Posts

कोरोना कहर : भयावह दोस्रो लहर

Image
- सूर्यप्रकाश कँडेल / देशका ७० भन्दा बढी जिल्लामा यतिबेला निषेधाज्ञा जारी छ । पोहोर साल यतिबेला देशैभर बन्दाबन्दी (लकडाउन) थियो । विश्वलाई नै चपेटामा पारेको कोरोना भाइरस (कोभिड १९) महामारीको कारण हामीहरुले पोहोर साल बन्दाबन्दी भोग्यौँ । यो वर्षारम्भमै निषेधाज्ञा भोग्नु परेको छ । पोहोर कोरोनाको पहिलो लहर थियो । यसपालि कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।  कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले धेरै जनाको ज्यान लिएको छ । संक्रमण दर नपत्याउँदो पाराले बढिरहेको छ । पोहोर साल हामीले अचम्म मानेर खबर सुन्ने गरेका देश इटाली, फ्रान्स, अमेरिकाको नियति यसपालि भारतसँगै नेपालले भोगिरहेका छन् । अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । उपचार नपाएर मानिसहरु मृत्युको मुखमा पुग्न थालेका छन् । कोरोनाको कारण आइपरेको त्रासदीपूर्ण यो समयमा संयमता जरुरी छ । सरकारले पनि अक्सिजनकै अभावमा नागरिकको ज्यान जान नपाओस् भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।  कोरोना संक्रमण फैलिन नदिनु नै अहिलेको अवस्थामा अल्पविराम लगाउने एकमात्र उपाय हो । अघिल्लो वर्ष आजको दिन अर्थात् जेठ ३ गतेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्म...

ट्राफिक नियम हाम्रै सुरक्षाको लागि

Image
- सूर्यप्रकाश कँडेल सडकमा ट्राफिक नबस्ने हो भने इमानदार भएर ट्राफिक नियम पालना गर्ने कति होलान् ? चोकचोकमा ट्राफिक देख्दा पनि सवारीचालकहरु ट्राफिक नियम उल्लंघन गर्न खोज्छन् । मोटरसाइकलमा तीन जना सवार हुनु, माइक्रोबस, म्याजिक, मिनीबस र ठूला बसमा सिट क्षमताभन्दा बढी यात्रु ओसार्नु सधैँजसो देखिने ट्राफिक नियम उल्लंघनका घटना हुन् । युवा उमेरका मोटरसाइकल चालकले त सवारीमा केही परिवर्तन (मोडिफाई) गरेर चलाउने गरेको समेत पाइन्छ । सडकमा लेन अनुशासन पालना नगर्नु, मदिरा पिएर सवारी चलाउनु, धेरै भार बोकेर मालसामान ओसारपसार गर्नु, तीब्र गतिमा सवारी हाँक्नु पनि ट्राफिक नियमको उल्लंघन नै हो । सडक छेउमा जथाभावी पार्किङ गर्ने समस्या पुरानै हो । अझ नो पार्किङमा समेत सवारी पार्किङ भएको देख्न पाइन्छ । यी सबै कुरालाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले नियम पालना गराउँछन् । केही सवारी चालक भने ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गर्न खोज्छन् । साना हुन् वा ठूला सबैखाले सवारी चलाउनेले ट्राफिक नियम पालना नगर्ने हो भने सडक दुर्घटनाको संख्या घट्न सक्दैन । सडकमा सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्नु भनेको सवा...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा देखियो आर्थिक संकट

Image
 – सूर्यप्रकाश कँडेल भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग जुटाई निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा चरम आर्थिक संकट देखापरेको छ । करिब एक वर्ष कोरोना कहरको कारण आर्थिक संकलन र निर्माण कार्य प्रभावित बन्यो । अझै पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ ।  आर्थिक संकलनका लागि फाउण्डेसनले सोमबार काठमाडौँमा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान घोषणा गरेको छ । यस अभियान अन्तर्गत व्यक्ति, संस्था र समूहले आफ्नो, परिवारको र संस्थाको नाम कुर्सीमा लेखाउन सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने छ ।  फाउण्डेसनले एक महिनाभित्रै मोबाइल एप्स, फेसबुक र अन्य संचारमाध्यममार्फत कुर्सीमा नाम लेख्नका लागि रकम भुक्तानी लगायतका प्रकृया सार्वजनिक गरिने जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब रुपैयाँ संकलन हुने फाउण्डेशनको अपेक्षा छ । उठेन धान्यान्चलको रकम रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्न गत वर्ष आयोजना गरिएको धान्यान्चलमा बोलिएको ६९ करोडमध्ये १० करोड पनि उठ...

