Posts

Showing posts from February, 2019

गैंडा जोगाउन ‘खाग’ निर्माण, सफलताको कथा हो खाग

Image
चितवन । सेभ दी राइनो फाउण्डेसनको प्रस्तुति नेपाली कथानक चलचित्र खाग फागुन २४ गते शुक्रबार रिलिज हुँदैछ । गैंडा संरक्षणमा खटिएको कर्मचारीको सफलताको कथा हो खाग । चलचित्र खागको रिलिज डेट नजिकिँदै जाँदा फिल्म युनिटले चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै लेखक कमलजंग कुँवरले ४५ लाख रुपैयाँ लागतमा चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । कुँवरको आत्मकथा ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र खागको अधिकांश छायाँकन चितवनमा भएको छ । लेखक कुँवरले चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष आठ महिना सहायक संरक्षण अधिकृतका रुपमा काम गर्नु भएको थियो । चोरशिकारीविरुद्धको कारबाहीमा प्रत्यक्ष संलग्न कुँवरका अनुभव गैंडालाई चार वर्ष पुस्तकमा समेटिएका छन् । त्यही पुस्तकमा आधारित भएकोले चलचित्र खागमा निकुञ्जको इमानदार कर्मचारी र खाग तस्करबीचको द्वन्द्वलाई समेटिएको छ । ‘गैंडाको मृत्यु खागसँग जोडिएको छ’ लेखक कुँवरले भन्नुभयो, ‘खागकै लागि गैंडाको चोरीशिकार हुन्छ । त्यसैले फिल्मको नाम खाग राखिएको हो ।’ चलचित्रमा गैंडाको अत्याधिक चोरीशिकारको अवस्थाबा

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

Image
मोबाइलको ब्यालेन्स थाह पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाह पाउन *9# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस । कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस । कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस । मोबाइलमा FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस । प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98xxxxxxxx.*RS# डायल गर्नुहोस ।  आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www. http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।  आफ्नो मोबाइल नम्बरको सेकुरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।  पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000#डायल ग

नन्दनको नजरमा रेशमको आराधना अर्गानिक आत्मकथा

Image
चितवन । ‘आराधना चोखो आत्मकथा हो, मौलिक र अर्गानिक’ वरिष्ठ गीतकार प्रेमविनोदन नन्दनले शनिबार नारायणगढमा आयोजित रेशमलाल श्रेष्ठको आत्मकथा ‘आराधना’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । साहित्य साधनालाई तपस्यासँग तुलना गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार नन्दनले भन्नुभयो, ‘लाटो लेखाईभन्दा विद्रोही र पहिचानसहितको लेखाई शक्तिशाली हुन्छ, राम्रो हुन्छ । बन्दीपुरमा जन्मेर प्रारम्भिक शिक्षा त्यहीँ पूरा गर्नु भएका ७० वर्षीय रेशमलाल श्रेष्ठले शिक्षण पेशामा ४५ वर्ष बिताउनु भयो । आफ्नो बाल्यकाल, विद्यार्थी जीवन र शिक्षण पेशाका भोगाई र अनुभूतिहरु आराधनामा समेटिएका छन् । आराधनाको लोकार्पण श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठले गर्नु भएको थियो । लेखक श्रेष्ठले आराधना रहरको उपज भएको बताउनु भयो । ‘एक दिन मरेर जानु छ, समाजलाई केही दिएर जाउँ भन्ने रहरले यो पुस्तक जन्मिएको हो’ उहाँले भन्नुभयो, ‘म छताछुल्ल पोखिएको छु पुस्तकमा, मलाई पढिदिनु होला ।’ बुक आर्ट नेपालले बजारमा ल्याएको श्रेष्ठको आत्मकथा आराधनामाथि टिप्पणी गर्दै साहित्यकार सरस्वती रिजालले भन्नुभयो, ‘आत्म

लुट्न सके लुट कान्छा लुट्न सके लुट

Image
– वीरेन्द्रमणि पौडेल यो देशमा कहिलेकाहीँ कुनै कुनै विषयले चाहिने भन्दा ज्यादै चर्चा पाउँछ । त्यो चर्चाले यो देशलाई आजसम्म खासै फाइदा  भएको देखिएन तर नोक्सानी भने भएको छ । सानोसानो विषय वा शीर्षकलाई तानतुन पारेर ठूलो र फराकिलो किन बनाइन्छ यो देशमा त्यो खोजीको विषय त बनेको छनै, यस्ता चाहिनेभन्दा बढ्दा हल्ला गरेर देशमा अशान्ति मच्चाउने र बेफ्वाँकमा धनजनको क्षति पु¥याउने काम पनि भएकै छन् बेलामौकामा । सबैभन्दा पहिला यो देशमा एकपटक ऋतिक रोशन काण्ड घट्यो । कसैले हल्ला चलायो कि भारतीय सिनेमाका कलाकार ऋतिक रोशनले आफ्नो अन्तर्वार्तामा नेपाललाई होच्याएर बोले । चितवनको माटोमा कुनै एक जनाले त्यो खालको कुरा बताएपछि दुईचार जना युवाहरु रिसाए । रिसाएका दुईचारजनाले थप दुईचार जनालाई भने । यही तरिकाले एकले अर्कोलाई भन्दै जाँदा धेरैजनाले ऋतिक रोशनको विरोध गर्न थाले । भरतपुरमै केही युवा मिलेर ऋतिक रोशनको पुत्ला जलाए । भारतीय चर्चित कलाकारको पुत्ला जलेपछि पत्रपत्रिकामा समाचार छापियो । त्यो समाचारको प्रभाव बढ्यो र ऋतिक रोशनको विरोध हुनेक्रम बढ्दै गयो । जुलुश निस्कियो । ऋतिक रोशन मुर्दावाद भनियो ।

"ग्रहको नकारात्मक प्रभाव कम गर्न वास्तु आवश्यक छ"

Image
 - सूर्यप्रकाश कँडेल   विशालनगर, काठमाडौं निवासी मनिष नासननी वास्तु परामर्शदाता हुन् । दुई वर्षदेखि पूर्णरुपमा वास्तु सम्बन्धी काम गर्दै आएका मनिष सुरुमा वास्तुविरोधी थिए । वास्तु अध्यात्म नभई विज्ञान भएको थाहा पाएपछि आफू वास्तु क्षेत्रमा सक्रिय रहेको उनको भनाइ छ । व्यवस्थापन विषयमा स्नातकोत्तर तहको पढाई पूरा गरेका मनिष स्वअध्ययनपछि वास्तु क्षेत्रमा आएका हुन् ।   २०३३ साल भदौ १२ गते पनौतीमा जन्मिएका मनिषले सात कक्षासम्म पनौतीमा रहेको इन्द्रेश्वर माध्यमिक विद्यालयमा पढे । आठ कक्षादेखि काठमाडौंको पुरानो वानेश्वरस्थित अम्बर आदर्श बोर्डिङ स्कुलमा अध्ययन गरेका मनिषले सोही विद्यालयबाट २०४९ सालमा एसएलसी दिए । पिपुल्स क्याम्पस पकनाजोलबाट २०५२ सालमा आईकम पूरा गरेका उनले पब्लिक युथ कलेज क्षेत्रपाटीबाट २०५५ सालमा बीबीएसको अध्ययन सिध्याए ।   २०५८ सालमा शंकरदेव क्याम्पस पुतलीसडकबाट एमबीएसको पढाई पूरा गरेपछि उनले जागीर सुरु गरे । २०५८ सालदेखि थाई एयरवेजमा १३ वर्षसम्म काम गरेका मनिषले त्यसपछिका दुई वर्ष मलेसियाको एयर एसियामा स्टेशन म्यानेजर एवं कन्ट्री हेडका रुपमा काम गरे । प्रस्तुत छ, वास्तु

नेपाल बन्दको त्यो दिन जसले खोस्यो ‘सुमन’को देब्रे आँखा

Image
- सूर्यप्रकाश कँडेल   चितवन । झट्ट हेर्दा उनका दुबै आँखा सद्दे देखिन्छन् । गहिरिएर हे¥यो भनेमात्र थाहा हुन्छ उनको देब्रे आँखा नक्कली हो भन्ने । भरतपुर महानगरपालिका वडा नम्बर ११, भोजाड निवासी इश्वर सापकोटा ‘सुमन’को देब्रे आँखा १८ वर्षअघिको नेपाल बन्दमा ग्रिनेडको बारुदले खोसेको हो ।   २०५७ साल पुस १७ गते नेपाल बन्दको दिन । बन्दको आह्वान गरेको थियो युद्ध हाँकिरहेको तत्कालीन नेकपा (माओवादी) ले । चितवन जिल्लामा पनि बन्द सफल पार्न माओवादी पार्टीका लडाकुहरु सडकमा ओर्लिएका थिए । खैरहनीको मगनीचोकमा जनमुक्ति सेनाका प्लाटुन कमाण्डर सुमनको नेतृत्वमा चार जनाको जम्काभेट प्रहरीसँग भयो । प्रहरीसँगको दोहोरो भिडन्तका क्रममा जनमुक्ति सेनाको समूहले प्रहरीतर्फ फ्याँकेको ग्रिनेड पड्किँदा लडाकु उत्तरकुमार गुरुङको घटनास्थलमै मृत्यु भयो । अरु तीन जना घाइते भए । ग्रिनेडको छर्रा सुमनको आँखाभित्र प¥यो ।   घाइते साथीहरु निलकण्ठ सुवेदी र केशव क्षेत्री भागाभाग गर्न थाले । सुमन पनि दौडिए खैरहनीको चौबीसकोठीतर्फ । दौडिँदै गर्दा उनले बाटोमा आफूसँग भएका ग्रिनेड र खुकुरी पानी जमेको खाल्डोतिर फाले । चौबीसकोठीम