Posts

Showing posts from May, 2017

खाग जलेर खरानी

Image
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा यसको खागका लागि चोरीशिकारको निशानामा पर्न छाडेको छैन । दक्षिण एसियामा नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैँडाको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा जेठ ८ गते गैँडाको तीन सय ५७ वटा खाग जलाएर नष्ट गरिएको छ । जेठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मरिसकेका वन्यजन्तुको अंग (आखेटोपहार) नष्ट गर्ने भन्ने निर्णय गरे अनुसार गैँडाको खाग, छाला, बाघको छाला, हड्डी लगायतका आखेटोपहार जलाएर नष्ट गरिएको हो ।  आखेटोपहार जलाउन इँट, माटो, फलामको डण्डी र पाता प्रयोग गरी भट्टी निर्माण गरिएको थियो । कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला सल्काएर नष्ट गरिएको छ । आगो लगाएर नष्ट गरिएका आखेटोपहारमा गैँडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ वटा, चितुवाको छाला चार सय १८ वटा, ध्वाँसेचितुवाको छाला दुई वटा, हिउँचितुवाको छाला एक वटा, कस्तुरीको बीना ३४ वटा, हाब्रेको छाला ४७ वटा, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरको रौँ तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, जरायो