Posts

गोडा गुम्यो, गैँडा नगुमोस्

Image
नवलपरासीको एउटा सुन्दर गाउँ अमलटारी । चार वर्षयता यो गाउँ होमस्टेका लागि प्रख्यात छ । यहाँ सामुहिकरुपमा सञ्चालित अमलटारी मध्यवर्ती होमस्टे अन्तर्गतको १३ नम्बर घरका सञ्चालक हुन् ५९ वर्षीय शोभाराम महतो ।  २९ वर्षअघि खेतमा धान खान आएको गैँडा धपाउने क्रममा गैँडाको आक्रमणबाट आफ्नो दाहिने गोडा गुमाएका महतो भन्छन्, मेरो शरीरबाट गोडा गुम्यो, वनबाट गैँडा नगुमोस् । दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारीवासी होमस्टे सञ्चालनसँगै वन र वन्यजन्तु संरक्षणमा लागेका छन् । गाउँनजिकै रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षणसँगै अहिले यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान सुरक्षित बनेको छ । होमस्टेमा बास बस्न आउने पर्यटकले जीप सफारीमा एकैदिन दर्जन गैँडा देखेका छन् । संरक्षणलाई आयआर्जनमा जोड्न सफल अमलटारीवासीमा पर्यावरण र पर्यटकका लागि गैँडा जोगाउनु पर्छ भन्ने चेतना जागृत भएको छ । त्यसैले त तीस वर्षको युवा उमेरमा धानखेतमा गैँडाको आक्रमणमा परेपछि बैशाखीको सहारामा हिँडडुल गर्दै आएका महतो भन्छन्, ‘हाम्रो पाहुनाला...

खाग जलेर खरानी

Image
दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा यसको खागका लागि चोरीशिकारको निशानामा पर्न छाडेको छैन । दक्षिण एसियामा नेपाल र भारतमा मात्रै पाइने एकसिंगे गैँडाको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा जेठ ८ गते गैँडाको तीन सय ५७ वटा खाग जलाएर नष्ट गरिएको छ । जेठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले मरिसकेका वन्यजन्तुको अंग (आखेटोपहार) नष्ट गर्ने भन्ने निर्णय गरे अनुसार गैँडाको खाग, छाला, बाघको छाला, हड्डी लगायतका आखेटोपहार जलाएर नष्ट गरिएको हो ।  आखेटोपहार जलाउन इँट, माटो, फलामको डण्डी र पाता प्रयोग गरी भट्टी निर्माण गरिएको थियो । कसरास्थित श्रीजंग गणको खेलमैदानमा १५ मिटर लामो, पाँच मिटर चौडा र एक मिटर अग्लो भट्टीमा आखेटोपहार जम्मा गरी दाउरा र कोइला सल्काएर नष्ट गरिएको छ । आगो लगाएर नष्ट गरिएका आखेटोपहारमा गैँडाको खाग तीन सय ५७ वटा, बाघको छाला ६७ वटा, चितुवाको छाला चार सय १८ वटा, ध्वाँसेचितुवाको छाला दुई वटा, हिउँचितुवाको छाला एक वटा, कस्तुरीको बीना ३४ वटा, हाब्रेको छाला ४७ वटा, भालुको पित्त १५ वटा, हात्तीको पुच्छरको रौँ तीन सय ५४ वटा, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, ज...

बुङ्‍बुङ्‍ती धुलोभित्र यात्रा

Image
राजधानी काठमाडौँको लाइफलाइन नारायणगढ मुग्लिन सडकखण्डको यात्रा कष्टकर बन्दै गएको दुर्इ वर्ष भयो । दैनिक दुर्इ हजारभन्दा बढी सवारी साधन गुड्‍ने यो सडकमा अहिले बुङ्‍बुङ्‍ती धुलोभित्र निसास्सिएर यात्रा गर्नु पर्छ । सडक किनारमा राखिएका बालुवा, गिटी, सिमेण्टलगायतका निर्माण सामग्री धुलो उत्पादन गर्ने कारखाना बनेका छन् । निर्माण सामग्री बोकेर सडकमा ओहोरदोहोर गर्ने एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, रोडरोलर र टि्रपरले धुलोको धुनीमा तेल थप्छन् । सवारी चालकदेखि यात्रुसम्म सबैले धुलो र कष्ट सहँदै धुलेबाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो अवस्था आगामी वर्षसम्म कायमै रहने देखिन्छ ।  नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडकमध्ये आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलार्इ चौडा बनाउने काम सुरु गरेपछि मुग्लिनको बाटोमा यात्रा कष्टकर बन्दै गएको हो ।नारायण्ागढहुँदै काठमाडौँ र पोखरा जाने वा त्यताबाट नारायणगढ आउने सबैजसो यात्रुले दिनहुँ सास्ती खेप्नु परिरहेको छ । दिउँसो साढे चार घण्टासम्म यातायात अवरुद्ध हुने हुँदा अहिले धेरैजसोले रात्रिबसमा यात्रा गर्न थालेका छन्‍ । अत्यावश्यक काम पर्नेहरुले...

कन्दरामा कुराकानी

Image
चितवनको विकट पहाडी गाविस सिद्धिमा मोबाइल फोनबाट आफन्तसँग कुराकानी गर्दै एक वृद्ध । तस्बिर ः सूर्यप्रकाश कँडेल

जरायोको जत्था

Image
चितवनको खैरहनी नगरपालिकाभित्र पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा भेटिएको जरायोको बथान । तस्बिर ः सूर्यप्रकाश कँडेल

उड्यो मयुर

Image
चितवनको खैरहनी नगरपालिकाभित्र पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा  भेटिएको उड्दै गरेको मयुर । तस्बिर ः सूर्यप्रकाश कँडेल

जीप सफारीको मज्जा

Image
चितवनको खैरहनी नगरपालिकाभित्र पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा सोमबार जीपमा चढेर वन घुम्न निस्केका आन्तरिक पर्यटक । तस्बिर ः सूर्यप्रकाश कँडेल