Posts

Showing posts from March, 2021

ट्राफिक नियम हाम्रै सुरक्षाको लागि

Image
- सूर्यप्रकाश कँडेल सडकमा ट्राफिक नबस्ने हो भने इमानदार भएर ट्राफिक नियम पालना गर्ने कति होलान् ? चोकचोकमा ट्राफिक देख्दा पनि सवारीचालकहरु ट्राफिक नियम उल्लंघन गर्न खोज्छन् । मोटरसाइकलमा तीन जना सवार हुनु, माइक्रोबस, म्याजिक, मिनीबस र ठूला बसमा सिट क्षमताभन्दा बढी यात्रु ओसार्नु सधैँजसो देखिने ट्राफिक नियम उल्लंघनका घटना हुन् । युवा उमेरका मोटरसाइकल चालकले त सवारीमा केही परिवर्तन (मोडिफाई) गरेर चलाउने गरेको समेत पाइन्छ । सडकमा लेन अनुशासन पालना नगर्नु, मदिरा पिएर सवारी चलाउनु, धेरै भार बोकेर मालसामान ओसारपसार गर्नु, तीब्र गतिमा सवारी हाँक्नु पनि ट्राफिक नियमको उल्लंघन नै हो । सडक छेउमा जथाभावी पार्किङ गर्ने समस्या पुरानै हो । अझ नो पार्किङमा समेत सवारी पार्किङ भएको देख्न पाइन्छ । यी सबै कुरालाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले नियम पालना गराउँछन् । केही सवारी चालक भने ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गर्न खोज्छन् । साना हुन् वा ठूला सबैखाले सवारी चलाउनेले ट्राफिक नियम पालना नगर्ने हो भने सडक दुर्घटनाको संख्या घट्न सक्दैन । सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नु भनेको सवा

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देखियो आर्थिक संकट

Image
 – सूर्यप्रकाश कँडेल भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग जुटाई निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा चरम आर्थिक संकट देखापरेको छ । करिब एक वर्ष कोरोना कहरको कारण आर्थिक संकलन र निर्माण कार्य प्रभावित बन्यो । अझै पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ ।  आर्थिक संकलनका लागि फाउण्डेसनले सोमबार काठमाडौँमा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान घोषणा गरेको छ । यस अभियान अन्तर्गत व्यक्ति, संस्था र समूहले आफ्नो, परिवारको र संस्थाको नाम कुर्सीमा लेखाउन सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने छ ।  फाउण्डेसनले एक महिनाभित्रै मोबाइल एप्स, फेसबुक र अन्य संचारमाध्यममार्फत कुर्सीमा नाम लेख्नका लागि रकम भुक्तानी लगायतका प्रकृया सार्वजनिक गरिने जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब रुपैयाँ संकलन हुने फाउण्डेशनको अपेक्षा छ । उठेन धान्यान्चलको रकम रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्न गत वर्ष आयोजना गरिएको धान्यान्चलमा बोलिएको ६९ करोडमध्ये १० करोड पनि उठेको छैन । ३० ह