कमरेड प्रचण्डलाई प्रेम रिमालकाे खुलापत्र



कमरेड प्रचण्ड अभिवादन !

यहाँले बाेलेका कुराहरू यहाँकै फेसबुकबाट लाइभ गरेकाे पनि सुनेकाे छु । तपाईले हामी सत्तामा गएपछि बिग्रेका छाैं, सुटेटबुटेट बनेका छाैं, सांस्कृतिक विचलन देखिएकाे छ, कम्युनिष्ट अाचरणबाट स्खलित हुँदै छाैँ अादि अादि ! गम्भीर खालका कुराहरू व्यक्त गर्नुहुन्छ । यसकाे अर्थ के हाेइन हाेला कि सुन्ने जनता सुध्रेपछि कार्यकर्ता र नेता राम्रा हुन्छन् ।
धनगढी विमानस्थलमा हाे क्यारे यहाँलाई स्वागत गर्नका लागि फूलमाला अनि एउटा गाउँका अामाहरूलाई चाेलाे नै पुग्लाजति ढाका च्यातेर धजा बाेकेर बसेका शुद्ध कम्युनिष्टहरूकाे लस्कर देख्दा पञ्चर्यालीमा राजाहरूलाई रिजाउनका लागि राज्यकाे ढुकुटी खर्चेर जबर्जस्ती मान्छेहरूलाई दुईलाइनमा उभ्याउने लाउके पञ्चेहरूलाई सम्झेँ ।
मैले त्याे लस्करकाे फूलमाला र ढाकाकाे टालाेले तपाईमाथि लाेभीपापीका स्वार्थकाे ऋण कति थपिदिएकाे छ अड्कल गर्न सकेकाे छैन ।
के तपाईंले मेरालागि कुनै फूलमाला र खादा बाेकेर नअाउनु हाेला भन्दिन मिल्दैन ? एयर पाेर्टमा मलाई स्वागत गर्न जुन सङ्ख्यामा मान्छेकाे उपस्थिति देखिन्छ यसले एयरपाेर्टकाे सुरक्षा व्यवस्था अस्तव्यस्त बन्छ, अरू यात्री दाजुभाइले बढी नै घञ्चमञ्च व्यहाेर्नुपर्छ, एयरपाेर्टकाे सरसफाइमा नकारात्मक असर पर्छ, ट्राफिक व्यवस्थापनमा झनै समस्या अाउँछ । त्यसैले सुरक्षाकर्मीकाे एउटा सवारी साधन र कार्यक्रम अायाेजककाे एउटा प्रतिनिधि र पार्टीकाे प्रतिनिधि एक जनामात्र एयरपाेर्टमा अाउने जाने गर्नुहाेला भनिदिए कति छिटाे र ठूलाे सुधार हुन्याे ।
पार्टीकाे महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू तल पलेटी कसेर बसेका अनि कुनै कमिटीमा पनि नभएका काेकाे हुन् काे काे मञ्चलाई नै प्रदुषित गराउने गरी बाेलाउनुअघि नै गएर गजक्क परेर सबैभन्दा महङ्गा ठूला एनअारएनका जस्ता माेवाइल चलाउने, दर्जनाै पटक हाई गर्दै बसेका हुन्छन् ।
सुरक्षा अधिकारीहरूलाई राजनैतिक पार्टीका कार्यक्रममा अतिथिका रूपमा अासन ग्रहण गराउने कुरा पनि नमिलेकै हाेला, सुधार अावश्यक छ । सुरक्षा प्रशासनलाई सम्पूर्ण रूपले पार्टीका नेता कार्यकर्ताकाे अदवमा राख्न खाेज्नु कुनै अर्थमा पनि ठिक हाेइन । कानुनलाई जनमैत्री बनाउने अनि त्यसलाई सबैले सम्मान गर्ने र अनिवार्य पालना गर्ने संस्कृति निर्माण गराैं भनेर कमरेडले सार्वजनिक कार्यक्रम मार्फत भन्दिने हाे भनेँ यसले दिने प्रभाव सकारात्मक र दिगाे हुन्छ ।
सकेसम्म जनतासँग अाकस्मिक खालकाे भेटघाटलाई बढावा दिने हाे भनें वास्तविकतासँग भेट हुन्छ । अन्यथा प्रायाेजित भेटले वास्तविक जनतासँगकाे संवादलाई असम्भव बनाइदिन्छ । स्थानीय नेतृत्वका जघन्य खालका कमजाेरीलाईसमेत छाेप्नखाेज्ने दासहरूलाई अघिल्लाे पङ्तिमा उभ्याइएकाे हुन्छ ।
तपाईसँगका अधिकांस भेटघाटमा केही माग्नेहरूले मात्र अवसर पाएका हुन्छन् । भेटघाट मिलाउने संयन्त्रसँग याे वा त्याे कारणले जाे नजिक छ उसले मात्र भेट पाउँछ । यसमा विशेष ध्यान जानु अावश्यक छ ।
संघीय सांसद,प्रदेशका सांसद, पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूकाे कुनै याेग्यता छैन, मूल्य छैन मात्र दुई अध्यक्ष र मन्त्रीहरूले मात्र कार्यक्रमकाे उद्घाटन र समापन कार्यक्रमकाे प्रमुख अतिथि बन्ने हाे भन्ने अर्थ दिने संस्कृति बनेकाे छ । याे पनि यहाँहरूलाई अन्ततः एक खालकाे श्रीपेच लगाइदिने तयारी हाे । याे षड्यञ्त्रबाट बच्न अावश्यक छ ।
अब प्रचण्डकाे सचिवालयमा पार्टीकाे नीति र कार्यक्रम, सरकारका प्राथमिकता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय शक्ति र व्यक्तिहरूकाे भूमिका अादिका विषयमा मिडियामार्फत सार्वजनिक हुनसक्ने जिम्मेवार जनशक्तिकाे व्यवस्था हुनुअावश्यक छ । अब फाेन बाेक्ने, उठाउने र राख्ने याेग्यताले प्रचण्ड सचिवालय चल्दैन ।
अब एकपटक मन्त्रीमण्डल पुनर्गठनकाे काम अावश्यक छ । मन्त्रालय धान्नै नसक्ने मान्छेहरूलाई पनि कसैलाई खुसी नै पार्नका लागि मन्त्री बनाइरहने हाे भने हाम्राे पार्टीकाे छवि बर्वाद हुने देखिन्छ ।
त्यसैले पालाे पुर्याउने हाेइन हाम्रा मन्त्रीहरूकाे सक्षमताका कारणले जनताले पाउनुपर्ने सेवासुविधाकाे स्तर बढाउन सकियाे भने नेकपाले बाहेक अर्काे कुनै दलले अाउँदा चुनावमा जित्ने र सरकार चलाउने पालाे नै पाउने छैनन् ।
किन मेलम्चीकाे पानी अाएन ? अाउँछ भनेकाे मैले पनि सुनेकाे हुँ तर अाएन किन वा अाउन नदिइएकाे हाे भन्नेहरूलाई कामले जवाफ दिन किन सकिएन ? खै बाटाघाटा बनेका ? खै पुलहरू थपिएका ? खै विश्वविद्यालयहरूकाे रङ फेरिएकाे ? खै अस्पतालहरूकाे स्तर वृद्धि गरिएकाे ?
केन्द्रीय कमिटीका नेताहरूलाई राष्ट्रिय गाैरबका अायाेजना निर्माणमा ढिलाइहुन नदिनका लागि विषय र रुचि मिलाएर स्वयम्सेवीकाे रूपमा प्राविधिकहरूलाई काममा असहयाेग गर्ने हाेइन बरू थप सजिलाे बनाउने किसिमले अनुगमनमा खटाउने दिशातिर ध्यान दिइयाेस् ।
पार्टीका सबैजसाे कमिटीकाे एकीकरण गर्ने र जनवर्गीय सङ्गठनहरूकाे एकता प्रकृयालाई तलैसम्म नपुर्याएसम्म सचिवालयका कमरेडहरू अरू काममा नलाग्ने दृढ शङ्कल्प अावश्यक छ ।

