Posts

रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’

Image
अफिसको काम सकेर घर फर्कंदै थिएँ मोटरसाइकलमा । साँझको साढे ६ बज्दै थियो । जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि एउटा अराजक भीडले बाटो छेकेको रहेछ । भीडबाट एक जना करायो, ‘ए, हान् हान् ।’ आवाज आएतिर नजर पु¥याएँ । भीडको बीचमा चार जना युवा आफू अगाडिका दुई ओटा कारलाई कच्याककुचुक पारुँलाजस्तो गर्दै अगाडि बढे । एकाएक डर लागेर आयो । यो अराजक भीडमा पत्रकारको परिचय दिँदा झन् कुटाई खाइने सम्भावना पनि थियो । ‘रिस्क’ किन लिनु भन्ने सोचेर मोटरसाइकल फनक्क घुमाएर भरतपुर अस्पतालतर्फ आएँ । त्यहाँ पनि डीएसपी क्वार्टरको गेटअगाडि एउटा झुण्ड उपस्थित थियो । गेटभित्र प्रहरी र बाहिर रिसाएका केही दर्जन अनुहार आमनेसामने भइरहेका । त्यहाँ भने कसैले पनि भनेन, ‘ए, हान् हान्’ भनेर । जिल्ला प्रहरी कार्यालय पछाडिको बाटोहुँदै कृषि ज्ञान केन्द्रको अगाडि निस्केर चौबीसकोठीतर्फ मोडिएँ । सिधै त्रिचोक नाघेपछि घरतिर छिर्ने कुइनेटोबाट मोटरसाइकल गल्लीमा हुलेँ । घर पुगेर एक गिलास चिसो पानी पिएपछि सोचेँ, रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’ । ० ० ० माउन्टेन टेलिभिजन काठमाडौँमा कार्यरत २७ वर्षीय पत्रकार ...

​पत्रकारले मर्दामर्दै खोलेको पोल

Image
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो ।  २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्महत्या गरिन् तर त्यसमा न सुसाइड नोट न त मृतकको कुनै पनि बयान, केही पनि थिएन । मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनी जनआस्था परिवारले माफी माग्दामाग्दै पनि २ वर्षसम्म ज्यानमुद्दा झेल्नप¥यो, रवि लामिछानेहरूले अहिले पनि त्यो प्रकरण बेलाबखत उछालिरहन्छन् । अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् । यस प्रकरणमा माफी माग्नु त परै जाओस्, उल्टै मृतकलाई नै लाञ्छित गर्ने काम हुँदैछ । मानिस किन यति साह्रो अमानवीय हर्कत गर्छ ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न ? जनआस्थासँग सुरक्षित दुईवटै अडियो÷भिडियो टेपमा भएको विवरणमा भनिएको...

बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’

Image
– सूर्यप्रकाश कँडेल चितवन ।  लुतो आयो भने छालामा औषधि लगाइन्छ, हड्डीमा लुतो आउँछ कि आउँदैन होला ? जिउ (मांसपेशी) दुख्यो भने मालिस गरिन्छ, कहिलेकाहीँ हड्डीलाई दुख्छ कि दुख्दैन होला ? मासुभित्र लुकेर बस्ने हड्डीमा समस्या परेको थाहा पाउन त्यो हड्डी भाँचिनु पर्छ, नत्र कसैले वास्तै गर्दैन । अब भने यस्तो लापरबाही नगर्नुहोला । बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’ भयो भने ढाड कुप्रो पर्नेमात्र होइन, कापको जोर्नी भाँचिन पनि सक्छ । जसले जीवनभर अपाङ्तामा बाँच्न विवश पारिदिन्छ । हड्डी कमजोर भएर भाँचिएपछि मात्रै पहिलो लक्षण देखा पर्ने भएकोले चिकित्सकहरु अस्टियोपोरोसिसलाई ‘मौन हत्यारा’ (साइलेन्ट किलर) पनि भन्छन् । न्यूक्लियर मेडिसिनमा एमडी (डक्टर अफ मेडिसिन) डिग्री हासिल गरेका डा. मधु न्यौपाने मानिसको शरीरमा रहेका हड्डी उमेर बढेसँगै क्रमशः कमजोर हुँदै जाने बताउँछन् । ‘मानिसको हड्डी ३० वर्षको उमेरसम्म सबैभन्दा बलियो हुन्छ’ डा. न्यौपाने भन्छन्, ‘३० वर्षपछि बिस्तारै हड्डी कमजोर हुँदै जान्छ । अस्टियोपोरोसिस हड्डीको घनत्व घट्दै जाने, हड्डी मक्किने र कमजोर हुने रोग हो ।’ बीपी...

