Posts

पुराना वामपन्थी नेता मास्के भन्नुहुन्छ, जनवादपछि समाजवाद र साम्यवाद

Image
चितवनका पुराना वमपन्थी नेता सूर्यबहादुर मास्के कम्युनिष्ट बन्नु भएको ६५ वर्ष भयो । ८३ वर्षीय मास्केले १८ वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौंमा कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको हो । त्यतिबेलाको सिंगो कम्युनिष्ट पार्टी समयक्रममा चिराचिरा भएको देख्दा उहाँको मन पनि टुक्रिएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुराले निकै हर्षित मास्के भन्नुहुन्छ, ‘अब नेपालका सबै कम्युनिष्ट पार्टी एक हुनुपर्छ ।’ २०१२ सालमा पद्मोदय हाइस्कुल काठमाडौंमा विद्यार्थी युनियनको अध्यक्ष रहनु भएका मास्केले २०१३ सालमा शिक्षक तालिम लिएपछि गोरखामा पढाउन थाल्नुभयो । काठमाडौंबाट सुरु गरेको वामपन्थी राजनीति उहाँले पुख्र्यौली थलो गोरखामा छाड्ने कुरै भएन । जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउने काममा लाग्नु भएका मास्केलाई एमाले र माओवादी केन्द्रमात्र नभई नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता भएको हेर्ने इच्छा छ । ‘नेपाल कम्युनिष्ट पार्टीले बम राख्यो रे, बिस्फोट गरायो रे भन्ने सुन्नु नपरोस्’ रोगले थलिएर ओछ्यान पर्नु भएका उहाँले कुराकानीका क्रममा भ...

पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह

Image
उमेरको सन्दर्भमा ‘नब्बे, हब्बे न कब्बे’ भन्ने गरिन्छ, तर पुराना वामपन्थी नेता ९२ वर्षीय खम्बासिंह कुँवरलाई भेटेपछि यो भनाइ मिथ्या साबित हुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर दसमा रहेको खम्बासिंह बस्दै आउनु भएको कोठामा पुग्दा बुधबार दिउँसो उहाँ नेपाल टेलिभिजनबाट प्रसारित संघीय संसदको प्रत्यक्ष प्रसारण हेरिरहनु भएको थियो । नेपाली राजनीतिबारे अहिले पनि टाठो बहस गर्नुहुने कुँवरलाई भेट्दा उहाँलाई मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या छन् भन्ने पत्याउनै कठिन हुन्छ । तत्कालीन नेकपा माओवादी, बीचमा एकीकृत नेकपा माओवादी र पछिल्लो समयमा नेकपा माओवादी केन्द्रहुँदै एक सातायता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली राजनीतिको नायक मान्ने हो भने प्रचण्डका निर्देशक हुनुहुन्छ खम्बासिंह कुँवर अडिग । ‘एमालेसँग जसरी पनि एकता गर्नुपर्छ भनेर मैले प्रचण्डजीलाई सल्लाह दिएको थिएँ’ पार्टी एकताप्रति खुसी प्रकट गर्दै कुँवरले भन्नुभयो, ‘वाम एकता हुनु अति आवश्यक थियो । यो एकता नेपालको लागिमात्र नभएर विश्वकै लागि राम्रो काम भयो ।’ नेपाल कम्युनिष्ट पार्टीको वर...

पोल्ट्री एक्स्पो उद्घाटनमा उपराष्ट्रपति पुन

Image
उपराष्ट्रपति नन्दबहादुर पुनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन दल र जनतालाई आह्वान गरेका छन् । नेपाल पोल्ट्री महासंघ लगायतका संघसंस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको शुक्रबार भरतपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् । निर्वाच नलाई सफल बनाउने कार्यमा जुट्न सबै दल र जनतालाई आह्वान गर्दछु, उपराष्ट्रपति पुनले भने, सौहाद्रपूर्ण र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु । दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता उत्साहपूर्ण वातावरणमा भइसकेको छ । राजनीतिक दलका नेता र कार्यकर्ता आआफ्ना दलका एजेण्डा लिएर जनताबीच पुगिरहेका छन् । उपराष्ट्रपति पुनले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । निर्वाचनमा निर्णायक शक्ति भनेको मतदाता नै भएको बताउँदै उनले मतदान कार्यमा सहभागी भई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे । विगतमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका गतिशील नेतृत्व यो जिल्लाले पाउने...