पार्टीका कार्यक्रमहरू
केन्द्रीयस्तरका कार्यक्रमकाे प्रमुख अतिथि : अध्यक्षमध्येबाट
प्रदेश स्तरीय पार्टीका कार्यक्रमकाे प्रमुख अतिथि : सचिवालयका सदस्य मध्येबाट
जिल्लास्तरका कार्यक्रमकाे प्रमुख अतिथि : स्थायी कमिटीबाट
निर्वाचन क्षेत्रस्तरका कार्यक्रमकाे प्रमुख अतिथि : केन्द्रीय सदस्यबाट
पार्टीका कार्यक्रम बाहेकका कार्यक्रममा
सङ्घीय मन्त्रीपरिषबाट
सांसदहरूबाट
प्रदेशसरकारका मन्त्रीहरूबाट
प्रदेश सांसदहरूबाट
स्थानीय तह प्रमुखहरूबाट
यसाे गर्नसके सबै प्रतिभाहरूकाे सक्रियता बढ्छ, नेतृत्वलाई अाफ्ना नेता कार्यकर्ताकाे क्षमताकाे ज्ञान हुन्छ र नेतृत्वकाे विकास सामुहिक रूपले हुँदै जान्छ ।
नेपाल कम्युनिष्ट पार्टीकाे सरकारले उठाएकाे समृद्ध नेपाल सुखी नेपालीकाे नारालाई मूर्तरूप दिनका लागि कमरेड प्रचण्डकाे भूमिका महत्वपूर्ण हुन्छ । कमरेड केपीले सम्पूर्ण रूपले सरकार चलाउने अनि कमरेड प्रचण्डले पार्टीलाई सम्पूर्ण रूपले चुस्तदुरूस्त राख्न नेताहरूकाे क्षमता, आवश्यकता र याेगदानका अाधारमा व्यवस्थापन गर्ने अभियान चलाउनुपर्ने देखिन्छ ।
अब ३५ देखि ४५ वर्षकाे उमेरसमुहबाट ३० प्रतिशत, त्यसमाथिदेखि ६० सम्मबाट ५० प्रतिशत र साेभन्दामाथिबाट २० प्रतिशत रहनेगरी सरकारमा पठाउने र पार्टीकाे केन्द्रीय समितामा ७५ वर्षपछि रहन नपाउने अभ्यास अारम्भ गर्न जरूरी छ । (
फेसबुकबाट)

Comments

Popular posts from this blog

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

मखमली मोहनी

कलिलो कोपिला