Posts

Showing posts from January, 2020

कोटिहोम महायज्ञको नाममा ठगी धन्दा : प्रमुख वाचक बालयोगेश्वर उर्फ विजय भण्डारीको एउटा झुट

Image
चितवन । गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ नगद लिएका थिए । एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ नगद लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले पत्रकार सामु भने आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताएका छन् । एउटै महायज्ञबाट २५ लाख रुपैयाँ पारिश्रमिक लिने अनि आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँ पनि छैन भन्ने कथित बालयोगेश्वर महाराज अर्थात् उनै विजय भण्डारीको अडियो रेकर्ड प्राप्त भएको छ ।  उक्त अडियोमा भण्डारीले आफूले लगाएको लुगा समेत भक्तजनबाट प्राप्त भएको बताएका छन् । आफूले हवाइजहाजमा यात्रा गर्दा टिकट अरुले नै काटिदिने, गाडीमा इन्धन अरुले नै हालिदिने गरेको पनि उनको दाबी छ । कोटिहोम महायज्ञ सुरु हुनुभन्दा दुई दिनअघि गत बिहीबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले यस्तो भनेका छन्, "व्यक्तिगत आम्दानीमा केही पनि छैन । आम्दानी भए पो कर ति