Posts

कविता : मौनताको चिरफार

Image
 मौनताको चिरफार -एरा नुर्जा सन्ध्या र तनावका कणबाट तिमी एउटा शरीर निर्माण गर्दछौ, एउटा सुनसान संरचना जसले घरको छत थाम्दछ, जहॅा भत्किएको झेलुगें पुल जस्ता कॅाधहरुले  सपनालाई किनार सम्म पुर्याउदछन्। घडीका सुईहरू निधारमा अड्किएका छन् तर, तिमी हामीलाई ब्यस्तताको मरूभूमीमा मापन गर्न नसकिने बसन्त दिन्छौ, तिम्रो कथा भब्यताका साथ ठडिएको धरोहर होईन त्यो त कोही छिर्न नसक्ने तहखानाको तिक्तताको कम्पन मापन गर्ने यन्त्र हो। हामीले तिमी बाट सॅाकेतिक भाषा सिक्यौं कसरी एक कप तातो चिया मिठो गीत  अनि एउटा कमजोर बार दृढताको कविता बन्छ भनेर। अहिले, हामी तिमीले गुनगुनाउने कविता भएका छौ हावामा उडिरहेका, तिम्रो मौन आनुवंशिक पदार्थ बोकेर— प्रेम कसरी गर्ने भन्ने एक आनुवंशिक संकेत, जहाँ ज्वाला निभ्न नदिन फलामलाई खिया लाग्न दिइन्छ। ~~~ ईन्डेनेशियाको पश्चिम सुमात्रामा रहेर वर्ल्ड पोयट्री मुभमेन्टमा क्रियाशिल कवि एवमं शिक्षिका  एरा नुर्जा को यो कविता कवि कुमाराज सुबेदीद्वारा अनुवादित हो।

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

Image
हानोई, भियतनाम यहि असोज १८ देखि २३ गतेसम्म हानोई, भियतनाममा प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, नेपाल, कतार, मलेसिया, जर्मनी, इन्डोनेसिया र भियतनामका सुप्रसिद्ध कवि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा सहभागी कविहरूले हानोईस्थित आर्टिस्ट हिल कम्युनिटीमा बस्दै साहित्यिक सृजनामा सहभागी भए र साथसाथै स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण समेत गरे। नेपाल र अस्ट्रेलियाको तर्फबाट कवि कुमाराज सुवेदीले प्रतिनिधित्व गर्दै आफ्नो कवितामार्फत दुवै देशको सांस्कृतिक पहिचान र भावनात्मक सेतु प्रस्तुत गर्नुभयो। कुमाराज सुबेदीका ५ रचनाहरू भियतनामी भाषामा पनि अनुबाद भएका छन् । सुवेदीलाई “काव्यिक साधना पुरस्कार” प्रदान गरिएको थियो । आर्टिस्ट हिल कम्युनिटीकी कार्यक्रम समन्वयकर्ता क्यू विक हाउका अनुसार, यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले कविहरूबीचको आपसी सहकार्य र विश्वव्यापी स्तरमा साहित्यिक पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।  संस्थाकी अध्यक्ष थो बाड्ग आईले भियतनाममा पहिलोपटक आयोजित यस अन्तर्राष्ट्रि...

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

Image
- सूर्यप्रकाश कँडेल -  खासमा उनी शिक्षक हुन्, पढाउँछन् । नेपालमा १९ वर्षसम्म शिक्षण पेशामा रहेका उनले हाल दक्षिण अष्ट्रेलियाको राजधानी शहर एडिलेडमा पढाउँछन् । नौ वर्षअघि पढ्नका लागि अष्ट्रेलिया हानिएका उनले टिइएसओएल मा स्नातकोत्तर तहको पढाई पूरा गरे । टिइएसओएलको पूरा रुप टिचिङ इंग्लिस टु द स्पिकर्स अफ अदर ल्याङ्ग्वेज हो । यसको अर्थ अन्य भाषी वक्ताका लागि अंग्रेजी शिक्षण भन्ने हुन्छ । सारमा बुझ्नु पर्दा उनले दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित टेक्निकल एण्ड फरदर एजुकेसन नामक सरकारी क्याम्पसमा अंग्रेजी विषय पढाउँछन् । यस क्याम्पसमा उनले पढाउन थालेको ४ वर्ष भयो । त्यसअघि उनले २ वर्ष मिरिडियन भोकेसनल कलेजमा पढाए । उनी हुन्, रत्ननगर ६ बछौली घर भएका कवि कुमाराज सुवेदी । हो, उनी कवि हुन् । नेपाली भाषामा मात्र नभई अंग्रेजी भाषामा समेत उनले कविता लेखेका छन् । उनले लेखेका अंग्रेजी कविताहरुको संग्रह ‘द कलर्स अफ स्प्रिङ’ वैशाख महिनाभित्रै विमोचन हुँदैछ काठमाडौँमा । यस कवितासंग्रहको प्रकाशन साहित्यपोस्ट डट कमले गरेको हो । यसमा ७७ वटा छोटा कविता समावेश छन् । उनले लेखेका नेपाली कविताहरुको संग्रह २०८...

