Posts

Showing posts from October, 2022

गैँडाकोटका गतिशील गोपी

Image
– सूर्यप्रकाश कँडेल – बग्नु नदीको धर्म हो । गति समयको कर्म हो । स्थिर रहनु हिमालको विशेषता हो । खासमा अस्थिर ब्रह्माण्डमा स्थिर केही पनि छैन । हामीलाई लाग्छ, पृथ्वी स्थिर छ तर होइन । यो आफ्नो अक्षमा घुमिरहेको छ सूर्यलाई केन्द्र बनाएर । गतिशील पृथ्वीमाथि रहेका सबै कुरा अस्थिर छन् वा भनौँ गतिशील छन् । गति नै जीवन हो भन्ने बुझेका कवि, लेखक, निर्देशक, कलाकार गोपी सापकोटाले आफ्नो जीवनलाई गतिशील बनाए । उनी ताल झैँ स्थिर बसेनन्, नदी झैँ बगिरहे साहित्यिक यात्रामा, जीवनको गोरेटोमा ।  कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा नाटकहुँदै अहिले आख्यानमा आइपुगेको छ । डेढ वर्षअघि पहिलो आख्यान काँचो कागज पाठकमाझ ल्याएका गोपीले सम्भवतः अर्को वर्ष दोस्रो आख्यान पाठकसामु प्रस्तुत गर्ने छन् । त्यसपछि निबन्ध र संस्मरणको सँगालो आउने खुलासा गरेका छन् गैँडाकोटे गोपीले कुराकानीका क्रममा । जीवन निर्वाहका लागि गरिने कर्मसँगै साहित्यको यात्रामा अगाडि बढिरहेका गोपी गैँडाकोटबाट काठमाडौँ पुगे । अहिले केही वर्षयता उनी बेलायतमा छन् । सन् २०२२ मा दोस्रो पटक उनी गैँडाकोट आइपुगेका छन् । अघिल्लोपटक उनीसँग भलाकुसारी गर्ने म

व्यक्तिगत पीडाको साहित्यिक महत्व हुँदैन : पौड्याल

Image
-  सूर्यप्रकाश कँडेल -  शिक्षण पेशाबाट सेवानिवृत्त उदय अधिकारी नेपाली र अंग्रेजी साहित्यको गहन अध्ययन गर्ने उम्दा पाठक हुन् । गतवर्ष प्रश्न नामक अन्तर्वार्ताको सँगालो पुस्तक प्रकाशित भएपछि उनी लेखकको कित्तामा समेत उभिएका छन् । नेपालका साहित्यकारहरुलाई पछ्याइरहने बानी परेका अधिकारीले प्राध्यापन पेशामा रहेका समालोचक, कवि एवं लेखक महेश पौड्याललाई डेढ दशकदेखि पछ्याइरहेका रहेछन् । उनै अधिकारीले पौड्याललाई गरेका २२ प्रश्न र तिनको जवाफ समेटिएको पुस्तक हो ‘फेसिङ अ लिटिल भल्क्यानो’ । नेपालीमा अथ्र्याउँदा ‘सानोतिनो ज्वालामुखीको सामना’ भन्न सकिएला । यो पुस्तक शनिबार एक समारोहबीच चितवन साहित्य परिषद चितवनको सभाहलमा विमोचन गरिएको छ । त्यसो त व्यक्तिगत पीडाको ज्वालामुखी सबैसँग हुन्छ । जीवनको कुनै कालखण्डमा पाइएका दुःख र खाइएका हण्डरको वर्णन जसले पनि गर्न सक्छ तर पौड्यालले त्यस्तो ज्वाला ओकलेका छैनन् पुस्तकमा । ‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्र के छ त ? बिस्तारै खोतल्दै जाऊँला । अहिले भने पौड्यालकै केही भनाइ यहाँनिर राखौँ । पौड्यालका अनुसार उनले यस पुस्तकमा व्यक्तिगत पीडाका कुरा करिब पाँच प्रतिशतमात्र