गोडा गुम्यो, गैँडा नगुमोस्

Image
नवलपरासीको एउटा सुन्दर गाउँ अमलटारी । चार वर्षयता यो गाउँ होमस्टेका लागि प्रख्यात छ । यहाँ सामुहिकरुपमा सञ्चालित अमलटारी मध्यवर्ती होमस्टे अन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो ।  २९ वर्षअघि खेतमा धान खान आएको गैँडा धपाउने क्रममा गैँडाको आक्रमणबाट आफ्नो दाहिने गोडा गुमाएका महतो भन्छन्, मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैँडा नगुमोस् । दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारीवासी होमस्टे सञ्चालनसँगै वन र वन्यजन्तु संरक्षणमा लागेका छन् । गाउँनजिकै रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षणसँगै अहिले यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान सुरक्षित बनेको छ । होमस्टेमा बास बस्न आउने पर्यटकले जीप सफारीमा एकैदिन दर्जन गैँडा देखेका छन् । संरक्षणलाई आयआर्जनमा जोड्न सफल अमलटारीवासीमा पर्यावरण र पर्यटकका लागि गैँडा जोगाउनु पर्छ भन्ने चेतना जागृत भएको छ । त्यसैले त तीस वर्षको युवा उमेरमा धानखेतमा गैँडाको आक्रमणमा परेपछि बैशाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, ‘हाम्रो पाहुनाला...

खाग जलेर खरानी

Image
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा यसको खागका लागि चोरीशिकारको निशानामा पर्न छाडेको छैन । दक्षिण एसियामा नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैँडाको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा जेठ ८ गते गैँडाको तीन सय ५७ वटा खाग जलाएर नष्ट गरिएको छ । जेठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मरिसकेका वन्यजन्तुको अंग (आखेटोपहार) नष्ट गर्ने भन्ने निर्णय गरे अनुसार गैँडाको खाग, छाला, बाघको छाला, हड्डी लगायतका आखेटोपहार जलाएर नष्ट गरिएको हो ।  आखेटोपहार जलाउन इँट, माटो, फलामको डण्डी र पाता प्रयोग गरी भट्टी निर्माण गरिएको थियो । कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला सल्काएर नष्ट गरिएको छ । आगो लगाएर नष्ट गरिएका आखेटोपहारमा गैँडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ वटा, चितुवाको छाला चार सय १८ वटा, ध्वाँसेचितुवाको छाला दुई वटा, हिउँचितुवाको छाला एक वटा, कस्तुरीको बीना ३४ वटा, हाब्रेको छाला ४७ वटा, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरको रौँ तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, ज...

बुङ्‍बुङ्‍ती धुलोभित्र यात्रा

Image
राजधानी काठमाडौँको लाइफलाइन नारायणगढ मुग्लिन सडकखण्डको यात्रा कष्टकर बन्दै गएको दुर्इ वर्ष भयो । दैनिक दुर्इ हजारभन्दा बढी सवारी साधन गुड्‍ने यो सडकमा अहिले बुङ्‍बुङ्‍ती धुलोभित्र निसास्सिएर यात्रा गर्नु पर्छ । सडक किनारमा राखिएका बालुवा, गिटी, सिमेण्टलगायतका निर्माण सामग्री धुलो उत्पादन गर्ने कारखाना बनेका छन् । निर्माण सामग्री बोकेर सडकमा ओहोरदोहोर गर्ने एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, रोडरोलर र टि्रपरले धुलोको धुनीमा तेल थप्छन् । सवारी चालकदेखि यात्रुसम्म सबैले धुलो र कष्ट सहँदै धुलेबाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो अवस्था आगामी वर्षसम्म कायमै रहने देखिन्छ ।  नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडकमध्ये आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलार्इ चौडा बनाउने काम सुरु गरेपछि मुग्लिनको बाटोमा यात्रा कष्टकर बन्दै गएको हो ।नारायण्ागढहुँदै काठमाडौँ र पोखरा जाने वा त्यताबाट नारायणगढ आउने सबैजसो यात्रुले दिनहुँ सास्ती खेप्नु परिरहेको छ । दिउँसो साढे चार घण्टासम्म यातायात अवरुद्ध हुने हुँदा अहिले धेरैजसोले रात्रिबसमा यात्रा गर्न थालेका छन्‍ । अत्यावश्यक काम पर्नेहरुले...

कन्दरामा कुराकानी

Image
चितवनको विकट पहाडी गाविस सिद्धिमा मोबाइल फोनबाट आफन्तसँग कुराकानी गर्दै एक वृद्ध । तस्बिर ः सूर्यप्रकाश कँडेल