Posts

Showing posts from October, 2013

युवतीमाथि वृद्धको नजर

Image
यसै साता नारायणगढमा सम्पन्न मिस चितवन २०७० कार्यक्रममा ¥याम्पमा हिँडिरहेकी एक प्रतियोगी युवतीलाई नियाल्दै एक वृद्ध सहभागी । सुन्दरताको नाममा शरीर प्रदर्शन गरिने सुन्दरी प्रतियोगिताहरु पछिल्ला दिनमा बढ्दै गएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

सुन्दरीको शरीर

Image
यसै साता नारायणगढमा सम्पन्न मिस चितवन २०७० कार्यक्रममा ¥याम्पमा हिँडिरहेकी प्रतियोगी शितोष्ना वन । मिस चितवन उपाधि जितेकी वन चितवनका एक वामपन्थी नेताकी छोरी हुन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

घरदैलोको चटारो

Image
चितवनको पिप्ले गाविसमा शनिबार घरदैलो कार्यक्रममा स्थानीयसँग भोट माग्दै नेकपा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे । उनले संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ चितवनको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

उम्मेदवारलाई अबिर

Image
चितवनको क्षेत्र नम्बर एकका एकीकृत नेकपा (माओवादी) उम्मेदवार यमबहादुर परियारलाई शनिबार खैरहनीमा घरदैलोको क्रममा अबिर लगाएर स्वागत गर्दै स्थानीय । उम्मेदवार परियारले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

कोइरालाको कुरा

Image
नेपाली काँग्रेस सम्बद्ध पेशागत संगठनहरुको आयोजनामा शनिबार चितवनमा निकालिएको मोटरसाइकल ¥यालीका सहभागी । चितवनको पूर्वी सिमाना पिप्ले गाविसस्थित लोथर बजारबाट सुरु भएको मोटरसाइकल ¥याली जिल्लाका विभिन्न भागहुँदै नारायणगढ बजारमा आई कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवं चितवन क्षेत्र नम्बर चारका उम्मेदवार सुशिल कोइरालाले लोकतान्त्रिक संविधान निर्माणका लागि काँग्रेसलाई दुईतिहाई सिटमा विजयी बनाउन आवश्यक रहेको बताए । तस्बिर ः सूर्यप्रकाश कँडेल 

सर्वहारा पार्टीको पारा

Image
एकीकृत नेकपा (माओवादी) क्षेत्र नम्बर तीनको आयोजनामा शनिबार चितवनमा निकालिएको मोटरसाइकल ¥यालीका सहभागी । भरतपुरबाट सुरु भएको ¥याली नारायणगढहुँदै पुनः भरतपुरमा पुगेर सकिएको थियो । तस्बिर ः सूर्यप्रकाश कँडेल 

थापाको थन्थन

Image
चितवनको भरतपुरमा शनिबार पत्रकारमाझ पार्टीको धारणा राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा । उनले राजादेखि माओवादीसम्म अटाउने संविधान आवश्यक भएको बताएका छन् । एक साताअघि गोरखाबाट देशव्यापी चुनावीयात्रामा निस्केका थापा पूर्वतर्फ लागेका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

तयारी चुनावको

Image
जिल्ला निर्वाचन कार्यालय चितवनले मंगलबार रत्ननगर नगरपालिका सभाकक्षमा मतदाता शिक्षा स्वयंसेवकलाई आवश्यक सामग्री वितरण गरेको छ । निर्वाचन क्षेत्र नम्बर एक र दुईका स्वयंसेवकलाई सुरक्षाघेरामा मतदाता शिक्षा सामग्री वितरण गरिएको थियो । विद्यालयका शिक्षक रहेका स्वयंसेवकले मतदाता शिक्षाका लागि खटिएको समयलाई काज बिदा मिलाउन निर्वाचन कार्यालयका कर्मचारीसँग गुनासो पोखेका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

रजिनाको रंग

Image
कालिका एफएमले मंगलबार दसौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको म्युजिक अवार्ड वितरण कार्यक्रममा गीत गाउँदै गायिका रजिना रिमाल । उनले आधुनिक गायनतर्फको अवार्ड हात पारेकी छिन् । तस्बिर ः सूर्यप्रकाश कँडेल