Posts

विष्णुको वैष्णव बन्यो विश्वासिलो ब्राण्ड, यस्तो छ संघर्षको कथा

Image
-सूर्यप्रकाश कँडेल नारायणगढको शहीदचोकमा  मासु र मदिरा बेच्ने पसलहरु बग्रेल्ती छन्। तर यही भीडमा वैष्णव मिष्ठान्न भण्डारले अलग पहिचान बनाएको छ। शहीदचोकको यसै ठाउँमा तीन दशकअघि टिनको छाप्रोबाट सुरु भएको वैष्णव शाकाहारी खाना र मिठाईका लागि विश्वासिलो ब्राण्ड हो।  वैष्णवले बेकरी र अण्डारहित केक पनि उत्पादन गर्दै आएको छ। शाकाहारी भोजन र मिठाईका विभिन्न परिकार पाइने वैष्णव मिष्ठान्न केही वर्षयता मालिका हस्पिटालिटी एण्ड फुड प्रा. लि. अन्तर्गत सञ्चालित छ। चितवनभित्र वैष्णवका मुख्य एक र तीन वटा आउटलेट सञ्चालनमा छन् । वैष्णवका सबै आउटलेटमा डेढ सय कर्मचारी छन् जसले दैनिक करिब तीन हजार ग्राहकलाई सेवा दिइरहेका छन्। वैष्णव स्थापनाको २५ वर्ष पुगेको अवसरमा तीन वर्षअघि पहिलो आउटलेट भरतपुरको चौबीसकोठीमा खुल्यो। दुई वर्षअघि रत्ननगरको टाँडीचोकमा र गत वर्ष भरतपुरकै वीरेन्द्र क्याम्पसचोकमा वैष्णवका नयाँ आउटलेट खुलेका हुन्। यस वर्ष खैरहनीको चौबीसकोठीमा अर्को एउटा आउटलेट थप्ने योजनासहित काम भइरहेको मालिका हस्पिटालिटीका अध्यक्ष एवं वैष्णवका सञ्चालक कृष्णप्रसाद सापकोटाले जानक...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा रकम संकलन चुनौतीपूर्ण

Image
–  सूर्यप्रकाश कँडेल  भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेमा संशय बढेको छ। सुरक्षा र अन्य विवादले भन्दा पनि आर्थिक कारण नै रंगशाला निर्माणको बाधक हुने सम्भावना देखिन्छ। रंगशाला निर्माणमा तीन अर्ब रुपैयाँ चाहिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउँदै आएका छन्। अहिलेसम्म सात करोड रुपैयाँ संकलन भएको छ। रंगशालाको शिलान्यास समेत भएको छैन। डीपीआर अन्तिम चरणमा छ। डीपीआरको तयारी र शिलान्यासपछि दुई वर्षभित्र रंगशाला निर्माण गर्ने भनिएको छ। तीन अर्ब रुपैयाँ अर्थात् तीन सय करोड। लक्ष राखिएको छ दुई वर्ष अर्थात् सात सय ३० दिन। यस हिसाबले दुई वर्षमा तीन सय करोड रुपैयाँ संकलन गर्न सालाखाला (औशतमा) दैनिक ४१ लाख रुपैयाँ संकलन हुनुपर्छ। शिलान्यासपछि पैसाको ओइरो नै लागे पनि दैनिक ४१ लाख रुपैयाँ संकलन हुने कुरा सम्भव देखिँदैन। चितवन जिल्लाका विद्यार्थीसँग जनही एक सय रुपैयाँ उठाएर, शिक्षक कर्मचारीको एक/दुई दिनको तलब संकलन गरेर, जनप्रतिनिधिले तलबको केही हिस्सा दिए...

