कविता : मौनताको चिरफार

 मौनताको चिरफार

-एरा नुर्जा

सन्ध्या र तनावका कणबाट तिमी एउटा शरीर निर्माण गर्दछौ,

एउटा सुनसान संरचना जसले घरको छत थाम्दछ,

जहॅा भत्किएको झेलुगें पुल जस्ता कॅाधहरुले 

सपनालाई किनार सम्म पुर्याउदछन्।

घडीका सुईहरू निधारमा अड्किएका छन्

तर,

तिमी हामीलाई ब्यस्तताको मरूभूमीमा मापन गर्न नसकिने बसन्त दिन्छौ,

तिम्रो कथा भब्यताका साथ ठडिएको धरोहर होईन

त्यो त कोही छिर्न नसक्ने तहखानाको तिक्तताको कम्पन मापन गर्ने यन्त्र हो।

हामीले तिमी बाट सॅाकेतिक भाषा सिक्यौं

कसरी एक कप तातो चिया मिठो गीत 

अनि एउटा कमजोर बार दृढताको कविता बन्छ भनेर।


अहिले,

हामी तिमीले गुनगुनाउने कविता भएका छौ

हावामा उडिरहेका,

तिम्रो मौन आनुवंशिक पदार्थ बोकेर—

प्रेम कसरी गर्ने भन्ने

एक आनुवंशिक संकेत,

जहाँ ज्वाला निभ्न नदिन

फलामलाई खिया लाग्न दिइन्छ।


~~~ ईन्डेनेशियाको पश्चिम सुमात्रामा रहेर वर्ल्ड पोयट्री मुभमेन्टमा क्रियाशिल कवि एवमं शिक्षिका  एरा नुर्जा को यो कविता कवि कुमाराज सुबेदीद्वारा अनुवादित हो।

Comments

Popular posts from this blog

प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

ऋतुका रङहरु खोज्ने कवि कुमाराज

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह