Posts

Showing posts from November, 2012

सूर्यास्त र छावा

Image
चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा सूर्यास्तका बेला खेलिरहेको छावा । हात्ती प्रजनन् केन्द्रमा रहेका हात्ती र छावा पर्यटकीय आकर्षण बनेका छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल 

हात्तीस्नान

Image
तस्बिर ः सूर्यप्रकाश कँडेल चितवनको पर्यटकीय गन्तव्य सौराहामा मंगलबार हात्तीसँगै नुहाएर मनोरञ्जन लिँदै पर्यटक । हात्ती माहुतेको सहयोगमा गरिने हात्तीस्नानप्रति विदेशी पर्यटक आकर्षित हुन्छन् । तस्बिर ः सूर्यप्रकाश कँडेल  

गुलाफको सौन्दर्य

Image
चितवनको सौराहास्थित एक होटेलको बगैंचामा फुलेको गुलाफ । पर्यटकीय गन्तव्य सौराहामा सिजन सुरु भएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

राइजिङ स्टार–३

Image
गायन प्रतियोगिता सिनर्जी राइजिङ स्टार–३ बारे जानकारी दिन बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन ।  मिस नेपाल सृष्टि श्रेष्ठले शनिबार एक समारोहबीच प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने आयोजक सिनर्जी एफएमले जनाएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

पुस्तकालयलाई अवार्ड

Image
 चितवनको बछ्यौली गाविसस्थित झुवानी सामुदायिक पुस्तकालयमा बिहीबार आयोजित समारोहमा प्रदर्शित विभिन्न अवार्ड ।  नेपालका सामुदायिक पुस्तकालयमध्ये नमूना घोषित झुवानीले २० वटा विभिन्न विधामध्ये सात वटा विधामा अवार्ड पाएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल   चितवनको बछ्यौली गाविसस्थित झुवानी सामुदायिक पुस्तकालयमा बिहीबार आयोजित समारोहमा पुस्तकालयका अध्यक्ष केशवराज आचार्य (बायाँ) लाई पिपुल्स च्वाइस अवार्ड हस्तान्तरण गर्दै रिड नेपालकी कन्ट्री डाइरेक्टर सञ्जना श्रेष्ठ । दस हजार अमेरिकी डलरको उक्त अवार्ड बियोण्ड एक्सेस नामक अन्तर्राष्ट्रिय संस्थाले डेढ महिनाअघि दिएको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल  

रातको सुन्दरता

Image
नारायणगढको लायन्सचोकबाट देखिएको सुन्दर दृश्य । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

यस्तो पनि

Image
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका होटेल सञ्चालकले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी होटेल सञ्चालकहरु एवं निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की (बायाँबाट तेस्रो) । निकुञ्जभित्र रहेका होटेलको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटेल सञ्चालकले निकुञ्ज छाड्ने वा नछाड्ने विषयमा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले कुरिरहेको बताए । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

पूजाको तयारी

Image
नारायणगढस्थित नारायणी नदी किनारमा सोमबार साँझ छठ पूजाको तयारीमा जुट्दै ब्रतालु महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल 

ब्रतालु महिला

Image
 नारायणगढस्थित नारायणी नदी किनारमा छठ पूजाको लागि सोमबार साँझ जम्मा भएका ब्रतालु महिला । तस्बिर ः सूर्यप्रकाश कँडेल

सूर्यलाई अर्घ

Image
 छठ पर्वको मुख्य दिन सोमबार साँझ सूर्यलाई अर्घ दिँदै ब्रतालु महिला । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म मनाइने छठ पर्व सकिन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल 

कलिलो कोपिला

Image
चितवनको भरतपुरस्थित बगैंचामा खिचिएको गुलाफको कोपिला । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

मितेरीको देउसीभैलो

Image
रोटरी क्लबसँगको सहकार्यमा मितेरी फाउण्डेशन नेपालले शनिबार नारायणगढमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नाच्दै दुई बालिका । फाउण्डेशनले स्पाइनल कर्डका बिरामी र चितवनको दुर्गम गाउँ कान्दाका चेपाङको सहयोगार्थ देउसीभैलो आयोजना गरेको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

मेरो जीवनसाथी

Image
तिहारपछि मंसिरको तेस्रो शुक्रबार रिलिज हुन गइरहेको नेपाली चलचित्र मेरो जीवनसाथी युनिट अहिले चलचित्रको प्रोमोसनमा व्यस्त रहेको छ । चलचित्रबारे जानकारी दिने उद्देश्यले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा तिहारपछि मेरो जीवनसाथी रिलिज हुने जानकारी दिइएको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

देउसी भैलो

Image
प्रेस चौतारी नेपाल, चितवन शाखाले पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धिका लागि सहयोग जुटाउने उद्देश्यले आइतबार रत्ननगरमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागी पत्रकारहरु । देउसी भैलो कार्यक्रम सोमबार भरतपुरमा र शनिबार नारायणगढमा आयोजना गरिने प्रेस चौतारी चितवनले जनाएको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)  

साधारणसभा

Image
नेपाल  पत्रकार महासंघ जिल्ला शाखा चितवनको शनिबार भरतपुरमा सम्पन्न साधारणसभाको उद्घाटन समारोहका अतिथि । साधारणसभाले श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा पालना गर्न जिल्लास्थित सञ्चारगृहलाई दबाब दिने निर्णय गरेको छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

सयपत्रीको साथ

Image
 चितवनको भरतपुरस्थित एक बगैँचामा फुलेको सयपत्री फूलको पत्रमाथि बसेर घाम तापिरहेको छेपारो ।  तिहारको भाइटिकाको दिन दिदीबहिनीले दाजुभाईलाई टिका लगाइदिएपछि फूलको माला लगाइदिने प्रचलन छ । तिहारको लागि चितवनका ग्रामीण क्षेत्रतिर आँगनमा सयपत्री रोप्ने गरिन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

मखमली मोहनी

Image
 चितवनको भरतपुरस्थित एक बगैँचामा फुलेको मखमली फूल । तिहारको भाइटिकाको दिन दिदीबहिनीले दाजुभाईलाई टिका लगाइदिएपछि मखमली फूलको माला लगाइदिन्छन । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)

तिहारको किनमेल

Image
नारायणगढको पुतलीबजारमा बुधबार तिहारको किनमेल गर्दै महिला । तिहारमा करोडौं रुपैयाँ बराबरका विद्युतीय सामान र खद्यान्न भारत, चीन लगायतका देशबाट चितवन आयात हुन्छ । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग) 

लुम्बिनी साइकलयात्रा

Image
सिनर्जी एफएमद्वारा बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी साइकलयात्राबारे जानकारी दिँदै प्रबन्ध निर्देशक सहन प्रधान (दायाँ) र स्टेशन म्यानेजर अमर प्रधान । चितवनको पहिलो रेडियो सिनर्जी एफएमले ११औं वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि तीन दिनसम्मको लुम्बिनी साइकलयात्रा आयोजना गरेको हो । तस्बिर ः सूर्यप्रकाश कँडेल (सूर्यको ब्लग)