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटोफिचर)

Image
-सूर्यप्रकाश कँडेल कुरो केही दिनअघिको हो । फागुपूर्णिमाको दिनको । चितवनको इच्छाकामना गाउँपालिकामा डाउन स्टेसन र गोरखाको मनकामना गाउँपालिकामा टप स्टेसन रहेको मनकामना केबुलकारमा चढेर मनकामना मन्दिर पुग्ने, पूजा गर्ने र फर्कनेहरुको भिड सधैं हुन्छ । बिहीबार फागुपूर्णिमा परेकोले यो भिड अलि ठूलै थियो । बिहानैदेखि बच्चादेखि वृद्धासम्म, स्वदेशीदेखि विदेशीसम्म केबुलकार चढ्न लाइनमा बसेर पालो कुरिरहेका थिए । एउटा डब्बा (गोण्डोला) मा ६ जनाका दरले यात्रु झटपट चढिरहेका थिए । उनीहरुलाई लिएर लठ्ठामा झुण्डिएका गोण्डोला जतिजति माथि  पुग्थे, उतिउति गोण्डोलाभित्र रहेका भक्तजन रोमाञ्चित बनिरहेका थिए । उनीहरुलाई थप रोमाञ्चित बनायो बिहीबार बिहानको वातावरणले ।  तीन किलोमिटर लामो नौ मिनेटको केबुलकार यात्रामा दुई किलोमिटर जति दुरी पार भएपछि अनौठो दृश्य देखियो । एकछिनका लागि केबुलकार कुहिरोभित्र हराए । बुधबार राति कुरिनटारमा पानी परेकोले बिहीबार कुहिरो देखा परेको थियो । हेलीकप्टर वा हवाइजहाज भएको भए यसरी कुहिरोभित्र हराउँदा दुर्घटनाको सम्भावना रहन्थ्यो, तर केबुलकारको यात्रालाई य...

महको संगतले मग्मगाएको एउटा जीवन

Image
- सूर्यप्रकाश कँडेल   मकवानपुर । २०५२ सालतिरको कुरा हो । लोथर खोलापारि मकवानपुरको सिलिङे डाँडाबाट दिनेश प्रजा पाँच वटा कुचो बोकेर बिक्रीको लागि लोथर बजार झर्थे । ११ वर्षको उमेरमा काँधमा कुचो बोकेर बजार झर्नुको उनको स्वार्थ हुन्थ्यो, लोथरको पुलपारिबाट हुइँकिएर आउने गाडीलाई आँखै अगाडि हेर्ने अवसर छोप्नु । लोथर बजारमा राजमार्ग छेउमा उभिएर गाडी आएको हेर्दाहेर्दै उनको टाउको गाडी हुइँकिएको दिशातिर मोडिन्थ्यो । गाडी पर पुग्दासम्म आँखा झिमिक्क नगरी हेर्थे उनी । पछाडिबाट आएको अर्को गाडीको आवाजले तर्सेर भाग्थे पनि । दिनेशले जीवनमा पहिलोपटक गाडी देखेको २३ वर्षमा लोथर खोलामा निकै पानी बगिसक्यो । आज उनीसँग पल्सर बाइक छ । एउटा बोलेरो जिप र ट्याक्टर पनि छ । पल्सरमा उनी हुइँकिन्छन् । जिप र ट्याक्टरमा मह ओसार्छन् । दिनेशले महको संगत गर्न थालेको १२ वर्ष भयो । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको जनचेतना साना किसान कृषि सहकारी संस्था लि. को साथ पाएर दिनेश महको संगतमा पुगेका हुन् । सुरुमा गाउँगाउँमा गएर मह संकलन गर्ने दिनेशले अहिले सहकारीको मह प्रशोधन केन्द्र र बिक्री क...