प्रवासको छटपटीले जन्माएको ‘अमेरिका अनुभूति’

Image
– सूर्यप्रकाश कँडेल – अमेरिका अर्थात् स्वप्नभूमि । अमेरिका अर्थात् अवसरको भूमि । अमेरिका अर्थात् कर्मलाई फलदायी बनाउने भूमि । जति नै प्रशंसा गरे पनि कम हुन्छ अमेरिकाको बारेमा । आकर्षणको चुलीमा रहेको यही भूमिमा दुई दशकभन्दा बढी समय बिताए सुभाष घिमिरेले । अमेरिकामा सुखमात्र नभई दुःखको समेत साक्षात्कार गरेका घिमिरेले प्रवासको छटपटीलाई समेटेर बेलाबखतमा लेखिएका अनुभूतिलाई पुस्तकको रुप दिए । घिमिरेले प्रवासको छटपटी समेटेर तयार पारिएको पुस्तक हो, अमेरिका अनुभूति ।  चितवनको पश्चिम रामपुरमा २०२९ साल पुस २४ गते जन्मिएका घिमिरे आमा रमा र बुबा रामकृष्णका जेठो सन्तान हुन् । उनी एक भाइ र एक बहिनीका दाजु हुन् । दुर्गा निमावि (हाल मावि) विजयनगरबाट ६ कक्षासम्मको पढाई पूरा गरेपछि उनले रामपुर माविमा पढे । २०४४ सालमा रामपुर माविबाट एसएलसी पास गरेका घिमिरेले रामपुर कृषि क्याम्पसबाट २०५१ सालमा बिएस्सीएजी उत्तीर्ण गरे । त्यसपछि एक वर्ष लहान प्राविधिक शिक्षालयमा कृषि विषय पढाए । २०५४ सालमा लोकसेवा परीक्षा उत्तीर्ण गरेर कृषि प्रसार अधिकृतमा नाम निकालेपछि बबरमहलमा एकहप्ते तालिम लिए । तालिमपछि नियुक्तिपत्र प...

गैँडाकोटका गतिशील गोपी

Image
– सूर्यप्रकाश कँडेल – बग्नु नदीको धर्म हो । गति समयको कर्म हो । स्थिर रहनु हिमालको विशेषता हो । खासमा अस्थिर ब्रह्माण्डमा स्थिर केही पनि छैन । हामीलाई लाग्छ, पृथ्वी स्थिर छ तर होइन । यो आफ्नो अक्षमा घुमिरहेको छ सूर्यलाई केन्द्र बनाएर । गतिशील पृथ्वीमाथि रहेका सबै कुरा अस्थिर छन् वा भनौँ गतिशील छन् । गति नै जीवन हो भन्ने बुझेका कवि, लेखक, निर्देशक, कलाकार गोपी सापकोटाले आफ्नो जीवनलाई गतिशील बनाए । उनी ताल झैँ स्थिर बसेनन्, नदी झैँ बगिरहे साहित्यिक यात्रामा, जीवनको गोरेटोमा ।  कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा नाटकहुँदै अहिले आख्यानमा आइपुगेको छ । डेढ वर्षअघि पहिलो आख्यान काँचो कागज पाठकमाझ ल्याएका गोपीले सम्भवतः अर्को वर्ष दोस्रो आख्यान पाठकसामु प्रस्तुत गर्ने छन् । त्यसपछि निबन्ध र संस्मरणको सँगालो आउने खुलासा गरेका छन् गैँडाकोटे गोपीले कुराकानीका क्रममा । जीवन निर्वाहका लागि गरिने कर्मसँगै साहित्यको यात्रामा अगाडि बढिरहेका गोपी गैँडाकोटबाट काठमाडौँ पुगे । अहिले केही वर्षयता उनी बेलायतमा छन् । सन् २०२२ मा दोस्रो पटक उनी गैँडाकोट आइपुगेका छन् । अघिल्लोपटक उनीसँग भलाकुसारी गर्...

