Posts

Showing posts from December, 2021

अंग्रेजी वर्षान्तमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’

Image
  - सूर्यप्रकाश कँडेल वरिष्ठ गायक दीप श्रेष्ठको नाम लिनेबित्तिकै संगीतप्रेमीहरुको मस्तिष्कमा दुई वटा कुरा एकैचोटि आउँछन् । पहिलो, चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा बसेका निर्णायक दीप श्रेष्ठ । दोस्रो, गायक श्रेष्ठले आफै संगीतवद्ध गरी गाएको बहुचर्चित गीत, हर रात सपनीमा ऐँठन हुन्छ... ।  अंग्रेजी वर्ष २०२१ को अन्तिम रात ३१ डिसेम्बरमा उनै गायक दीप श्रेष्ठको एकल साँझ ‘दीप श्रेष्ठ म्युजिकल नाइट २०२१’ आयोजना हुँदैछ । यो कार्यक्रममा गायक श्रेष्ठले हर रात सपनीमा... सँगै डेढ दर्जन गीत गाउने छन् । करिब दुई घण्टा निरन्तर गीत गाउने तयारीमा उनी जुटेका छन् । यसको चाँजोपाँजो मिलाएको छ भरतपुर–६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेण्ड (एलटिके) फार्म एण्ड रिट्रिटले । संगीताञ्जली नाम दिइएको सांगीतिक कार्यक्रममा बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमबारे जानकारी दिन एलटिके फार्ममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक दीप श्रेष्ठ पनि उपस्थित थिए । पत्रकारमाझ उनले भने, ‘मैले गाउने अधिकांश गीत नाच्ने खालका हुँदैनन् । यसपटक दर्शक नचाउने एउटा गीत ग

भविष्यमा यस्तो कतै नहोस्

Image
  भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशनले हात झिकेपछि निर्माणाधीन रंगशालाको भविष्य नै अन्यौलमा परेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गर्दै आफ्नो गम्भीर दायित्वबाट उम्कन खोजेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ । सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा भने निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो । २०७५ साल माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई रंगशाला निर्माणको काम अघि बढाइएको थियो । रंगशाला निर्म

किन तनावमा छन् प्रचण्ड ?

Image
          सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रायः तनावमै देखिन्छन् । कहिले सत्ता गठबन्धनको तनाव त कहिले आगामी निर्वाचनको पिरलो । त्यसमाथि नेकपा (एमाले) को दशौँ महाधिवेशन प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ सम्पन्न भयो । एमाले महाधिवेशन उद्घाटनमा देशभरबाट लाखौँ नेता तथा कार्यकर्ता चितवनमा ओइरिए । यसले पनि प्रचण्डको टाउको दुखाएको छ । एमालेको तामझामले प्रचण्ड आत्तिएको पाइयो । उनको त्यो छटपटीको अभिव्यक्ति हो, उनले एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिनु । पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन शनिबार चितवनमा उद्घाटन गर्दै  प्रचण्डले जुन अभिव्यक्ति दिए, त्यसभित्र प्रचण्डको छटपटी र पिरलो प्रष्टरुपले बाहिरिएको छ । ‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ । पञ्च¥याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन । यसैगरि लाखौंलाख मान्छे उतारेको पञ्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन ।’ प्रचण्डको यो अभिव्यक्ति अनप