Posts

सहर नबुझ्नेहरु मेयर छन् हामीकहाँ : गनेस पौडेल

Image
 –सूर्यप्रकाश कँडेल पहेँलो ट्राउजर, पहेँलै स्वीटर । स्वीटरमाथि खरानी रङको ओभरकोट । ओभरकोटभित्र गलामा रातो गलबन्दी । तालुबाट आधाआधी कपाल गायब छ । झुस्स दारी, ओँठमा मुस्कान । यही हुलियामा शनिबार बिहान भेटिए ‘अटेरी’ गनेस पौडेल । पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेर चर्चामा रहेका यी ‘अटेरी’ सँग भलाकुसारी गर्ने अवसर मिल्यो सम्पूर्ण किताब नारायणगढमा । ‘पीत वस्त्र प्रिय वस्त्र । घुम्न रुचाउँछु । राजनीतिक दलमा आवद्धता छैन । सामाजिक अभियन्ता हूँ । लेखक पनि हूँ । खासमा किसान हूँ । फार्म हाउस छ’ कुराकानीको सुरुवात यसरी नै गरे उनले । फेसबुकबाट पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेस (उनको नाम गनेस हो, गणेश होइन) ले फेसबुकमै ‘आउनुहोस् केही त गरौँ । अति भो, अटेर गरौँ । अटेरी युवा अभियान’ उल्लेखित फोटोलाई कभर फोटो बनाएका छन् । सोधेँ, ‘अटेरी युवा अभियान किन ?’ गम्दै गनेसले भने, ‘नेपालमा राजनीतिक अकर्मण्यता बढेर गयो । नेपालका ठूला राजनीतिक दलहरुले देशका समस्यालाई आफ्नो शक्ति सञ्चयनको माध्यम बनाउँदा रहेछन् । समस्या पनि आफैँले उत्पादन गर्ने अनि त्यही समस्यालाई देखाएर सत्ताको समीकरण...

२५ वर्षअघिको त्यो ‘मौन प्रेम’

Image
 – सूर्यप्रकाश कँडेल अहिले जस्तो समय भए शायद यो जोडी पनि डेटिङ जान्थ्यो होला । पप कर्न हातमा लिएर सिनेमा हलको अँध्यारोमा एकअर्कामा टाँसिन्थ्यो होला । म्यासेन्जरमा रातभर च्याट गथ्र्यो होला । च्याटमात्र किन ? भिडियो च्याट नै गथ्र्यो होला । मोबाइलमा घण्टौँसम्म गफिन्थ्यो होला । तर २५ वर्षअघि यी सबै कुरा अकल्पनीय थिए । ल्याण्डलाइन टेलिफोन सेटसम्म उपलब्ध थियो प्रेमीहरुलाई कुराकानीको भोक मेटाउन त्यतिबेला । त्यही टेलिफोन सेट पनि सबैलाई कहाँ उपलब्ध हुन्थ्यो र ? कसैकसैका घरमा मात्र हुन्थे टेलिफोन सेट अनि हुन्थे केही पसलमा । यही टेलिफोनले साथ दियो यो जोडीलाई । यो जोडी अर्थात् नेत्र र बिनिताको जोडी । प्रत्यक्ष भेट हुँदा यी दुवै प्रेमका कुरा गर्दैनथे । कुराकानी त गर्थे तर ती प्रेमिल भावका हुँदैनथे । दिनहुँजसो भेट हुन्थ्यो दुवैको, तर दुवैले एकअर्कालाई प्रेमीप्रमिकाको नजरले हेर्दैनथे । कहिलेकाहीँ त जथाभावी फोहर गरेको विषयमा यिनीहरुबीच चर्काचर्की पनि पथ्र्यो । एउटै छानोमुनि थिए दुवै । बिनिता घरबेटीकी कान्छी छोरी थिइन् । नेत्र थिए डेरामा बस्ने विद्यार्थी । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आइएस्स...

"मान्छेको लापरबाहीका कारण वन्यजन्तुले ज्यान गुमाउनु पर्ने घटना भविष्यमा कतै नहोस्"

Image
चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा म¥यो । नाली निर्माण गर्न प्रयोग गरिएको रड गैँडाको पेटमा छिरेपछि खाडलबाट बाहिर निस्कन नसकेर १२ वर्षको भाले गैँडा मरेको थियो । मृत गैँडालाई एक्साभेटरको सहायताले खाडलबाट निकालिएको छ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको निकुञ्जले जनाएको छ ।  वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गर्दा दुर्लभ वन्यजन्तु गैँडाको ज्यान गएको छ । सडकले निर्माणपूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरिकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ । तर त्यस्तो अनुमति नलिई, सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी काम गराउँदा गैंडा मरेको छ ।  गैँडा मृत्यु प्रकरणले संरक्षण क्षेत्रमा गहिरो चिन्ता र चासो सिर्जना गरेको छ । वन क्षेत्रमा नाली किन आवश्यक प¥यो ? शहरी क्षेत्रको पानी वन क्षेत्रम...

