Posts

कोभिड १९ को महामारी : मेरो लकडाउन डायरी

Image
- सूर्यप्रकाश कँडेल विश्व आज कोभिड १९ को महामारी विरुद्ध लडिरहेको छ । नेपाल यसबाट अछुतो रहने कुरै भएन । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनी नेपाल सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि वैशाख ३ गतेसम्म थपिएको छ । त्यसपछि पनि थपिने सम्भावना छ । लकडाउन हामी नेपालीहरुको लागि नयाँ अनुभव बनेको छ । यसअघि बन्द र आमहडताल भोगेका नेपालीले लकडाउनलाई पनि त्यही रुपमा बुझे । बिहान र साँझ दूध डेरी र किराना पसल अगाडि देखिने भीडले त्यही संकेत गर्छ । संचारकर्मी भएको नाताले मेरो कर्म हिजो माओवादी द्वन्द्व, जनआन्दोलन, नाकाबन्दी र भूकम्पमा रोकिएन । आज लकडाउन (बन्दाबन्दी) मा पनि रोकिएको छैन । मैले लकडाउनको पूर्णपालना गर्दै घरबाटै आफ्नो काम गरिरहेको छु । घरमा इन्टरनेट उपलब्ध भएकोले ल्यापटपमा काम गर्न सजिलो भएको छ । फोनबाट सूचना संकलन गरी समाचार तयार पार्ने गरेको छु । समाचारबाहेक कोरोना भाइरसको संक्रमण र यसले समाजका विभिन्न क्षेत्रमा पारेको असरबारे लेख पनि लेखियो । फिल्डमा कुद्नु पर्ने मान्छे घरभित्रै थुनिएर काम गर्नु पर्दा केही असहज त पक्कै भएको छ, तर कोरोना संक्रमणको साङ्...

अस्तव्यस्त अर्थतन्त्र, लकडाउनमै लुटतन्त्र

Image
- सूर्यप्रकाश कँडेल संसारभर कोरोनाको कहर कम भएको छैन । कोरोना भाइरस (कोभिड १९) का संक्रमित नभेटिएको मुलुक शिला खोजे झैँ मानचित्रमा खोज्नु पर्ने अवस्था आएको छ । दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरसबाट सात लाख जनाभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमितमध्ये तीस हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।  विश्वको शक्तिशाली भनिएको अमेरिकामा एक लाख जनाभन्दा बढी कोरोना संक्रमणको चपेटामा परेका छन् । एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ अमेरिकामा । कोरोनाले इटालीलाई इन्त न चिन्तु बनाएको छ, स्पेनलाई बेचैन पारेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको विश्वयात्रा अझै रोकिएको छैन । नेपालमा पाँच जना संक्रमित पुष्टि भएको छ । आगामी दिनमा यो संख्या बढ्ने अनुमान गरिएको छ । मानिसबाट मानिसमा द्रुत गतिमा सर्ने कोरोना भाइरसको संक्रमण रोक्न चीनले अपनाएको लकडाउनको रणनीति अहिले विश्वभर अभ्यासमा ल्याइएको छ । सुरुमा लकडाउन गर्न नमानेको अमेरिका पनि कोरोनाले कायल पारेपछि अहिले लकडाउन रणनीति अवलम्बन गर्न पुगेको छ । छिमेकी देश भारतले तीन साताको लागि लकडाउन घोषणा गरेको छ । नेपालले एक साताक...

