Posts

Showing posts from April, 2023

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

Image
- सूर्यप्रकाश कँडेल -  खासमा उनी शिक्षक हुन्, पढाउँछन् । नेपालमा १९ वर्षसम्म शिक्षण पेशामा रहेका उनले हाल दक्षिण अष्ट्रेलियाको राजधानी शहर एडिलेडमा पढाउँछन् । नौ वर्षअघि पढ्नका लागि अष्ट्रेलिया हानिएका उनले टिइएसओएल मा स्नातकोत्तर तहको पढाई पूरा गरे । टिइएसओएलको पूरा रुप टिचिङ इंग्लिस टु द स्पिकर्स अफ अदर ल्याङ्ग्वेज हो । यसको अर्थ अन्य भाषी वक्ताका लागि अंग्रेजी शिक्षण भन्ने हुन्छ । सारमा बुझ्नु पर्दा उनले दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित टेक्निकल एण्ड फरदर एजुकेसन नामक सरकारी क्याम्पसमा अंग्रेजी विषय पढाउँछन् । यस क्याम्पसमा उनले पढाउन थालेको ४ वर्ष भयो । त्यसअघि उनले २ वर्ष मिरिडियन भोकेसनल कलेजमा पढाए । उनी हुन्, रत्ननगर ६ बछौली घर भएका कवि कुमाराज सुवेदी । हो, उनी कवि हुन् । नेपाली भाषामा मात्र नभई अंग्रेजी भाषामा समेत उनले कविता लेखेका छन् । उनले लेखेका अंग्रेजी कविताहरुको संग्रह ‘द कलर्स अफ स्प्रिङ’ वैशाख महिनाभित्रै विमोचन हुँदैछ काठमाडौँमा । यस कवितासंग्रहको प्रकाशन साहित्यपोस्ट डट कमले गरेको हो । यसमा ७७ वटा छोटा कविता समावेश छन् । उनले लेखेका नेपाली कविताहरुको संग्रह २०८० सा