Posts

Showing posts from December, 2012

बाईबाई बाह्र

Image
 चितवनको पर्यटकीय क्षेत्र सौराहाबाट देखिएको सूर्यास्त । सोमबार सौराहामा नयाँ वर्ष साँझ मनाउन आन्तरिक र बाह्य पर्यटक जम्मा भएका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

आमाको नामबाट नागरिकता देऊ

Image
आमाको नामबाट नागरिकता पाउन नसकेका किशोरकिशोरीका समस्याबारे छलफल गर्न सोमबार भरतपुरमा आयोजित कार्यक्रममा सहभागी एक महिला । श्रीमान् सम्पर्कविहीन हुँदा उनका १८ वर्षीय छोराले नागरिकता पाउन सकेका छैनन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

छावाको छाँट

Image
चितवनको सौराहामा आयोजित हात्ती महोत्सव अन्तर्गत बिहीबार हात्तीको  छावाको  फुटबल प्रतियोगितामा बल अगाडि बढाउँदै छावा । तस्बिर ः सूर्यप्रकाश कँडेल 

पालोको पर्खाई

Image
चितवनको सौराहामा आयोजित हात्ती महोत्सव अन्तर्गत बिहीबार हात्तीदौडको लागि पालो पर्खिरहेका हात्तीहरु । तस्बिर ः सूर्यप्रकाश कँडेल 

लालुपाते रुझ्यो शीतैले

Image
 चितवनको भरतपुरस्थित एक बगैँचामा लालुपाते फूलमाथि थुप्रिएको शीत । जाडो बढ्दै गएपछि चितवनमा केही दिनयता रातिदेखि बिहानसम्म कुहिरो लाग्न थालेको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

आयो नरिवल

Image
नारायणगढ बजारमा काँचो नरिवल बिक्री गर्दै बिक्रेता । यहाँ नरिवल भारतदेखि आयात हुने गर्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

महोत्सव मेलो

Image
चितवन महोत्सव २०६९ बारे जानकारी दिन सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनका सहभागी आयोजक । महोत्सवको आयोजकमा उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर नगरपालिका,  रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघ रहेका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

माओवादी सम्मान

Image
जिल्ला अधिवेशन उद्घाटन समारोहमा शहीद सम्मान लिएर फर्कंदै महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल 

कारागारमा शिविर

Image
भरतपुर कारागारमा सोमबार आयोजित स्वास्थ्य शिविरमा कैदीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । भरतपुर कारागारमा रहेको अवस्थामा गतवर्ष विरोधी समूहको आक्रमणबाट मारिएका शिव पौडेलको स्मृतिमा परिवारजनले शिविर आयोजना गरेका हुन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

माओवादी अधिवेशन

Image
चितवनको भरतपुरमा सोमबार आयोजित नेकपा–माओवादी चितवनको सातौँ जिल्ला अधिवेशनका सहभागी । तस्बिर ः सूर्यप्रकाश कँडेल 

सडक महोत्सव

Image
चितवनको सौराहामा सोमबार आयोजित पत्रकार सम्मेलनमा १ ४ औं पोखरा सडक महोत्सवबारे  जानकारी दिँदै आयोजक । पुसको दोस्रो शुक्रबारदेखि पाँच दिनसम्म पोखराको लेकसाइडमा आयोजना हुन गइरहेको महोत्सवको प्रवद्र्धनका क्रममा आयोजक टोलीले पत्रकार सम्मेलन गरेको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल 

हात्तीदौडको हतारो

Image
चितवनको सौराहामा सोमबार हात्तीदौडबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका सहभागी । पुस ११ देखि १३ गतेसम्म बाघमारा सामुदायिक वनको चौरमा नवौँ हात्तीदौड प्रतियोगिता आयोजना हुँदैछ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

गाडा चढेर गाउँ डुल्दै ...