कोरोना भाइरसविरुद्धको युद्धमा दूधको भूमिका

Image
- सूर्यप्रकाश कँडेल कोरोना भाइरस (कोभिड–१९) बाट यतिबेला विश्व आक्रान्त छ । नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै खतराको घण्टी बजिसकेको छ । पहिला भेटिएका संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले भेटिएका दुइ जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २५ मार्च (चैत १२ गते) सम्मको तथ्यांकमा विश्वभर एक सय ९६ देशमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । ती देशका तीन लाख ७५ हजार चार सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको र १६ हजार तीन सय ६२ जनाको मृत्यु भएको डब्लुएचओको वेबसाइट डब्लुएचओ डट आईएनटीमा उल्लेख छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वले युद्धस्तरमा रोकथाम र उपचारका प्रयास गरेको छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको आविष्कार नभइसकेको हुँदा यसको संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितको थुकको छिटा (ड्रप्लेट्स) को माध्यमबाट सर्ने गरेको पाइएको छ । यो भाइरस हावामा धेरैबेर टिक्न नसक्ने भएकोले कुनै बस्तुमा...

कोटिहोम महायज्ञको नाममा ठगी धन्दा : प्रमुख वाचक बालयोगेश्वर उर्फ विजय भण्डारीको एउटा झुट

Image
चितवन । गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ नगद लिएका थिए । एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ नगद लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले पत्रकार सामु भने आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताएका छन् । एउटै महायज्ञबाट २५ लाख रुपैयाँ पारिश्रमिक लिने अनि आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँ पनि छैन भन्ने कथित बालयोगेश्वर महाराज अर्थात् उनै विजय भण्डारीको अडियो रेकर्ड प्राप्त भएको छ ।  उक्त अडियोमा भण्डारीले आफूले लगाएको लुगा समेत भक्तजनबाट प्राप्त भएको बताएका छन् । आफूले हवाइजहाजमा यात्रा गर्दा टिकट अरुले नै काटिदिने, गाडीमा इन्धन अरुले नै हालिदिने गरेको पनि उनको दाबी छ । कोटिहोम महायज्ञ सुरु हुनुभन्दा दुई दिनअघि गत बिहीबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले यस्तो भनेका छन्, "व्यक्तिगत आम्दानीमा केही पनि छैन । आम्दानी भए पो कर ति...

कमरेड प्रचण्डलाई प्रेम रिमालकाे खुलापत्र

Image
कमरेड प्रचण्ड अभिवादन ! यहाँले बाेलेका कुराहरू यहाँकै फेसबुकबाट लाइभ गरेकाे पनि सुनेकाे छु । तपाईले हामी सत्तामा गएपछि बिग्रेका छाैं, सुटेटबुटेट बनेका छाैं, सांस्कृतिक विचलन देखिएकाे छ, कम्युनिष्ट अाचरणबाट स्खलित हुँदै छाैँ अादि अादि ! गम्भीर खालका कुराहरू व्यक्त गर्नुहुन्छ । यसकाे अर्थ के हाेइन हाेला कि सुन्ने जनता सुध्रेपछि कार्यकर्ता र नेता राम्रा हुन्छन् । धनगढी विमानस्थलमा हाे क्यारे यहाँलाई स्वागत गर्नका लागि फूलमाला अनि एउटा गाउँका अामाहरूलाई चाेलाे नै पुग्लाजति ढाका च्यातेर धजा बाेकेर बसेका शुद्ध कम्युनिष्टहरूकाे लस्कर देख्दा पञ्चर्यालीमा राजाहरूलाई रिजाउनका लागि राज्यकाे ढुकुटी खर्चेर जबर्जस्ती मान्छेहरूलाई दुईलाइनमा उभ्याउने लाउके पञ्चेहरूलाई सम्झेँ । मैले त्याे लस्करकाे फूलमाला र ढाकाकाे टालाेले तपाईमाथि लाेभीपापीका स्वार्थकाे ऋण कति थपिदिएकाे छ अड्कल गर्न सकेकाे छैन । के तपाईंले मेरालागि कुनै फूलमाला र खादा बाेकेर नअाउनु हाेला भन्दिन मिल्दैन ? एयर पाेर्टमा मलाई स्वागत गर्न जुन सङ्ख्यामा मान्छेकाे उपस्थिति देखिन्छ यसले एयरपाेर्टकाे सुरक्षा व्यवस्था अस्तव्यस्त बन...

