Posts

Showing posts from June, 2019

विष्णुको वैष्णव बन्यो विश्वासिलो ब्राण्ड, यस्तो छ संघर्षको कथा

Image
-सूर्यप्रकाश कँडेल नारायणगढको शहीदचोकमा  मासु र मदिरा बेच्ने पसलहरु बग्रेल्ती छन्। तर यही भीडमा वैष्णव मिष्ठान्न भण्डारले अलग पहिचान बनाएको छ। शहीदचोकको यसै ठाउँमा तीन दशकअघि टिनको छाप्रोबाट सुरु भएको वैष्णव शाकाहारी खाना र मिठाईका लागि विश्वासिलो ब्राण्ड हो।  वैष्णवले बेकरी र अण्डारहित केक पनि उत्पादन गर्दै आएको छ। शाकाहारी भोजन र मिठाईका विभिन्न परिकार पाइने वैष्णव मिष्ठान्न केही वर्षयता मालिका हस्पिटालिटी एण्ड फुड प्रा. लि. अन्तर्गत सञ्चालित छ। चितवनभित्र वैष्णवका मुख्य एक र तीन वटा आउटलेट सञ्चालनमा छन् । वैष्णवका सबै आउटलेटमा डेढ सय कर्मचारी छन् जसले दैनिक करिब तीन हजार ग्राहकलाई सेवा दिइरहेका छन्। वैष्णव स्थापनाको २५ वर्ष पुगेको अवसरमा तीन वर्षअघि पहिलो आउटलेट भरतपुरको चौबीसकोठीमा खुल्यो। दुई वर्षअघि रत्ननगरको टाँडीचोकमा र गत वर्ष भरतपुरकै वीरेन्द्र क्याम्पसचोकमा वैष्णवका नयाँ आउटलेट खुलेका हुन्। यस वर्ष खैरहनीको चौबीसकोठीमा अर्को एउटा आउटलेट थप्ने योजनासहित काम भइरहेको मालिका हस्पिटालिटीका अध्यक्ष एवं वैष्णवका सञ्चालक कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा रकम संकलन चुनौतीपूर्ण

Image
–  सूर्यप्रकाश कँडेल  भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेमा संशय बढेको छ। सुरक्षा र अन्य विवादले भन्दा पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ। रंगशाला निर्माणमा तीन अर्ब रुपैयाँ चाहिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउँदै आएका छन्। अहिलेसम्म सात करोड रुपैयाँ संकलन भएको छ। रंगशालाको शिलान्यास समेत भएको छैन। डीपीआर अन्तिम चरणमा छ। डीपीआरको तयारी र शिलान्यासपछि दुई वर्षभित्र रंगशाला निर्माण गर्ने भनिएको छ। तीन अर्ब रुपैयाँ अर्थात् तीन सय करोड। लक्ष राखिएको छ दुई वर्ष अर्थात् सात सय ३० दिन। यस हिसाबले दुई वर्षमा तीन सय करोड रुपैयाँ संकलन गर्न सालाखाला (औशतमा) दैनिक ४१ लाख रुपैयाँ संकलन हुनुपर्छ। शिलान्यासपछि पैसाको ओइरो नै लागे पनि दैनिक ४१ लाख रुपैयाँ संकलन हुने कुरा सम्भव देखिँदैन। चितवन जिल्लाका विद्यार्थीसँग जनही एक सय रुपैयाँ उठाएर, शिक्षक कर्मचारीको एक/दुई दिनको तलब संकलन गरेर, जनप्रतिनिधिले तलबको केही हिस्सा दिएर पनि पाँच, सा