गैँडाकोट नगरपालिका प्रमुख, उपप्रमुखसहित अधिकांश वडाध्यक्ष जित्यो काँग्रेसले

 /सूर्यप्रकाश कँडेल/

स्थानीय तह निर्वाचनमा गैँडाकोट नगरपालिकाको प्रमुख, उपप्रमुख र १८ वडामध्ये ११ वडाध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । नेकपा एमालेले ६ वडाध्यक्ष र नेकपा माओवादी केन्द्रले एक वडाध्यक्ष जितेका छन् । मतगणनाको अन्तिम परिणामले नेपाली काँग्रेसलाई गैँडाकोटमा स्थानीय सरकार संचालनका लागि सुविधाजनक बहुमत दिएको छ ।



गैंडाकोट नगरपालिकाको अन्तिम नतिजा अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी १६ हजार ४५५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रराज पौडेलले १३ हजार ६०६ मत पाएका छन् । नगर उपप्रमुखमा नेपाली काँग्रेसकै शान्ति कोइराला १६ हजार ११४ मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी तुलाराम पौडेलले ८ हजार ६४० मत ल्याएका छन् ।

गैँडाकोट वडा नम्बर १ मा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद रेग्मी १ हजार ४७२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवप्रसाद अधिकारीले १ हजार ४३१ मत ल्याएका छन् । वडा नम्बर २ मा कांग्रेसका प्रकाश सापकोटा १ हजार ५४२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देशबन्धु सिग्देलले १ हजार ११५ मत ल्याएका छन् ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका शिवकान्त तिवारी ९१४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुनकुमार थापाले ६३३ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका तेजप्रसाद घिमिरे १ हजार ८६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेशराज न्यौपानेले १ हजार ३२ मत ल्याएका छन् ।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका रत्नप्रसाद सापकोटा १ हजार ५६९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज कँडेलले १ हजार १०८ मत ल्याएका छन् । यसअघिको स्थानीय निर्वाचनमा पनि गैँडाकोट–५ बाट सापकोटा र कँडेल वडाध्यक्षमा उम्मेदवार थिए । त्यतिबेला एमालेका कँडेलले काँग्रेसका सापकोटालाई पराजित गरेका थिए ।

गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा भने नेकपा एमालेका सुभास चापागाईं १ हजार १६ मत ल्याई वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनुराम सापकोटाले ५४० मत ल्याएका छन् ।

वडा नम्बर ७ मा नेपाली कांग्रेसका होमनाथ सापकोटा ७६० मत ल्याई विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी थारुले ४२९ मत ल्याएकी छिन् । वडा नम्बर ८ मा कांग्रेसका प्रेम सापकोटा १ हजार ८० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर थापा मगरले ७७१ मत ल्याएका छन् ।

वडा नम्बर ९ मा नेपाली कांग्रेसका धामनाथ सापकोटा ५८९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्रराज सापकोटाले ३६५ मत ल्याएका छन् । वडा नम्बर १० मा नेकपा एमालेका देवीदत्त कँडेल ९८१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमल राउतले ८०५ मत ल्याएका छन् ।

वडा नम्बर ११ मा नेकपा एमालेका गोविन्दप्रसाद सुवेदी ९९९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषकान्त देवकोटाले ९०७ मत ल्याएका छन् । वडा नम्बर १२ मा पनि नेकपा एमालेका चक्रपाणी कँडेल ९३९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थिरबहादुर थनेतले ८१३ मत ल्याएका छन् ।

वडा नम्बर १३ मा नेकपा एमालेका मधुकर मल्ल ६८४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धिप्रसाद न्यूरेले ६२९ मत ल्याएका छन् । वडा नम्बर १४ मा पनि नेकपा एमालेका कोकिसरा राना मगर १ हजार ३१ मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महा शर्मा न्यौपानेले ९१८ मत ल्याएका छन् ।

वडा नम्बर १५ मा नेपाली कांग्रेसका प्रेमराज तिमल्सेना ६७१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ख्यामनारायण लम्सालले ५३० मत ल्याएका छन् । वडा नम्बर १६ मा कांग्रेसका विनोदकुमार मल्ल ४८६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम सापकोटाले ३९६ मत ल्याएका छन् ।

वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्रका गोपी कँडेल ३४२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रत्नबहादुर खड्काले ३३७ मत ल्याएका छन् । वडा नम्बर १८ मा कांग्रेसका तिलबहादुर चितौरे ६५२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मंगोल नेशनल अर्गनाइजेसनका चुमानसिंह चितौरे मगरले ३७६ मत ल्याएका छन् ।

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला