Posts

Showing posts from May, 2021

कोरोना कहर : भयावह दोस्रो लहर

Image
- सूर्यप्रकाश कँडेल / देशका ७० भन्दा बढी जिल्लामा यतिबेला निषेधाज्ञा जारी छ । पोहोर साल यतिबेला देशैभर बन्दाबन्दी (लकडाउन) थियो । विश्वलाई नै चपेटामा पारेको कोरोना भाइरस (कोभिड १९) महामारीको कारण हामीहरुले पोहोर साल बन्दाबन्दी भोग्यौँ । यो वर्षारम्भमै निषेधाज्ञा भोग्नु परेको छ । पोहोर कोरोनाको पहिलो लहर थियो । यसपालि कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।  कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले धेरै जनाको ज्यान लिएको छ । संक्रमण दर नपत्याउँदो पाराले बढिरहेको छ । पोहोर साल हामीले अचम्म मानेर खबर सुन्ने गरेका देश इटाली, फ्रान्स, अमेरिकाको नियति यसपालि भारतसँगै नेपालले भोगिरहेका छन् । अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । उपचार नपाएर मानिसहरु मृत्युको मुखमा पुग्न थालेका छन् । कोरोनाको कारण आइपरेको त्रासदीपूर्ण यो समयमा संयमता जरुरी छ । सरकारले पनि अक्सिजनकै अभावमा नागरिकको ज्यान जान नपाओस् भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।  कोरोना संक्रमण फैलिन नदिनु नै अहिलेको अवस्थामा अल्पविराम लगाउने एकमात्र उपाय हो । अघिल्लो वर्ष आजको दिन अर्थात् जेठ ३ गतेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्म्या दुई स