डब्लुएचओको वेबसाइट डब्लुएचओ डट आईएनटीमा उल्लेख छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वले युद्धस्तरमा रोकथाम र उपचारका प्रयास गरेको छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको आविष्कार नभइसकेको हुँदा यसको संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितको थुकको छिटा (ड्रप्लेट्स) को माध्यमबाट सर्ने गरेको पाइएको छ । यो भाइरस हावामा धेरैबेर टिक्न नसक्ने भएकोले कुनै बस्तुमा टाँ