बन्दैछ सत्तरी करोडको शान्तिवाटिका, पाँच करोडको आमाघर

Image
मकवानपुर ।  मनहरि गाउँपालिका वडा नम्बर ८ सिमपानी । दुई वर्ष अघिसम्म यो ठाउँ काठ तस्करको अखडा र गाँजा तस्करीको बाटोका रुपमा कुख्यात थियो । यतिबेला यसको परिचय फेरिएको छ । सत्तरी करोड रुपैयाँ खर्चेर शान्तिवाटिका (पिसपार्क) र पाँच करोड रुपैयाँको लागतमा आमाघर सेवा आश्रम निर्माण कार्य सुरु भएको छ । दुई वर्षपछि शान्ति खोज्नेहरुका लागि उपयुक्त गन्तव्य बन्नेछ सिमपानीस्थित पिसपार्क । हेटौंडाबाट ३० किलोमिटर पश्चिम र भरतपुरबाट ४६ किलोमिटर पूर्वमा पर्ने मनहरि बजारबाट पाँच सय मिटर उत्तरतर्फ सामुदायिक वन नजिकको १२ बिघा जमिनमा मनहरि पिसपार्क निर्माण भइरहेको छ । सिमपानी देवकोट संयुक्त वन उपभोक्ता समिति, मनहरि गाउँपालिका र ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र मनहरिको संयुक्त प्रयासमा पिसपार्क बनाउन लागिएको ब्रह्मकुमार विजयराज सिग्देलले जानकारी दिनुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मनहरिको व्यवस्थापनमा सञ्चालन हुने पिसपार्क आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनोस् भन्ने लक्ष्य लिइएको सिग्देलले बताउनु भयो । पिसपार्क निर्माणका लागि सिमपानी देवकोट संयुक्त वन उपभोक्ता समितिले ब्रह्मकुमारी र...

के सीके राउतले अब आन्दोलन रोकेकै हुन् त ?

Image
अविभाज्य राष्ट्र नेपालबाट ‘स्वतन्त्र मधेश’ को माग गर्दै तराईमा पृथकतावादी राजनीति गर्दै आएका सीके राउतले गत शुक्रबार सरकारसँग एघारबुँदे सहमति गरेपछि नेपाली राजनीतिमा नौलो तरंग आएको छ । सरकार–राउत सहमतिलाई पृथकतावादी आन्दोलनको शान्तिपूर्ण अवतरण भनिएपनि आशंकाको बादल हटिसकेको छैन । सहमतिको बुँदा नम्बर दुईलाई लिएर सहमतिकर्ता दुई पक्षको दुईथरी भनाइ बाहिर आइरहेका छन् । सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक,  आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक  बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ । सहमतिमा सरकारको तर्फबाट हस्ताक्षर गरेका गृहमन्त्री रामबहादुर थापा बादलले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेको जनमत संग्रह नभएको बताएका छन् । सीके राउतले दुई नम्बर बुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेको ...

नागा बाबा के हो? अघोर पन्थ के हो? नागा बाबाको नग्नता के हो?

Image
- वल्लभ चैतन्य दास महत्वपूर्ण कुरो ज्ञान हो। वैदिक सनातन हिन्दु धर्म के हो? नागा समुदाय के हो? किन नग्न छन? नग्नता र अश्लिलतामा के फरक छ? बुझ्न आवश्यक छ। लेख लामो छ तर धैर्यपूर्वक विशेषगरी नागाबाबाहरूप्रति अज्ञानवश घृणा पालेकाहरूले यो लेख मनन गरिदिनुहुन अनुरोध गर्दछु। . नागा समुदाय के हो? भगवान शिवजीलाई बौद्ध, हिन्दु, जैन, शिख सबै सनातन समुदायले मान्छ, तन्त्र, योग, गुह्य-तन्त्र सबैको स्रोत भगवान शिव हुन् र शिवजीका अनुयायीहरूलाई शैव भनिन्छ। प्राग-ऐतिहासिक कालमा हिमवत क्षेत्रमा फैलिएको शामनिजम सभ्यताको बिस्तृत रुप शैव हुन। बोन्पो, पच्यु, घ्याब्री, किराँत,धामी-झाँक्री सबैको श्रोत शिव हुन। नेपालको हिन्दु शिव मार्गी, बौद्ध शिव मार्गी, बोन्पो शिव मार्गीले शिवजीको हजार रुपको फरकफरक रूपमा फरकफरक प्रकारले फरकफरक तिथिमा आआफ्नै बिधिमा साधना गर्दछन। त्यस्तै तामिल शिव मार्गी, कस्मिर शिव मार्गी, उत्तर भारती शिव मार्गीले आआफ्नो मौलिकतामा आरधाना गर्दछ। नेपालको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीमा बर्षको एकपटक सरकारकै निमन्त्रणामा भारतबाट शिवभक्त नागाबाबाहरू आउने गर...