Posts

Showing posts from March, 2023

प्रवासको छटपटीले जन्माएको ‘अमेरिका अनुभूति’

Image
– सूर्यप्रकाश कँडेल – अमेरिका अर्थात् स्वप्नभूमि । अमेरिका अर्थात् अवसरको भूमि । अमेरिका अर्थात् कर्मलाई फलदायी बनाउने भूमि । जति नै प्रशंसा गरे पनि कम हुन्छ अमेरिकाको बारेमा । आकर्षणको चुलीमा रहेको यही भूमिमा दुई दशकभन्दा बढी समय बिताए सुभाष घिमिरेले । अमेरिकामा सुखमात्र नभई दुःखको समेत साक्षात्कार गरेका घिमिरेले प्रवासको छटपटीलाई समेटेर बेलाबखतमा लेखिएका अनुभूतिलाई पुस्तकको रुप दिए । घिमिरेले प्रवासको छटपटी समेटेर तयार पारिएको पुस्तक हो, अमेरिका अनुभूति ।  चितवनको पश्चिम रामपुरमा २०२९ साल पुस २४ गते जन्मिएका घिमिरे आमा रमा र बुबा रामकृष्णका जेठो सन्तान हुन् । उनी एक भाइ र एक बहिनीका दाजु हुन् । दुर्गा निमावि (हाल मावि) विजयनगरबाट ६ कक्षासम्मको पढाई पूरा गरेपछि उनले रामपुर माविमा पढे । २०४४ सालमा रामपुर माविबाट एसएलसी पास गरेका घिमिरेले रामपुर कृषि क्याम्पसबाट २०५१ सालमा बिएस्सीएजी उत्तीर्ण गरे । त्यसपछि एक वर्ष लहान प्राविधिक शिक्षालयमा कृषि विषय पढाए । २०५४ सालमा लोकसेवा परीक्षा उत्तीर्ण गरेर कृषि प्रसार अधिकृतमा नाम निकालेपछि बबरमहलमा एकहप्ते तालिम लिए । तालिमपछि नियुक्तिपत्र पाए ।