प्रधानमन्त्री ओलीको बोली

Image
- सूर्यप्रकाश कँडेल प्रधानमन्त्री केपी शर्मा ओली उनको बोलीका लागि चर्चित छन् । आफ्ना भाषणहरुमा विरोधीलाई भित्तामा पु¥याउने शैलीमा उनको बोली निस्कन्छ । उनकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको निर्णय फागुन ११ गते सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । यस घटनाले प्रधानमन्त्री ओलीलाई कुनै फरक पारेको छैन । दुई वर्ष अवधि बाँकी छँदै संसद विघटन गरेका प्रधानमन्त्री ओलीले नैतिकता देखाएर राजीनामा दिन्छन् कि भन्ने झिनो आशा पनि मेटिएको छ । संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने पक्कापक्की भएको वर्तमान अवस्थामा पनि प्रधानमन्त्री ओली भने कमजोर देखिएका छैनन् । उनले ताकत भए आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन खुल्ला चुनौती दिएका छन् । गृहजिल्ला झापामा आइतबार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोध गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता (प्रचण्ड माधव समूहका अध्यक्ष) लाई ‘झुसेबारुला’ भन्दै यस्तो खुल्ला चुनौती दिएका हुन् । झापामा कुर्लंदै भाषण गरेका प्रधानमन्त्री ओलीको बोली यस्तो ...

यो जित कसको ? लोकतन्त्रको

Image
 - सूर्यप्रकाश कँडेल हो, सर्वोच्च अदालतले मंगलबार ऐतिहासिक फैसला गर्दै लोकतन्त्रलाई हार्नबाट जोगाएको छ । निरंकुशतन्त्रको बुटमुनि कुल्चिएर मर्नबाट जोगाएको छ । लोकतन्त्रको यो जितमा देशवासी खुसी भएका छन् । खुसी साटासाट गर्दै दीपावली गरेका छन् । आफ्नै पार्टीभित्रको किचलो बढ्दै जाँदा सत्ताबाट बाहिरिनु पर्ने डरले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसलाई आँखा चिम्लेर राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपनि प्रधानमन्त्री ओलीको कदम गलत प्रमाणित गर्दै सर्वोच्च अदालतले बदर गरेपछि लोकतन्त्रले जितेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईपछि सर्वोच्च अदालतले संविधानको भावना र मर्मअनुसारको फैसला दिएको छ । सर्वोच्च अदालत सारा नेपालीहरुको धन्यवादको भागी बनेको छ । कार्यपालिकाबाट व्यवस्थापिकामाथि भएको हमला निस्तेज पारेर न्यायालयले आफ्नो साख जोगाएको छ । नियम, कानुन, ऐन, संविधान सबै मिच्न उद्दत देखिएका प्रधानमन्त्री ओलीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि जनता समाजवादी पार्टी...

न्यायपालिकामाथि कार्यपालिकाको धम्की ?

Image
- सूर्यप्रकाश कँडेल लोकतन्त्र ओदानजस्तै छ । ओदानका तीन खुट्टाजस्तै लोकतन्त्रका पनि तीन वटा खम्बा छन् । न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका लोकतन्त्रका तीन खम्बा हुन् । न्यायपालिका भनेको अदालत हो । नेपालको सर्वोच्च अदालतमा यतिबेला संसद विघटन विरुद्धका रिटमाथि सुनुवाई सकिएर फैसलाको तयारी भइरहेको छ । व्यवस्थापिका भनेको संसद हो । कार्यपालिका भनेको सरकार हो । हामीकहाँ अहिले कार्यपालिकाले व्यवस्थापिकामाथि हमला गरेको छ । अर्को शब्दमा भन्दा आफू सत्ताबाट बहिगर्मन हुनु पर्ने त्रासमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरेका छन् । यो व्यवस्थापिकामाथि मात्र नभई लोकतन्त्रमाथिकै हमला हो । लोकतन्त्रको एउटा बलियो खम्बा कार्यपालिकालाई ठनक्कै भाँचेका प्रधानमन्त्री ओलीले पछिल्लो समय न्यायालयमाथि समेत हमला गरेका छन् । दुई दिनअघि विराटनगरमा आयोजित सभामा उनले दिएको अभिव्यक्ति स्वतन्त्र न्यायपालिकामाथिको हमला नै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा उनको दलले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा घुमाउरो पारामा सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला ग¥यो भने...

त्यो साउन १०, यो माघ २१

Image
 – सूर्यप्रकाश कँडेल मानिसहरु केही वर्षपछि कुनै घटना चटक्कै बिर्सन्छन् । तर केही घटना यस्ता हुन्छन्, जसलाई लामो कालखण्डसम्म बिर्सन सकिँदैन । अढाई वर्षअघि कञ्चनपुर जिल्लामा भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना त्यस्तै बिर्सन नसकिने घटना हो । घटना भएको अढाई वर्ष बितिसक्दा पनि निर्मला पन्तको परिवारले न्याय पाउन सकेको छैन । निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधी खुला आकासमुनि कतै घुमिरहेको होला, अनि हाम्रो समाज, सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि अट्टहास गरिरहेको होला । साथी भेट्न भनी साइकलमा २०७५ साल साउन १० गते दिउँसो घरबाट निस्किएकी निर्मला पन्त त्यस दिन घर फर्किइनन् । भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा उनको शव घरदेखि केही पर उखुबारीमा भेटियो । उनकोे बलात्कार र हत्या गर्ने अपराधी भने अहिलेसम्म भेटिएका छैनन् । अढाई वर्षपछि बैतडीकी एक किशोरीले निर्मला पन्तकै नियति भोग्नु परेको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७, चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहान खाना खाएर विद्यालय गइन्, तर साँझसम्म घर फर्किनन् । दोगडाकेदार गाउँपालिका ३ स्थित सनात...