Posts

Showing posts from August, 2019

रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’

Image
अफिसको काम सकेर घर फर्कंदै थिएँ मोटरसाइकलमा । साँझको साढे ६ बज्दै थियो । जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि एउटा अराजक भीडले बाटो छेकेको रहेछ । भीडबाट एक जना करायो, ‘ए, हान् हान् ।’ आवाज आएतिर नजर पु¥याएँ । भीडको बीचमा चार जना युवा आफू अगाडिका दुई ओटा कारलाई कच्याककुचुक पारुँलाजस्तो गर्दै अगाडि बढे । एकाएक डर लागेर आयो । यो अराजक भीडमा पत्रकारको परिचय दिँदा झन् कुटाई खाइने सम्भावना पनि थियो । ‘रिस्क’ किन लिनु भन्ने सोचेर मोटरसाइकल फनक्क घुमाएर भरतपुर अस्पतालतर्फ आएँ । त्यहाँ पनि डीएसपी क्वार्टरको गेटअगाडि एउटा झुण्ड उपस्थित थियो । गेटभित्र प्रहरी र बाहिर रिसाएका केही दर्जन अनुहार आमनेसामने भइरहेका । त्यहाँ भने कसैले पनि भनेन, ‘ए, हान् हान्’ भनेर । जिल्ला प्रहरी कार्यालय पछाडिको बाटोहुँदै कृषि ज्ञान केन्द्रको अगाडि निस्केर चौबीसकोठीतर्फ मोडिएँ । सिधै त्रिचोक नाघेपछि घरतिर छिर्ने कुइनेटोबाट मोटरसाइकल गल्लीमा हुलेँ । घर पुगेर एक गिलास चिसो पानी पिएपछि सोचेँ, रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’ । ० ० ० माउन्टेन टेलिभिजन काठमाडौँमा कार्यरत २७ वर्षीय पत्रकार

​पत्रकारले मर्दामर्दै खोलेको पोल

Image
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो ।  २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्महत्या गरिन् तर त्यसमा न सुसाइड नोट न त मृतकको कुनै पनि बयान, केही पनि थिएन । मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनी जनआस्था परिवारले माफी माग्दामाग्दै पनि २ वर्षसम्म ज्यानमुद्दा झेल्नप¥यो, रवि लामिछानेहरूले अहिले पनि त्यो प्रकरण बेलाबखत उछालिरहन्छन् । अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् । यस प्रकरणमा माफी माग्नु त परै जाओस्, उल्टै मृतकलाई नै लाञ्छित गर्ने काम हुँदैछ । मानिस किन यति साह्रो अमानवीय हर्कत गर्छ ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न ? जनआस्थासँग सुरक्षित दुईवटै अडियो÷भिडियो टेपमा भएको विवरणमा भनिएको छ,

बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’

Image
– सूर्यप्रकाश कँडेल चितवन ।  लुतो आयो भने छालामा औषधि लगाइन्छ, हड्डीमा लुतो आउँछ कि आउँदैन होला ? जिउ (मांसपेशी) दुख्यो भने मालिस गरिन्छ, कहिलेकाहीँ हड्डीलाई दुख्छ कि दुख्दैन होला ? मासुभित्र लुकेर बस्ने हड्डीमा समस्या परेको थाहा पाउन त्यो हड्डी भाँचिनु पर्छ, नत्र कसैले वास्तै गर्दैन । अब भने यस्तो लापरबाही नगर्नुहोला । बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’ भयो भने ढाड कुप्रो पर्नेमात्र होइन, कापको जोर्नी भाँचिन पनि सक्छ । जसले जीवनभर अपाङ्तामा बाँच्न विवश पारिदिन्छ । हड्डी कमजोर भएर भाँचिएपछि मात्रै पहिलो लक्षण देखा पर्ने भएकोले चिकित्सकहरु अस्टियोपोरोसिसलाई ‘मौन हत्यारा’ (साइलेन्ट किलर) पनि भन्छन् । न्यूक्लियर मेडिसिनमा एमडी (डक्टर अफ मेडिसिन) डिग्री हासिल गरेका डा. मधु न्यौपाने मानिसको शरीरमा रहेका हड्डी उमेर बढेसँगै क्रमशः कमजोर हुँदै जाने बताउँछन् । ‘मानिसको हड्डी ३० वर्षको उमेरसम्म सबैभन्दा बलियो हुन्छ’ डा. न्यौपाने भन्छन्, ‘३० वर्षपछि बिस्तारै हड्डी कमजोर हुँदै जान्छ । अस्टियोपोरोसिस हड्डीको घनत्व घट्दै जाने, हड्डी मक्किने र कमजोर हुने रोग हो ।’ बीपी कोइ