व्यक्तिगत पीडाको साहित्यिक महत्व हुँदैन : पौड्याल

Image
-  सूर्यप्रकाश कँडेल -  शिक्षण पेशाबाट सेवानिवृत्त उदय अधिकारी नेपाली र अंग्रेजी साहित्यको गहन अध्ययन गर्ने उम्दा पाठक हुन् । गतवर्ष प्रश्न नामक अन्तर्वार्ताको सँगालो पुस्तक प्रकाशित भएपछि उनी लेखकको कित्तामा समेत उभिएका छन् । नेपालका साहित्यकारहरुलाई पछ्याइरहने बानी परेका अधिकारीले प्राध्यापन पेशामा रहेका समालोचक, कवि एवं लेखक महेश पौड्याललाई डेढ दशकदेखि पछ्याइरहेका रहेछन् । उनै अधिकारीले पौड्याललाई गरेका २२ प्रश्न र तिनको जवाफ समेटिएको पुस्तक हो ‘फेसिङ अ लिटिल भल्क्यानो’ । नेपालीमा अथ्र्याउँदा ‘सानोतिनो ज्वालामुखीको सामना’ भन्न सकिएला । यो पुस्तक शनिबार एक समारोहबीच चितवन साहित्य परिषद चितवनको सभाहलमा विमोचन गरिएको छ । त्यसो त व्यक्तिगत पीडाको ज्वालामुखी सबैसँग हुन्छ । जीवनको कुनै कालखण्डमा पाइएका दुःख र खाइएका हण्डरको वर्णन जसले पनि गर्न सक्छ तर पौड्यालले त्यस्तो ज्वाला ओकलेका छैनन् पुस्तकमा । ‘फेसिङ अ लिटिल भल्क्यानो’ भित्र के छ त ? बिस्तारै खोतल्दै जाऊँला । अहिले भने पौड्यालकै केही भनाइ यहाँनिर राखौँ । पौड्यालका अनुसार उनले यस पुस्तकमा व्यक्तिगत पीडाका कुरा करिब पाँच प्रत...

किताब पढ्नु भनेको तपस्या नै हो : प्रहरी उपरीक्षक प्रकाश मल्ल

Image
 //सूर्यप्रकाश कँडेल// सुर्खेतका प्रकाश मल्ल काठमाडौँबाट प्रहरी सेवामा प्रवेश गरे । २०५८ सालमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेका मल्ल पदोन्नतिहुँदै २०७७ साल वैशाखदेखि प्रहरी उपरीक्षकका रुपमा कार्यरत छन् । भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको उनी निमित्त प्रमुख हुन् । शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघीय प्रहरी मिसनमा हाइटी, पूर्वी टिमोर र दक्षिणी सुडानमा समेत खटिएका मल्लको पुस्तक पढ्ने सोख छ । उनी अंग्रेजी र नेपाली भाषमा लेखिएका आख्यान र गैरआख्यान पुस्तक पढ्छन् । पुस्तक पढ्नुको तीन कारण बताउँदै मल्ल भन्छन्, ‘हामी बसिरहेको समाजलाई बुझ्न, हामी कोबाट शासित छौँ ? यो कति उचित वा अनुचित छ ? भन्ने बुझ्न अनि देशको इतिहास र सभ्यता बुझ्न ।’ मल्लले कलेज पढ्दासम्म थुप्रै आख्यान पढे । तीमध्ये उनलाई मन परेका केही आख्यानमा बसाइँ, मुनामदन, शिरीषको फूल, दोषी चश्मा लगायत छन् । अहिले उनी आख्यानभन्दा गैरआख्यान पुस्तक बढी पढ्छन् । गैरआख्यानतर्फ उनको रुचिका क्षेत्र राजनीति शास्त्र, दर्शन शास्त्र, राजनीतिक इतिहास, वातावरणीय अर्थशास्त्र प्रमुख छन् । सन्दर्भ सामग्रीका रुपमा उनी अंग्रेजी पुस्तक बढी ...