विष्णुको वैष्णव बन्यो विश्वासिलो ब्राण्ड, यस्तो छ संघर्षको कथा

Image
-सूर्यप्रकाश कँडेल नारायणगढको शहीदचोकमा  मासु र मदिरा बेच्ने पसलहरु बग्रेल्ती छन्। तर यही भीडमा वैष्णव मिष्ठान्न भण्डारले अलग पहिचान बनाएको छ। शहीदचोकको यसै ठाउँमा तीन दशकअघि टिनको छाप्रोबाट सुरु भएको वैष्णव शाकाहारी खाना र मिठाईका लागि विश्वासिलो ब्राण्ड हो।  वैष्णवले बेकरी र अण्डारहित केक पनि उत्पादन गर्दै आएको छ। शाकाहारी भोजन र मिठाईका विभिन्न परिकार पाइने वैष्णव मिष्ठान्न केही वर्षयता मालिका हस्पिटालिटी एण्ड फुड प्रा. लि. अन्तर्गत सञ्चालित छ। चितवनभित्र वैष्णवका मुख्य एक र तीन वटा आउटलेट सञ्चालनमा छन् । वैष्णवका सबै आउटलेटमा डेढ सय कर्मचारी छन् जसले दैनिक करिब तीन हजार ग्राहकलाई सेवा दिइरहेका छन्। वैष्णव स्थापनाको २५ वर्ष पुगेको अवसरमा तीन वर्षअघि पहिलो आउटलेट भरतपुरको चौबीसकोठीमा खुल्यो। दुई वर्षअघि रत्ननगरको टाँडीचोकमा र गत वर्ष भरतपुरकै वीरेन्द्र क्याम्पसचोकमा वैष्णवका नयाँ आउटलेट खुलेका हुन्। यस वर्ष खैरहनीको चौबीसकोठीमा अर्को एउटा आउटलेट थप्ने योजनासहित काम भइरहेको मालिका हस्पिटालिटीका अध्यक्ष एवं वैष्णवका सञ्चालक कृष्णप्रसाद सापकोटाले जानक...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा रकम संकलन चुनौतीपूर्ण

Image
–  सूर्यप्रकाश कँडेल  भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेमा संशय बढेको छ। सुरक्षा र अन्य विवादले भन्दा पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ। रंगशाला निर्माणमा तीन अर्ब रुपैयाँ चाहिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउँदै आएका छन्। अहिलेसम्म सात करोड रुपैयाँ संकलन भएको छ। रंगशालाको शिलान्यास समेत भएको छैन। डीपीआर अन्तिम चरणमा छ। डीपीआरको तयारी र शिलान्यासपछि दुई वर्षभित्र रंगशाला निर्माण गर्ने भनिएको छ। तीन अर्ब रुपैयाँ अर्थात् तीन सय करोड। लक्ष राखिएको छ दुई वर्ष अर्थात् सात सय ३० दिन। यस हिसाबले दुई वर्षमा तीन सय करोड रुपैयाँ संकलन गर्न सालाखाला (औशतमा) दैनिक ४१ लाख रुपैयाँ संकलन हुनुपर्छ। शिलान्यासपछि पैसाको ओइरो नै लागे पनि दैनिक ४१ लाख रुपैयाँ संकलन हुने कुरा सम्भव देखिँदैन। चितवन जिल्लाका विद्यार्थीसँग जनही एक सय रुपैयाँ उठाएर, शिक्षक कर्मचारीको एक/दुई दिनको तलब संकलन गरेर, जनप्रतिनिधिले तलबको केही हिस्सा दिए...