अंग्रेजी वर्षान्तमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’

Image
  - सूर्यप्रकाश कँडेल वरिष्ठ गायक दीप श्रेष्ठको नाम लिनेबित्तिकै संगीतप्रेमीहरुको मस्तिष्कमा दुई वटा कुरा एकैचोटि आउँछन् । पहिलो, चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा बसेका निर्णायक दीप श्रेष्ठ । दोस्रो, गायक श्रेष्ठले आफै संगीतवद्ध गरी गाएको बहुचर्चित गीत, हर रात सपनीमा ऐँठन हुन्छ... ।  अंग्रेजी वर्ष २०२१ को अन्तिम रात ३१ डिसेम्बरमा उनै गायक दीप श्रेष्ठको एकल साँझ ‘दीप श्रेष्ठ म्युजिकल नाइट २०२१’ आयोजना हुँदैछ । यो कार्यक्रममा गायक श्रेष्ठले हर रात सपनीमा... सँगै डेढ दर्जन गीत गाउने छन् । करिब दुई घण्टा निरन्तर गीत गाउने तयारीमा उनी जुटेका छन् । यसको चाँजोपाँजो मिलाएको छ भरतपुर–६, देवनगरमा रहेको लेक ट्वेन्टी थाउजेण्ड (एलटिके) फार्म एण्ड रिट्रिटले । संगीताञ्जली नाम दिइएको सांगीतिक कार्यक्रममा बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमबारे जानकारी दिन एलटिके फार्ममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक दीप श्रेष्ठ पनि उपस्थित थिए । पत्रकारमाझ उनले भने, ‘मैले गाउने अधिकांश गीत नाच्ने खालका हुँदैनन् । यसपटक दर्शक नचाउने ए...

भविष्यमा यस्तो कतै नहोस्

Image
  भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशनले हात झिकेपछि निर्माणाधीन रंगशालाको भविष्य नै अन्यौलमा परेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गर्दै आफ्नो गम्भीर दायित्वबाट उम्कन खोजेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ । सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा भने निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो । २०७५ साल माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई रंगशाला निर्माणको काम अघि बढाइएको थियो । रंगशाला न...

किन तनावमा छन् प्रचण्ड ?

Image
          सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रायः तनावमै देखिन्छन् । कहिले सत्ता गठबन्धनको तनाव त कहिले आगामी निर्वाचनको पिरलो । त्यसमाथि नेकपा (एमाले) को दशौँ महाधिवेशन प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ सम्पन्न भयो । एमाले महाधिवेशन उद्घाटनमा देशभरबाट लाखौँ नेता तथा कार्यकर्ता चितवनमा ओइरिए । यसले पनि प्रचण्डको टाउको दुखाएको छ । एमालेको तामझामले प्रचण्ड आत्तिएको पाइयो । उनको त्यो छटपटीको अभिव्यक्ति हो, उनले एमाले महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिनु । पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन शनिबार चितवनमा उद्घाटन गर्दै  प्रचण्डले जुन अभिव्यक्ति दिए, त्यसभित्र प्रचण्डको छटपटी र पिरलो प्रष्टरुपले बाहिरिएको छ । ‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ । पञ्च¥याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन । यसैगरि लाखौंलाख मान्छे उतारेको पञ्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँ...

कोरोना कहर : भयावह दोस्रो लहर

Image
- सूर्यप्रकाश कँडेल / देशका ७० भन्दा बढी जिल्लामा यतिबेला निषेधाज्ञा जारी छ । पोहोर साल यतिबेला देशैभर बन्दाबन्दी (लकडाउन) थियो । विश्वलाई नै चपेटामा पारेको कोरोना भाइरस (कोभिड १९) महामारीको कारण हामीहरुले पोहोर साल बन्दाबन्दी भोग्यौँ । यो वर्षारम्भमै निषेधाज्ञा भोग्नु परेको छ । पोहोर कोरोनाको पहिलो लहर थियो । यसपालि कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।  कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले धेरै जनाको ज्यान लिएको छ । संक्रमण दर नपत्याउँदो पाराले बढिरहेको छ । पोहोर साल हामीले अचम्म मानेर खबर सुन्ने गरेका देश इटाली, फ्रान्स, अमेरिकाको नियति यसपालि भारतसँगै नेपालले भोगिरहेका छन् । अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । उपचार नपाएर मानिसहरु मृत्युको मुखमा पुग्न थालेका छन् । कोरोनाको कारण आइपरेको त्रासदीपूर्ण यो समयमा संयमता जरुरी छ । सरकारले पनि अक्सिजनकै अभावमा नागरिकको ज्यान जान नपाओस् भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।  कोरोना संक्रमण फैलिन नदिनु नै अहिलेको अवस्थामा अल्पविराम लगाउने एकमात्र उपाय हो । अघिल्लो वर्ष आजको दिन अर्थात् जेठ ३ गतेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्म...