सार्वजनिक यातायातमा यात्रुको मृत्यु हुँदा के हेरेर बसेका छन् यातायातमन्त्री महासेठले ?

Image
राजधानी छिर्ने र बाहिरिने सडकको नौबीसे–नागढुंगा सडकखण्डमा लामो समयसम्म ट्राफिक जामको समस्या देखा परेको छ । समस्या यति गम्भीर बनेको छ कि बसमा यात्रा गरिरहेका यात्रु मर्न थालेका छन् । शुक्रबारमात्रै यात्रुवाहक बसमा रहेका एक जना बिरामीको जामकै कारण अस्पताल पुग्न ढिलाई हुँदा ज्यान गएको छ । चाडबाडको मुखमा राजधानी छिर्ने सडक मर्मत र बिस्तारको काम सुरु गरिँदा यात्रुले सास्ती पाउँछन् भन्ने सरकारमा बस्नेहरुलाई हेक्का हुनु पर्ने हो, तर कमिसनको खेलमा लिप्त रहने यातायातमन्त्री रघुवीर महासेठलाई यी कुरासँग कुनै वास्ता छैन । नागरिकको जीवनसँग वास्ता हुँदो हो त मन्त्री महासेठले सार्वजनिक यातायातमा अवरोध आएको कारण नागरिकको मृत्यु भइसक्दा नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो । मन्त्री महासेठमा नैतिकता भए पो राजीनामा दिनु ? उनमा त अकूत कमाउने, कमिसन पड्कउने अनौठो विशेषता छ । राजीनामा किन दिन्थे उनी ? सरकारको आशीर्वाद जो उनलाई प्राप्त छ । विश्व पर्यटन दिवसमै पर्यटक जाममा शुक्रबार नेपालमा मात्र नभई विश्वका विभिन्न दिवसमा विश्व पर्यटन दिवस मनाइयो । अरु देशमा जे जसरी विश्व पर्यटन दिव...

रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’

Image
अफिसको काम सकेर घर फर्कंदै थिएँ मोटरसाइकलमा । साँझको साढे ६ बज्दै थियो । जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि एउटा अराजक भीडले बाटो छेकेको रहेछ । भीडबाट एक जना करायो, ‘ए, हान् हान् ।’ आवाज आएतिर नजर पु¥याएँ । भीडको बीचमा चार जना युवा आफू अगाडिका दुई ओटा कारलाई कच्याककुचुक पारुँलाजस्तो गर्दै अगाडि बढे । एकाएक डर लागेर आयो । यो अराजक भीडमा पत्रकारको परिचय दिँदा झन् कुटाई खाइने सम्भावना पनि थियो । ‘रिस्क’ किन लिनु भन्ने सोचेर मोटरसाइकल फनक्क घुमाएर भरतपुर अस्पतालतर्फ आएँ । त्यहाँ पनि डीएसपी क्वार्टरको गेटअगाडि एउटा झुण्ड उपस्थित थियो । गेटभित्र प्रहरी र बाहिर रिसाएका केही दर्जन अनुहार आमनेसामने भइरहेका । त्यहाँ भने कसैले पनि भनेन, ‘ए, हान् हान्’ भनेर । जिल्ला प्रहरी कार्यालय पछाडिको बाटोहुँदै कृषि ज्ञान केन्द्रको अगाडि निस्केर चौबीसकोठीतर्फ मोडिएँ । सिधै त्रिचोक नाघेपछि घरतिर छिर्ने कुइनेटोबाट मोटरसाइकल गल्लीमा हुलेँ । घर पुगेर एक गिलास चिसो पानी पिएपछि सोचेँ, रविको ज्यान पो ज्यान, अरुलाई त ‘ए, हान् हान्’ । ० ० ० माउन्टेन टेलिभिजन काठमाडौँमा कार्यरत २७ वर्षीय पत्रकार ...