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

Image
-सूर्यप्रकाश कँडेल कुरो केही दिनअघिको हो । फागुपूर्णिमाको दिनको । चितवनको इच्छाकामना गाउँपालिकामा डाउन स्टेसन र गोरखाको मनकामना गाउँपालिकामा टप स्टेसन रहेको मनकामना केबुलकारमा चढेर मनकामना मन्दिर पुग्ने, पूजा गर्ने र फर्कनेहरुको भिड सधैं हुन्छ । बिहीबार फागुपूर्णिमा परेकोले यो भिड अलि ठूलै थियो । बिहानैदेखि बच्चादेखि वृद्धासम्म, स्वदेशीदेखि विदेशीसम्म केबुलकार चढ्न लाइनमा बसेर पालो कुरिरहेका थिए । एउटा डब्बा (गोण्डोला) मा ६ जनाका दरले यात्रु झटपट चढिरहेका थिए । उनीहरुलाई लिएर लठ्ठामा झुण्डिएका गोण्डोला जतिजति माथि  पुग्थे, उतिउति गोण्डोलाभित्र रहेका भक्तजन रोमाञ्चित बनिरहेका थिए । उनीहरुलाई थप रोमाञ्चित बनायो बिहीबार बिहानको वातावरणले ।  तीन किलोमिटर लामो नौ मिनेटको केबुलकार यात्रामा दुई किलोमिटर जति दुरी पार भएपछि अनौठो दृश्य देखियो । एकछिनका लागि केबुलकार कुहिरोभित्र हराए । बुधबार राति कुरिनटारमा पानी परेकोले बिहीबार कुहिरो देखा परेको थियो । हेलीकप्टर वा हवाइजहाज भएको भए यसरी कुहिरोभित्र हराउँदा दुर्घटनाको सम्भावना रहन्थ्यो, तर केबुलकारको यात्रालाई य...

महको संगतले मग्मगाएको एउटा जीवन

Image
- सूर्यप्रकाश कँडेल   मकवानपुर । २०५२ सालतिरको कुरा हो । लोथर खोलापारि मकवानपुरको सिलिङे डाँडाबाट दिनेश प्रजा पाँच वटा कुचो बोकेर बिक्रीको लागि लोथर बजार झर्थे । ११ वर्षको उमेरमा काँधमा कुचो बोकेर बजार झर्नुको उनको स्वार्थ हुन्थ्यो, लोथरको पुलपारिबाट हुइँकिएर आउने गाडीलाई आँखै अगाडि हेर्ने अवसर छोप्नु । लोथर बजारमा राजमार्ग छेउमा उभिएर गाडी आएको हेर्दाहेर्दै उनको टाउको गाडी हुइँकिएको दिशातिर मोडिन्थ्यो । गाडी पर पुग्दासम्म आँखा झिमिक्क नगरी हेर्थे उनी । पछाडिबाट आएको अर्को गाडीको आवाजले तर्सेर भाग्थे पनि । दिनेशले जीवनमा पहिलोपटक गाडी देखेको २३ वर्षमा लोथर खोलामा निकै पानी बगिसक्यो । आज उनीसँग पल्सर बाइक छ । एउटा बोलेरो जिप र ट्याक्टर पनि छ । पल्सरमा उनी हुइँकिन्छन् । जिप र ट्याक्टरमा मह ओसार्छन् । दिनेशले महको संगत गर्न थालेको १२ वर्ष भयो । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको जनचेतना साना किसान कृषि सहकारी संस्था लि. को साथ पाएर दिनेश महको संगतमा पुगेका हुन् । सुरुमा गाउँगाउँमा गएर मह संकलन गर्ने दिनेशले अहिले सहकारीको मह प्रशोधन केन्द्र र बिक्री क...