Image
चितवनको पर्यटकीय क्षेत्र सौराहामा गाडा चढेर गाउँ डुल्दै विदेशी पर्यटक । स्थानीयवासीले प्रतिगाडा पाँच सय रुपैयाँ लिएर पर्यटकलाई थारु बस्ती घुमाउने गर्छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

बित्यो काले

Image
आज सन् २०१२ को १२ महिना १२ तारिख । मैले फेसबुकमा आज केही भएन भनेर स्टाटस राखेको एक घण्टा बित्न नपाउँदै घरबाट फोन गरेर आमाले भन्नुभयो, काले त मर्यो । यो काले अरु कोही नभएर छोरो हिमालले कर गरेपछि किनेर पालिएको कुखुराको चल्लो थियो । दुई हप्ता पुगेको काले आज न्याउरीको आहार भएछ । यो तस्बिर दस दिनअघि मैले खिचेको थिएँ । कालेलाई श्रद्धाञ्जली । तस्बिर ः सूर्यप्रकाश कँडेल

स्मृतिमा तेइस

Image
नवलपरासीको मुकुन्दपुर–६, खरखरेमा चार वर्षअघि स्कुल बस दुर्घटना भएपछि घटनास्थलमा निर्मित सरस्वती मन्दिरमा राखिएका दिवंगत १८ विद्यार्थी, चार  शिक्षक र एक विद्यालय कर्मचारीको तस्बिर । बुटवलबाट वनभोज आएर फर्कंदा हिलबर्ड आवासीय विद्यालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएको थियो । तस्बिर ः सूर्यप्रकाश कँडेल  

श्रद्धाको फूल

Image
नवलपरासीको मुकुन्दपुरमा चार वर्षअघि स्कुल बस दुर्घटना भएको पाँचौं वार्षिकीको अवसरमा मंगलबार घटनास्थलमा आयोजित श्रद्धाञ्जली सभामा दिवंगतहरुको तस्बिरमा फूल चढाउँदै महिला । उक्त घटनामा १८ विद्यार्थीसहित २३ जनाको मृत्यु भएको थियो । तस्बिर ः सूर्यप्रकाश कँडेल

सहकारी सान

Image
नवलपरासीको गैंडाकोटमा रहेको विकु बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारणसभामा सहभागी शेयर सदस्य ।  बाइस वर्षअघि दैनिक पचास पैसा संकलन गरी २६ जनाले सुरु गरेको सहकारीमा अहिले दस हजार शेयर सदस्य छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल

कुरिनटारैमा

Image
 चितवनको कुरिनटारमा शुक्रबार आयोजित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको पहिलो वार्षिकोत्सव एवं सि.सं. ६ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रमका अतिथि बायाँबाट क्रमशः अमेरिकी राजदूतावासका प्रतिनिधि जेम्स लरी कार्ले, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, महानिरीक्षक कोषराज वन्त र तालिम केन्द्र समादेशक विशिष्ट प्रहरी उपरीक्षक दुर्गाबहादुर कुँवर । तस्बिर ः सूर्यप्रकाश कँडेल

पहिलो वार्षिकोत्सव

Image
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको पहिलो वार्षिकोत्सव एवं सि.सं. ६ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रमलाई शुक्रबार चितवनको लेवाटारमा सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त ।  तालिममा ४५ जना सशस्त्र प्रहरी सहभागी रहेको केन्द्रले जनाएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

यो कस्तो हिंसा

Image
चितवनको भरतपुरस्थित एक घरमा बुधबार पतिको गोडा धोइदिँदै महिला । जिल्लामा अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो तस्बिरले महिला हिंसाविरुद्ध अभियान चलाउनेहरुलाई स्वेच्छाले पतिको गोडा धोइदिनु महिला हिंसा हो वा होइन भन्ने प्रश्न गरेको महसुस हुन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल

समय सकारात्मक

Image
 प्रेस चौतारी चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  पूर्वमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकर्ण बिष्ट ।  उनले पत्रकारसामु अन्यौलग्रस्त राष्ट्रिय राजनीतिको परिस्थिति अहिले सकारात्मक बनेको बताए । तस्बिर ः सूर्यप्रकाश कँडेल

राजका कुरा

Image
उद्योग वाणिज्य संघ, चितवनको ४६औं वार्षिक साधारणसभालाई सोमबार  नारायणगढमा सम्बोधन गर्दै  नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार । सम्बोधनका क्रममा उनले नेपालमा भारतीय लगानी आकर्षित गर्न महासंघको  पहलमा सरकारले भारतसँग ‘विप्पा’ सम्झौता गरेकोले त्यसको विरोध अर्थहीन भएको बताएका थिए । तस्बिर ः सूर्यप्रकाश कँडेल